• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

‘का. पाकेटमार’

"सङ्क्षिप्त संस्मरण शृङ्खला–४ "

  •   बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##
    जुन व्यक्ति ‘का. पाकेटमार’ का बारेमा मैले यो संस्मरण लेख्दै छु, उनीसित मेरो भेट रुसको मस्को रेलवे स्टेसनमा भएको थियो । उनले मास्कोको क्रेमलिनसहित कैयौँ दर्शनीय स्थानको दृश्यावलोकन गर्न मलाई मदत गरेका थिए । त्यो सबै स्थानको भ्रमण गरेपछि उनले मलाई पुन: मस्को रेलवे स्टेसनमा नै ल्याएर छोडेका थिए । मैले बिदा हुने बेलामा उनलाई १०० रुबलजति दिने विचार गरेको थिएँ तर बिदा हुनुभन्दा केही पहिले उनी पिसाब लाएको छ भनेर नजिकैको एउटा ट्वाइलेटतिर गए । त्यो बेला उनले मेरो एउटा झोला समातेका थिए । दिनभरि मलाई त्यति धेरै मदत गर्ने मान्छे पिसाब गर्न जान लागेका बेलामा उनले उचालेको झोला माग्नु उनीमाथि अविश्वास गरे जस्तो हुन्थ्यो ।

    Advertisement

    केही पर गएपछि उनी ट्वाइलेटतिर नगएर अर्काेतिर छिटो छिटो दगुर्न थाले । दगुरेको देखेर उनी मेरो झोला लिएर दगुरेर भाग्न खोजेको कुरा प्रष्ट थियो । छिट्टै नै उनी भिडमा कतै अदृश्य भए । म मनमनै हाँसे । त्यो झोलामा दिनभरि खर्च भएर बचेको २०–२५ रुबल मात्र बाँकी थियो । मैले दिउसो खर्च गर्ने पैसा त्यही झोलाबाट निकाल्ने गर्दथेँ । त्यसैले उनले सोचेका थिए होलान्, त्यो झोलामा धेरै पैसा छ । त्यो झोलामा पैसाको एउटा पर्स हुनुका साथै एउटा किताब एकाध कापी, टाबेल आदि सामान मात्र थिए । यो सोचेर मलाई दु:ख लाग्यो कि मैले ती मान्छेलाई करिन १०० रुबल दिने विचार गरेको थिएँ तर २०–२५ रुबल मात्र उनको हात परेको थियो तैपनि त्यस्तो व्यक्तिलाई मैले किन ‘कामरेड‘ भनेर उल्लेख गरेँ ? त्यो कुरामाथि प्रकाश हाल्ने छु ।

    जर्मनीबाट मस्को जानका लागि दुईटा बाटाहरू थिए । एउटा प्लेनद्वारा सिधै मस्को जाने र अर्को रेलद्वारा । रेलद्वारा मस्को जाँदा बाटामा पोल्यान्ड र बेलारुस पर्दथे । मैले प्लेनबाट जानुको सट्टा रेलबाट मस्को जाने विचार गरेँ किनभने त्यसरी जादा बाटामा पर्ने दृश्य हेर्दै जान पाइन्थ्यो । जर्मनीका साथीहरूले मलाई भनेका थिए– रुसको भिसा भएपछि मलाई बिचमा पर्ने देशले रोक्ने छैनन् । म सिधै रुस जान सक्ने छु । त्यसपछि म रेलको टिकट लिएर मस्कोको लागि हिँडे ।

    म पोल्यान्ड भएर मस्कोतिर जाँदै थिएँ । म रेलको आफ्नो बर्थमा सुतेको थिएँ । त्यही बेला पोल्यान्डको कुनै स्टेसनमा पुलिसहरूले मलाई उठाए र मेरो पासपोर्ट मागे । उनीहरूले मेरो पासपोर्ट हेरेर भने : ‘तपाईंसित पोल्यान्डको भिसा छैन । त्यसकारण तपाईं अगाडि जान पाउनुहुन्न ।’ त्यसपछि उनीहरूले मलाई र मेरो सामान स्टेसनमा उतारिदिए र भने : ‘तपाई अर्को ट्रेनबाट बर्लिन नै फर्कनुपर्छ ।’

    त्यो मध्यरातको बेला थिए थियो । स्टेसन सुनसान थियो । एकदुई जना मान्छेसित भेट भयो तर उनीहरूले मेरो अङ्ग्रेजी भाषा बुझेनन् । त्यही बेला स्टेसनमा एउटी युवतीसित भेट भयो । उनी पन्जाबी रहिछन् । उनी खालिस्तान आन्दोलनकी कार्यकर्ता रहिछन् र शरणार्थीको रूपमा पोल्यान्डमा बसेकी रहिछन् । उनले मलाई पूरा मदत गरिन् । उनले मलाई टिकट काट्न मदत गरिन् र बर्लिन जाने ट्रेनमा बसालिदिइन् । त्यसपछि म बर्लिन फर्कें । बर्लिनमा मैले जर्मन साथीहरूसँग सम्पर्क गरेँ र प्लेनद्वारा मस्कोका लागि उडेँ ।

