• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मद्रासको सेन्टर जेलमा

"(संक्षिप्त संस्मरण) "

  •   बुधबार, फागुन १७, २०७९ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    कामरेड जलजला प्रेम प्रकरणमा केन्द्रीय कमिटीले मलाई महामन्त्री, पी.बी.एम. र केन्द्रीय सदस्यबाट हटाउनुका साथै पार्टीको साधारण सदस्यतासमेत बाट तीन वर्षका लागि निश्काशित गर्‍यो । त्यसपछि म आफ्नो निर्वासित जीवन बिताउनका लागि दक्षिण भारततिर लागेँ ।

    म पहिले गङ्गाकावेरी एक्सप्रेस रेलगाडीद्वारा मद्रास (अहिलेको चेन्नई) गएँ । त्यहाँ करिब एक महिना बसेर केरलतिर गएँ र त्यहाँ करिब १० महिनाजति बसेँ ।

    म गङ्गाकावेरी एक्सप्रेसबाट मद्रास पुग्दा रात परिसकेको थियो । मद्रासमा त्यहाँ मैले कसैलाई चिन्दैनथेँ । मैले त्यहाँका दुई जना मित्रहरूको ठेगाना लिएर गएको थिएँ तर रातको बेलामा पहिले कहिल्यै नआएको सहरमा ठेगाना खोज्दै जानु राम्रो हँुदैनथ्यो । त्यसैले एउटा रिक्सा लिएर म एउटा होटेलतर्फ लागेँ ।

    म होटेलमा सामानहरू थन्क्याएर होटेलको कोठामा पसेको मात्र के थिएँ, त्यही बेलामा दुई/चार जना पुलिसहरू कोठामा पसे । मलाई उनीहरूले पक्रेर थानामा लगे । मलाई कुन आरोपमा पक्रेका हुन् ? त्यसबारे मलाई केही पनि बताइएन । पुलिसथानामा राति अबेलासम्म मेरो बयान लिइयो । उनीहरूले मेरो नामठेगाना तथा म किन मद्रास आएको हुँ ? त्यसबारे कुरा सोधे । मेरो साथमा छ/सातओटा बोरा वा पेटीहरू थिए । मेरा ती सबै सामान उनीहरूले होटेलमा देखेका थिए तर खोलेर हेरेका थिएनन् । मैले लिएका त्यति धेरै सामान के थिए भनेर उनीहरूले मलाई सोधे ।

    मेरो साथमा व्यक्तिगत उपयोगका केही सामानबाहेक अरू सबै सामान किताब नै थिए । आफ्नो निष्काशित जीवनमा मैले अध्ययनका कतिपय कार्यक्रम बनाएको थिएँ । त्यसका लागि ठुलो सङ्ख्यामा किताब सँगै लिएर आएको लिएँ ।

    रातभरिको सोधपुछका बाबजुद पनि उनीहरूले ममाथि कुनै आरोप लगाउन सकेका थिएनन् । त्यसैले मलाई किन गिरफ्तार गरिएको थियो ? त्यसबारे उनीहरूले मलाई केही बताउन सकेनन् । उनीहरूले खालि यति मात्र बताए : मेरो विषयमा उनीहरूले अरू छानबिन गर्ने छन् ।

    अर्को दिन उनीहरूले मलाई एक जना मजिस्ट्रेटकहाँ पेस गरे तर पनि त्यति बेला मलाई कुनै सोधपुछ गरिएन र सिधै सेन्ट्रल जेलमा पठाइयो । त्यहाँ मलाई करिब १५ दिन राखियो । त्यसपछि मलाई पुन: मजिस्ट्रेटकहाँ पेस गरियो । मजिस्ट्रेटका अगाडि मैले भने– ‘म नेपालबाट यहाँका पुस्तकालयमा अध्ययन र घुमफिरका लागि आएको हुँ । ममाथि कुनै आरोप पनि लगाइएको छैन । अनि, मलाई गिरफ्तार गरेर किन जेलमा हालियो ?

