• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

कौछे खण्डको जङ्गल र विश्वको सुगा

"संक्षिप्त संस्मरण–५ "

  •   बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    प्युठानको बाङ्गेमरोठको कौछेखोलादेखि उर्लेखोलासम्म एउटा ठुलो जङ्गल छ । त्यो जङ्गलभित्र कौछेखण्डको जङ्गल घुरेनीको लेक र अन्य कैयौँ कैयौँ जङ्गल पर्दछन् बिर्ताप्रथाको अन्त्य हुने बेलामा बिर्ताका मालिकहरूलाई सरकारले आफ्ना नाममा भएका जग्गालाई लेखेर सरकारलाई सूची दिन भनिएको थियो । त्यसअनुसार बिर्तावालहरूले आफ्नो बिर्ताको सीमाभित्र पर्ने कुनै पर्ती वा जङ्गललाई समेत आफ्नो भोगचलनमा भएको भनेर सरकारलाई दिन सक्दथे । त्यसअनुसार हाम्रो पिताजी खिमविक्रमले कौछेखोलादेखि उर्लेखोलासम्मको जङ्गललाई पनि आफ्नो भोगचलनमा भएको भनेर लेखेर दिन खोज्नुभएको थियो ।

    तर मैले उहाँ लाई भनेँ : ‘त्यो सार्वजनिक जग्गा हो । त्यो गाउँका मान्छेको गौचरन तथा घासदाउरा गर्ने जमिन हो । त्यसलाई आफ्नो नाममा गराउँदा जनतालाई धेरै मर्का पर्ने छ । मेरो कुरा सुनेपछि उहाँले त्यो जग्गालाई आफ्नो नाममा बनाउने कुरा गर्नुभएन ।

    २०१७ सालको पुसको घटनापछि देशमा राजाको निरङ्कुश सत्ता कायम भयो । राजनीतिक पार्टीमाथि प्रतिबन्ध लाग्यो र २०१८ सालको पुसमा म पनि गिरफ्फ्तार भएँ र जेलमा परेँ । म जेलमा परेको केही वर्षपछि पिताजी खिमविक्रमको पनि मृत्यु भयो ।

    म ९ वर्षपछि जेलबाट छुटेँ । जेलबाट छुटेपछि मलाई थाह भयो, केही मानिसहरूले कौछेखण्ड को जङ्गल भएको कतिपय स्थानलाई आफ्नो नाममा दर्ता गराउन निवेदन दिएछन् । त्यस विषयमा गाउँका जनताले विरोध पनि गरेछन् । त्यसबारे अड्डाअदालतमा मुद्दा पनि चले छन् । अन्त्यमा कौछेखण्डको जङ्गलको एउटा ठूलो क्षेत्र केही मान्छेको नाममा दर्ता पनि भएछ । अब त्यहाँ केही घर पनि बनिसकेछन् र त्यहाँ मान्छेहरू पनि बस्न थालेछन् ।

    त्यो सबै कुरा थाह पाएर मलाई धेरै दु:ख लाग्यो । त्यो सार्वजनिक जग्गा थियो र त्यो जग्गालाई पिताजीले आफ्नो भोगचलन भएको बताएर आफ्नो नाममा गराउन खोज्नुभएको थियो तर हाम्रो त्यो प्रयत्न असफल भएको थियो । अब मैले त्यहाँ केहि गर्न सक्ने कुरा बाँकी रहेको थिएन । त्यहाँ बस्ने मानिसहरूले कानुनी रूपमा नै त्यो जग्गालाई आफ्नो नाममा बनाइसकेका थिए र त्यहाँ बसोबास पनि गर्न थालिसकेका थिए ।

    कौछेखण्डको जङ्गलसित मेरा कैयौँ भावना जोडिएका छन् । त्यसलाई सार्वजनिक जग्गाको रूपमा कायम राख्ने मेरा सोचाइमा नराम्ररी आघात पुग्यो तैपनि कौछेखण्डको जङ्गलबारे मैले अहिले पनि कैयौँ सपना देख्ने गरेको छु । मलाई के लागिरहेको छ भने त्यसलाई एउटा राम्रो पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिन्छ ।

