• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक २१, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

कविता : 48 ओैं बर्ष लाई शुभकामना

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता

ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

इरानद्वारा केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको दाबी

‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज

नयाँदिल्लीमा वायु प्रदूषण बढ्दा नियन्त्रणका कडा उपाय लागु

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना झन् बलियो भएको दाबी

डिजिटल धुनको भिडमा मादलको रौनक उस्तै

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ९. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • १०. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

नयाँदिल्लीमा वायु प्रदूषण बढ्दा नियन्त्रणका कडा उपाय लागु


  •   शनिबार, कार्तिक २१, २०८३ मा प्रकाशित
  • नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषण बढेपछि सरकारले शुक्रबारदेखि दिल्ली र आसपासका जिल्लामा प्रदूषण नियन्त्रणका कडा उपाय लागु गरेको छ ।

    Advertisement

    वायु प्रदूषणको स्तर निरन्तर बढ्दै गएपछि गरिएको समीक्षा बैठकले ग्रेडेड रेस्पोन्स एक्सन प्लान (जिआरएपी) को तेस्रो चरणका उपाय कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

    राजधानी र आसपासका क्षेत्रको वायु गुणस्तर व्यवस्थापनका लागि गठित आयोग (सिएक्युएम) द्वारा जारी विज्ञप्तिअनुसार, प्रतिकूल मौसमी अवस्थाका कारण प्रदूषक तत्त्व वायुमण्डलमा फैलिन नसक्दा हिजो नयाँदिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) ३८२ पुगेको थियो । यो स्तर अत्यन्त खराब श्रेणीमा पर्छ ।

    आयोगले सम्पूर्ण राष्ट्रिय राजधानी क्षेत्र (एनसिआर) मा तत्काल लागु हुने गरी जिआरएपीको तेस्रो चरण कार्यान्वयनमा ल्याएको जनाएको छ, साथै सम्बन्धित क्षेत्रका प्रदूषण नियन्त्रण निकायलाई यी उपाय कडाइका साथ पालना गराउन निर्देशन दिएको छ ।

    तेस्रो चरणअन्तर्गत अत्यावश्यकबाहेकका सबै निर्माण तथा भत्काउने कार्यमा प्रतिबन्ध लगाइएको छ । यसमा उत्खनन्, माटो पुर्ने, बोरिङ, ड्रिलिङ, पाइलिङ, इँटा लगाउने, चिनाइ, सडक निर्माण तथा ठुला मर्मतसम्भारका काम समावेश छन् ।

    त्यसैगरी दिल्ली र आसपासका राष्ट्रिय राजधानी क्षेत्रका जिल्लामा बिएस–३ मापदण्डका पेट्रोल तथा बिएस–४ मापदण्डका डिजेलबाट चल्ने चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिएस अर्थात् भारत स्टेज सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि सरकारले निर्धारण गरेको उत्सर्जन मापदण्ड हो ।

    स्वास्थ्यविज्ञले स्थानीय बासिन्दालाई बिहान सबेरै र सूर्यास्तपछि बाहिर निस्केर गरिने गतिविधि नगर्न तथा लामो समयसम्म वा बढी शारीरिक श्रम गर्नुपर्ने कामबाट जोगिन सुझाव दिएका छन् । श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई घरबाहिरका सबै प्रकारका शारीरिक गतिविधिबाट टाढा रहन पनि आग्रह गरिएको छ ।

    नयाँदिल्ली विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरमध्ये एक हो । औद्योगिक गतिविधि, सवारीसाधनको चाप र व्यापक निर्माण कार्य यहाँको वायु प्रदूषणका प्रमुख कारण हुन् । विगतका वर्षमा पनि जाडो मौसम सुरु हुनुअघि दिल्लीको वायु गुणस्तर अत्यन्त खराब अवस्थामा पुग्ने गरेको छ । (रासस/सिन्ह्वा)

    शनिबार, कार्तिक २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त
    युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता
    ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु
    इरानद्वारा केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको दाबी
    ‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज
    डिजिटल धुनको भिडमा मादलको रौनक उस्तै

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

    • २.
      कविता : 48 ओैं बर्ष लाई शुभकामना

    • ३.
      युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता

    • ४.
      ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

    • ५.
      इरानद्वारा केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको दाबी

    • ६.
      ‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज

    • ७.
      नयाँदिल्लीमा वायु प्रदूषण बढ्दा नियन्त्रणका कडा उपाय लागु

    • ८.
      युद्ध सुरु हुँदाको भन्दा इरानी सेना झन् बलियो भएको दाबी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.