    मैले आफ्नो कुरा पूरा गर्न नपाउँदै मजिस्ट्रेटले भने– “रिलिज्ड अन योर अनबेल” (तपाईंको आफ्नै जमानतमा मुक्त गरिन्छ) ।

    त्यसपछि पुलिसहरूले मलाई गाडीमा हालेर पहिले मलाई जुन होटेलबाट गिरफ्तार गरी ल्याएका थिए, त्यही होटेलमा लगेर छाडिदिए ।

    मेरा सामानहरू त्यहाँ सुरक्षित थिए । पुलिसहरूले होटलमा आएर मेरा सामान हेरेका थिए कि थिएनन् ? त्यो कुरा मलाई थाह हुन सकेन । होटेलवालासित त्यो सोध्ने कुराको ख्याल पनि मलाई भएन ।

    अहिलेसम्म पनि मलाई त्यति बेला गिरफ्तार गरेर मद्रास जेलमा किन हालिएको थियो ? त्यो कुरा थाह हुन सकेको छैन । त्यसबारे कैयौँ सम्भावनाबारे विचार गरेँ तर म कुनै निष्कर्षमा पुग्न सकेको छैन । त्यसबारे मैले दुईओटा अनुमान गरेको छु :

    प्रथम– बनारसमा हाम्रो गतिविधिमाथि सिआइडीहरूले लगातार निगरानी गरिरहन्थे । म गङ्गाकावेरी एक्सप्रेसबाट दक्षिण मद्रासको लागि हिँड्दा खुला प्रकारले नै हिँडेको थिएँ । मलाई बिदाइ गर्न रेलवे स्टेसनमा थुप्रै साथीहरू आउनुभएको थियो । त्यसरी म मद्रास हिँडेको कुरा भारतका सिआइडीबाट पनि लुक्ने कुरा भएन । यो सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न कि म दक्षिण भारतको लागि हिँडेको थाह पाएर बनारसका सिआइडीले मद्रासका सिआइडीलाई खबर गरेको हुन सक्दथ्यो । उनीहरूले मेरो पिछा गरेर मलाई गिरफ्तार गरेको हुनुपर्छ ।

    द्वितीय– मद्रास रेलवे स्टेसनमा म उत्रँदा छ/सातओटा बोरा वा पेटीहरूमा सामान थिए । ती सामान देखेर म कुनै तस्कर हो कि भनी सोचेर पुलिसहरूले मलाई गिरफ्तार गरेको हुन सक्छन् ।

    पछि मैले थाह पाएर पाएअनुसार मद्रासमा गिरफ्तार भएपछि म तस्करीको आरोपमा गिरफ्तार भएको भनेर काठमाडौँको एउटा पत्रिकाले समाचार पनि छापेको थियो रे !
    म जेलमा परेपछि मैले त्यो समाचार दिएर का. निर्मल लामालाई एउटा चिठी लेखेको थिएँ तर जेलका अधिकारीहरूले घरका परिवारलाई बाहेक अरूलाई चिठी पठाउन पाइँदैन भनेर त्यो चिठी रोकिदिए । त्यसपछि मैले जलजलाको नाममा एउटा पोस्टकार्ड लेखेर पठाएँ । त्यहाँ घरका परिवारलाई बाहेक अरूलाई पत्र लेख्न नपाइने भनेको हुनाले मैले उनलाई “पत्नी” भनेर लेखेको थिएँ । त्यो बेला उनी बनारसमा नै थिइनन् । पछि मलाई थाह भयो, त्यो पत्र उनलाई पुगे छ र उनले निर्मल लामालाई पनि मेरो गिरफ्तारीको खबर दिएकी रहिछिन् । त्यो बेला मद्रास र केरलबाट मैले जलजलालाई पठाएका र उनले मलाई पठाएका सबै पत्रहरू अहिले पनि मसित सुरक्षित छन् । “कामरेड जलजला” उपन्यासका कतिपय परिच्छेदमा ती पत्रबारे उल्लेख गरेको छु ।

    त्यो बेला पार्टीले मलाई ममाथि गरेको कारबाही र मेरो दक्षिण भारतको यात्राको एउटा फाइदा यो भयो कि दक्षिण भारतमा नेपाली एकता समाजको सङ्गठनको बिजारोपण भयो । त्यो बेला मैले सम्पर्क गरेका साथीहरू अहिले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा हुनुहुन्न होला तैपनि त्यो बेला नेपाली एकता समाजको जुन बिजारोपण भयो, त्यसले पछि दक्षिण भारतमा त्यो सङ्गठनको भव्य निर्माणको लागि राजनैतिक प्रारम्भिक जग बसालेको थियो । त्यो बेलाको दक्षिण भारतको यात्रा र बसाइँका सन्दर्भमा नै मेरो “गङ्गाकावेरी एक्सप्रेस” कविता पनि लेखिएको थियो । मेरो “कामरेड जलजला” उपन्यासको एउटा परिच्छेद त्यही कवितासँग सम्बन्धित छ । त्यो कवितामा पार्टी र पार्टीका साथी तथा देशबाट टाढा जाँदा मेरो मनमा तीव्र भएको पीडा, मेरो मनमा उठिरहेका भाव तथा त्यो अवस्थामा पनि पार्टी र क्रान्तिप्रतिको मेरो प्रतिबद्धता व्यक्त भएका थिए ।