    कोरोना लाग्नुभन्दा केही पहिले त्यो बेलाको झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकासँग मिलेर हामीले एउटा योजना बनाएका थियौँ । त्यो योजनाअन्र्तगत कौछेखण्डको जङ्गलका साथै ओखरकोट, दियाल्नाको चौर, इस्नाथान, गौमुखी आदि दस ठाउँसमेतको डिपिआर तयार पार्ने र ती सबै स्थानमा पर्यटकीय स्थल बनाउन प्रयास गर्ने हाम्रो विचार थियो । त्यसका लागि रु. १ करोड रुपैयाको बजेट बनाइएको थियो । यसका लागि दुर्गाको सांसद विकास कोषबाट रु. ५० लाख र झिमरुक गाउँपालिकाबाट रु २५ लाख र गौमुखी गाउँपालिकाबाट रु २५ लाख दिने ठेगान रकम छुट्याइएको थियो । त्यसको प्रारम्भिक प्रक्रिया पनि सुरु भएको थियो तर त्यहीबिचमा कोरोना सुरु भयो । सो रकम त्यसैमा लगाउने ठेगान भयो । यसरी त्यो डिपिआर पूरै खारेज भयो ।

    हामीहरू एकपल्ट लखनऊ गएका थियौँ । त्यहाँ एउटा मान्छेले सुगा बेच्न ल्याएका थिए । छोरा विश्वले त्यो सुँगा देखेर ‘मलाई किनिदिनुस्’ भनेर कराउन थाल्यो । त्यो बेला त्यो सुँगा किनेर नेपालसम्म ल्याउनु सजिलो थिएन । त्यसैले हामीले त्यो सुगा किनेनौँ ।

    लखनऊमा सुगाका लागि विश्वले धेरै नै रहर गरेको कुरा पछि बसन्ताखड्का लाई पनि थाह भयो । उनले बुटवलमा कतैबाट एउटा सुगा किनेर पिञ्जडामा हालेर काठमाडौँ ल्याएर विश्वलाई दिइन् । त्यो सुगा पाएर विश्व धेरै खुसी भयो । त्यो सुगालाई उसले धेरै नै माया र ख्याल पनि गर्दथ्यो । त्यो सुगाले पनि विश्वलाई धेरै नै माया गर्दथ्यो र उसलाई देखेपछि ‘विश्व’ ‘विश्व’ भनेर कराउने गर्दथ्यो ।

    एकदिन विश्वले भन्यो : ‘यो सुगा अझै बच्चा नै छ । यसका बाउआमाले यसलाई सम्झेर पिर मानेका होलान् । त्यसकारण हामीले यसलाई छाडिदिऊँ । हुन्न र बाबा ?’
    एकदुई दिनपछि विश्वले पिञ्जडाको ढोका खोलेर सुगालाई छोडिदियो । सुगाको त्यो बच्चा भुर्र उडेर गयो र केही बेरपछि आँखाबाट ओझेल भयो ।

    अब विश्व प्रसन्न भयो । उसको मुहार उज्यालो भयो ! उसले खुसी हुँदै भन्यो : ‘अब त्यसको बाबुआमासित भेट हुने छ । त्यसका बाउआमा पनि कति धेरै खुसी होलान् त्यसलाई देखेर ।’

    मैले उसका कुरा सुनेँ तर उसको कुरामाथि मैले पूरै सहमति जनाउन सक्दिनथेँ । बसन्ता खड्काले त्यो सुगालाई बुटवल कतैबाट किनेर ल्याएकी थिइन् । कुनै मानिसले कुनै जङ्गलमा जसलाई पक्रेर ल्याएर बेचेको थियो होला ! जब त्यो सुगाको बच्चालाई आफ्ना बाबुआमासँग भेट्नु एक प्रकारले असम्भव जस्तै थियो तर मैले त्यो कुरा बताएर उसको भावनामा चोट पुर्‍याउन चाहिनँ र त्यसबारे उसलाई केही भनिनँ ।