    मस्कोमा पुगेपछि मलाई त्यहाँ छिचोल्न धेरै गार्‍हो भयो । युरोपका विभिन्न देशमा सबै कुरा व्यवस्थित थिए । त्यहाँ कुनै विषयमा सोधपुछ गरेपछि सजिलैसित जवाफ वा मदत मिल्दथ्यो तर रुसमा त्यस प्रकारको सुविधा थिएन । त्यहाँ सबैजसो मानिसले रुसी भाषा नै बोल्दथे र अङ्ग्रेजी भाषा बोल्ने मानिसहरू झट्टै पाइदैनथे । फोनमा कुरा गर्ने प्रणाली पनि धेरै जटिल थियो ।

    म राति नजिकै एउटा होटलमा बसे तर त्यहाँ पनि फोनद्वारा सम्पर्कको कतै सम्पर्क गर्नु अत्यन्त कठिन थियो । मलाई अर्को राति मस्कोबाट जानुपर्ने थियो (मैले त्यो सहरको नाम मैले अहिले बिर्सें) । मसित दिनभरको समय खालि थियो । त्यो खालि समयमा म क्रेमलिन हेर्न जान चाहन्थे तर त्यहाँ कसरी पुग्ने र त्यहाँबाट पुन: कसरी रेलले स्टेसनमा फर्कने ? त्यो पत्ता लगाउन मलाई धेरै नै गार्‍हो परेको थियो । कतिपय मान्छेहरूले मलाई मेट्रोद्वारा त्यहाँ जान सकिन्छ भनेका थिए तर मेट्रोको टिकट लिने, त्यहाँ जाने र फर्कने काम पनि सजिलो थिएन । मैले कैयौँ

    मान्छेलाई प्रश्न सोध्ने गरेको र सन्तोषजनक जवाफ नपाएर अलमलमा परेको देखेर एउटा युवक मेरा नजिक आएर भने : ‘हेल्प ?’ ।

    मैले भनेँ : ‘यस’ ।

    ती युवक छिटपुट अङ्ग्रेजी बोल्दथे । उनलाई मैले क्रेमलिन जान खोजेको तर जाने तरिका थाह नभएको बताएँ । उनले मलाई भने : ‘आई हेल्प’ ।

    उनले हामी दुबै जनाका लागि मेट्रो को टिकट काटे । युरोपका अन्य देशमा भन्दा मस्कोका मेट्रोका सिढीहरू धेरै तल गहिराइसम्म पुग्दथे तर ती युवकको मदतले कुनै कठिनाइ भएन र हामीहरू सजिलैसित क्रेमलिन पुग्यौँ र त्यसको अवलोकन गर्‍र्यौँ ।

    हामी दुबै जनाले एउटा होटलमा गएर खाना खायौँ । खाना खाने बेलामा उनले मसित विभिन्न विषयमा टुटेफुटेको भाषामा कुरा गरिरहे । उनले मलाई कुन देशबाट आएको हो भनेर सोधेका थिए । मैले नेपालबाट आएको हो भनेको थिएँ । उनलाई नेपाल देशबारे केहि थाह रहेनछ । अनि मैले भने : नेपाल इन्डियाको नजिकै उत्तरतिर पर्छ ।

    त्यसपछि उनले उत्साहित हुँदै भने : ‘इन्डिया ! एस’ ।

    उनले अगाडि भने : ‘इन्डिया एस, रसिया एस, अमेरिका नो ।’

    त्यसपछि उनले मतिर फर्केर भने: ‘यू कामरेड, आई कामरेड ।’ त्यस प्रकारको कुराकानी उनले कैयौँपल्ट दोहोर्‍याए ।

    खाना खाएपछि कुरा गर्दै हामीहरू पुन: रेलले स्टेसनमा पुग्यौँ । त्यहाँ पुगेपछि हामीले एउटा होटलमा नास्ता र जुस पियौँ । उनले बारम्बार मैले उचाल्ने गरेको ठुलो ब्याग माग्ने गर्दथे तर त्यो ब्यागमा केही बढी पैसा र महत्त्वपूर्ण कागज पनि थिए । त्यसैले मैले उनलाई मेरो ठुलो ब्याग बोक्न नदिएर सानो झोला मात्र उचाल्न दिएको थिएँ । उनले सोचेका हुन सक्दछन् । त्यही झोलामा नै धेरै पैसा हुन सक्दथ्यो । उनले देखेका थिए कि त्यही झोलाको पर्सबाट नै मैले पैसा निकाल्ने र खर्च गर्ने गर्दथेँ तर उनले यो बुझ्न सकेका थिएनन् र बुझ्न पनि सक्दैनथे : मैले त्यो झोलामा खालि चालु खर्चका लागि थोरै पैसा मात्र रा्रख्ने गर्दथेँ ।

    अहिले पनि मैले उनलाई बारम्बार सम्झन्छु । उनलाई सय रुबल दिन नपाएर उनले चोरी गरेर खालि २०–२५ रुबल मात्र लगेको सम्झेर अहिले पनि पिर लागिरहन्छ ।

    त्यो बेला युरोपका कैयौँ देशको भ्रमणपछि रुसको भ्रमण गर्न जानुको पछाडि के कारण थियो ? त्यसबारे अर्को कुनै संस्मरणमा मैले स्पष्ट गर्ने छु ।

    मद्रासको सेन्टर जेलमा

    स्तानबुल

    कुमाउको निषेधित क्षेत्रमा

    मेरा पुस्तक र रचनाहरू कहाँ र कसरी हराउने गरेका छन ?

     

    बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.