    त्यो कविताको अन्तमा केरलको सुन्दरतामा समुद्रतट काभलमबाट आकाशका बादलद्वारा नेपालका पार्टीका साथीलाई सन्देश दिँदै लेखिएको छ :

    हिन्द महासागरको अथाह जलराशिलाई
    त्यसमा उर्लिरहेको लहरहरूलाई
    सम्बोधन गर्दै भनुँ भनुँ जस्तो लाग्छ
    तिमीहरू बदल बनेर
    उत्तरतिर उड्दै उड्दै जानू
    त्यही…..
    हिमालयको फेदीमा
    मेरो देश छ – नेपाल
    त्यहाँ तिमीहरू मुसलधारे पानी भएर बर्सनू
    त्यो वर्षाको पानीमा मिसाएर
    मेरो यो सन्देश
    सबैतिर फैलाइदिनू
    गाउँघर पहाड, मधेस
    देशभरि छरिएका साथीहरूलाई
    भूमिगत, गिरफ्तार र फरार
    अनि, विदेशमा निर्वासित
    सङ्घर्ष गर्दै अगाडि बढिरहेको साथीहरूलाई
    सबै देशभक्त, जनतान्त्रिक
    र वामपन्थी क्रान्तिकारीहरूलाई
    मेरो समाचार सुनाइदिनू –
    साथी हो !
    जबसम्म मैले
    पार्टीको साथ गद्दारी गर्दिनँ
    क्रान्तिको बाटो छाडेर भाग्दिनँ
    म तपाईंंहरूको साथै हुने छु
    तपाईंहरूबाट टाढा टाढा भएर पनि
    तपाईंहरूबाट धेरै टाढा पुगे पनि
    तपाईंहरूसित
    सधैँका लागि सम्बन्ध टुटे पनि
    मैले जुनसुकै देशमा
    जुनसुकै देशबाट तथा
    जुनसुकै देशको क्रान्तिका लागि काम गरे पनि
    सधैँ तपाईंहरूका साथ
    तपाईंहरूको क्रान्तिकारी सङ्घर्षका साथ…

    त्यो बेला केरलमा बस्दा खर्चको समस्याका कारणले मैले कतिपय स्थानमा रातको चौकिदारी पनि गर्नुपरेको थियो । त्यही प्रकारले एउटा निर्माणाधीन घरमा घरका सामग्रीको रक्षाका लागि रातको चौकिदारी गरिरहेको बेलामा का. चित्रबहादुर केसी मलाई खोज्दै मैले चौकिदारी गरिरहेको ठाउँमा मध्यरातमा मलाई भेट्याउन पुग्नुभएको थियो ।

    त्यो बेलामा मैले आफ्नो निष्काशित कार्यकालका बेलामा दुईओटा कार्य पूरा गर्ने योजना बनाएको थिएँ : प्रथम– कृषिक्रान्तिबारे विस्तृत रूपले अध्ययन गर्ने र पछि त्यसबारे एउटा पुस्तक तयार पार्ने तर पछि केन्द्रीय कमिटीका छ जना साथीहरूको राजीनामाका कारणले पार्टीमा गम्भीर सङ्कटको स्थिति उत्पन्न भयो र त्यसले गर्दा म त्यसतर्फ लाग्नुपर्‍यो । यसले कृषिक्रान्तिसम्बन्धी मेरो अध्ययन बिचैमा रोकियो । त्यसको पहिलो परिच्छेद मात्र पूरा भयो । त्यो पछि “धर्तीको पूर्व इतिहास” को रूपमा शीर्षकले पुस्तिकाको रूपमा प्रकाशित भयो ।

    द्वितीय– त्यो बेलाको मेरो अर्को योजना अर्थशास्त्रमा एमएको परीक्षा दिने थियो । आग्रा गएर मैले त्यो कार्य पूरा गरेँ । (क्रमश:)
    २०७९ फागुन १५ गते
    खलङ्गा, प्युठान

    स्तानबुल

    कुमाउको निषेधित क्षेत्रमा

    मेरा पुस्तक र रचनाहरू कहाँ र कसरी हराउने गरेका छन ?

     

    बुधबार, फागुन १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.