    दुईचार दिनपछि विश्व रुँदै कोठामा आयो । उसको सुगालाई कुनै मान्छेले समातेर राखेको रहेछ । विश्वलाई देखेर त्यो सुगाले ‘विश्व’ ‘विश्व’ भनेर बोलाएछ । त्यो देखे उसलाई धेरै पिर परेछ । अब हामी जुन बेला पनि त्यो सुगा राखेको घरको बाटो जान्थ्यौँ, त्यसले विश्वलाई देखेर ‘विश्व’ ‘विश्व’ भनेर बोलाउने गर्दथ्यो । अब त्यो कुरा पुरानो भइसकेको छ । विश्वले पनि त्यो सुगालाई बिर्सिसकेको छ तर त्यो बेलाको त्यो घटनालाई मैले अहिले पनि सम्झन्छु । त्यो बेलाको विश्व र त्यो सुगाको व्यथालाई सम्झेर मलाई अहिले पनि दु:ख लाग्छ ।

    अब एउटा नयाँ प्रसङ्ग थपिएको छ । मेरो कान्छो छोरा दिव्यले कतैबाट एक महिनाको एउटा सानो कुकुरको बच्चा लिएर आयो । मैले उसलाई भनेँ– ‘तिमीले उसलाई पाल्न सक्छौँ ? यो बच्चाको धेरै ख्याल गर्नुपर्छ । राति, दिउँसो यसलाई दिसापिसाब गराउनुपर्छ । समय समयमा खाना खुवाउनुपर्छ । तिमीले ती सबै काम गर्न सक्छौ ?’
    उसले भन्यो– ‘सक्छु ।’

    तर त्यो कुकुरको बच्चा उसका लागि एउटा भएको छ । त्यसलाई उसले धेरै माया गर्दछ । उसको दाइ विश्वले पनि त्यसलाई धेरै माया गर्दछ । तर समस्या के छ भने उनीहरू दुवै जना दिउँसो स्कुल जानुपर्दछ । म पनि सधैँ घरमा बस्दिनँ । दिव्यकी आमा दुर्गा पनि सधैँ घरमा बस्दिनन् । त्यसकारण त्यो कुकुरको बच्चाको कसले ख्याल गर्ने ? त्यो सबैका लागि अप्ठ्यारो समस्या भएको छ ।

    एक दिन दुर्गाले दिव्यलाई भनिन्– ‘यो कुकुरलाई यहाँ राख्न अप्ठ्यारो हुन्छ । मैले पोखरा नितुकहाँ पाल्न पठाइदिन्छु ।’
    त्यो कुरा सुनेर दिव्यको मुहार मलिनो भयो ।

    उसले भन्यो– ‘यो कुकुरलाई अन्त पठाए पनि टाढा नपठाऊँ । यहीँ काठमाडौँमा कतै पठाए मैले कहिलेकाहिँ गएर देख्न पाउँछु ।’

    त्यसपछि दिव्यले यो कुकुरलाई काठमाडौँकै आफ्नो एक जना साथीकहाँ राख्न दियो । एक महिनापछि त्यो साथीले भने छ– ‘तेरो कुकुर लैजा ! मैले राख्न सक्दिनँ ।’

    त्यसपछि दिव्यले त्यो फेरि लिएर आयो । दुवै भाइले त्यसलाई धेरै माया गर्छन् । दुर्गाले पनि त्यसलाई काखमा राखेर सुताउँछिन् । फेरि उही समस्या देखा पर्‍यो । घरमा कोही नबस्ने । त्यसको रातदिन हेरचाह कसले गर्ने ? अहिले म काठमाडौँमा छेन । कुकुरको त्यो बच्चालाई पुन: आफ्नो कुनै साथीकहाँ राज पठाएको छ रे ! त्यो साथीले पनि त्यसलाई कहिलेसम्म राखिदिने हो ? पछि त्यसको समस्या कसरी समाधान हुने हो ? त्यो कुरा अनिश्चित जस्तै छ ।

    २०७९ फागुन २८ गते

    ‘का. पाकेटमार’

    मद्रासको सेन्टर जेलमा

    स्तानबुल

    कुमाउको निषेधित क्षेत्रमा

    मेरा पुस्तक र रचनाहरू कहाँ र कसरी हराउने गरेका छन ?

    बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.