• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

स्तानबुल

"(संक्षिप्त संस्मरण) "

  •   बुधबार, फागुन १०, २०७९ मा प्रकाशित
  • मोहन विक्रम सिंह ##
    जर्मनीबाट उडेको टर्किस एयरलाइन्सको प्लेन टर्कीको प्रमुख महत्त्वपूर्ण सहर स्तानबुलमा आएर रोकियो । त्यहाँबाट अर्काे हवाईजहाज चढेर काठमाडौँ जानुपर्ने थियो । त्यहाँ खालि एक घण्टाको मात्र ट्रान्जिट थियो ।

    Advertisement

    मैले लिएको प्लेनको टिकटमा स्तानबुलमा ह्विल चियरको पनि व्यवस्था थियो । प्लेनबाट उत्रेर मैले सबैतिर हेरेँ तर कतै ह्विल चियर फेला पार्न सकिनँ । त्यहाँको ट्रान्जिटको समय एकदम कम थियो । त्यसकारण नयाँ ठाउँमा काठमाडौँ जाने प्लेन पत्ता लगाएर चढ्न गार्‍हो थियो । काठमाडौँको प्लेन चढ्ने ठाउँ केही टाढा पनि थियो ।

    प्लेनबारे सोध्दासोध्दै मेरो काठमाडौँको प्लेन छुट्यो । त्यसपछि म टर्किस एयरलाइन्सको अफिसमा गएँ । उनीहरूले मेरा लागि पर्सिपल्टको टिकट बनाइदिए । उनीहरूले मलाई भने कि मेरा लागि खाने, बस्ने र होटेलको समेत व्यवस्था हुने छ । उनीहरूले मलाई एउटा ट्याक्सीमा चढाएर सहरको अलि परैको एउटा अफिसमा पठाइदिए । त्यहाँ त्यही अफिसको फोनद्वारा मैले दुर्गालाई मेरो प्लेन छुटेको समाचार गरिदिएँ । जर्मनीबाट उनी महिलाहरूको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ट्युनिसिया गएकी थिइन् भने म काठमाडौँतिर लागेको थिएँ । मैले उनलाई मलाई खान, बस्नका लागि होटलको व्यवस्था भएको र पर्सिका लागि काठमाडौँ जाने प्लेनको टिकट पनि भएको कुरा बताइदिएको थिएँ ।

    त्यो बेलासम्म सबै कुरालाई मैले सामान्य रुपमा नै लिएको थिएँ । त्यो अफिसबाट गाडिमा हालेर मलाई अर्काे ठाउँमा पठाइयो । त्यो एयरपोर्टको एउटा अफिस थियो । मैले सोचेको थिएँ, त्यहाँबाट मलाई कुनै होटलमा पठाउने व्यवस्था गरिने छ । धेरै बेरसम्म होटलको कुनै कुरा नगरेपछि मैले होटेलबारे सोधेँ । उनीहरूले मलाई कुनै पनि जवाफ दिएनन् । केही बेरपछि पुन: दोहोर्‍याएर त्यसबारे सोधेँ ।

    उनीहरूले होटेलबारे त केही बताएनन् तर मलाई भने : ‘तपाईंंसित टर्कीको भिसा छैन । त्यसकारण तपाईंं यो एरियामा घुम्न सक्नुहुन्छ तर बाहिर जान पाउनुहुँदैन ।’
    मैले भनेँ : ‘मसित सेनगुइन भिसा छ । त्यसको आधारमा युरोपभरि मलाई अन्य देशको भिसा आवश्यक पर्दैन ।’

    मेरो प्रश्नको उनीहरूले कुनै जवाफ दिएनन् ।
    एक छिनपछि म जुन बाटो आएको थिएँ, त्यही बाटो म बाहिरतिर निस्केँ तर गेटमा पुगेपछि त्यहाँको गार्डले मलाई रोक्यो । उनीहरूले मलाई एक जना अफिसरकहाँ लगे ।
    त्यो मान्छेले मलाई भन्यो : ‘तपाईंको भिसा प्रब्लम छ । त्यसले फेरि पुलिस लगाएर पहिलेकै ठाउँमा पुर्‍यायो । त्यसपछि मैले अनुभव गरेँ, उनीहरूले मलाई गिरफ्तार गरेका छन् ।’

    उनीहरूको कुराबाट मलाई लाग्यो, सम्भवत: भिसाको कुरा उठाएर ममाथि मुद्दा चलाउने वा गिरफ्तार गर्न पनि गर्न सक्दछन् ।

    त्यो अफिसको आसपासमा घुम्ने मलाई अधिकार थियो तर बाहिर निस्कने अधिकार थिएन । त्यहाँको नजिकै एउटा टेलिफोन सेन्टर थियो । त्यहाँ गएर मैले गाबीलाई फोन गरे । उनी पनि दुर्गासित सँगै महिला सम्मेलनमा भाग लिन ट्युनेसिया गएकी थिइन् । म गिरफ्तार भएको समाचार पाएपछि उनी आत्तिइछन् र महिला सम्मेलनलाई छाडेर तुरुन्तै स्तानबुल आउने कुरा गर्न थालिछन् ।

    गाबीहरूले उनलाई भने छन : ‘हामीले एयरलाइन्समा सम्पर्क गरेर पत्ता लगाउँछौँ । त्यसपछि के गर्र्ने ? सल्लाह गरौँला ।’
    उनीहरूले मलाई राति कुनै होटेलमा लैजाने व्यवस्था पनि गरेनन् । खान दिने व्यवस्था पनि गरेनन् । मैले उनीहरूको अफिसको अगाडि खुला ठाउँमा बेन्चमा बसेर पूरै रात बिताउनु पर्‍यो ।

    अर्काे दिन बिहान उनीहरूले मलाई गार्डसहित सहरको एउटा अफिसमा पुर्‍याए । म तीन/चार घण्टासम्म त्यहाँ बस्दा पनि उनीहरूले मलाई कुनै सोधपुछ गरेनन् । कैयौँपल्ट मैले गएर उनीहरूलाई सोध्दा उनीहरूको एउटै जवाफ हुन्थ्यो : ‘वेट’ (पर्ख) ।

    करिब चार घण्टापछि उनीहरूले मलाई गार्डसहित एउटा नजिकैको एयरलाइन्स मजिस्ट्रेटकहाँ पठाए । उनले मेरो पासपोर्ट हेरे र भने : ‘तपाईंसित सेन्गुइन भिसा छ । त्यसकारण तपाईं आफ्नो खुसीले सहरमा घुमफिर गर्न सक्नुहुन्छ ।’

    त्यसपछि म बिनागार्ड टर्किस एयरलाइन्समा गए । त्यहाँ पुगेपछि उनीहरूले मलाई खानका लागि एउटा कागज लेखेर एउटा होटलमा पठाइदिए । त्यहाँ गएर खाना खाएँ । उनीहरूले मलाई यो पनि भनेका थिए : ‘यो अफिसको माथि वेटिङरुम छ । त्यहाँ गएर तपाईंले आराम गर्न र सुत्न सक्नुहुन्छ ।’

    टर्किस एयरलाइन्स अफिसबाट लिफ्ट चढेर म उनीहरूले भनेको होटेलतिर गएँ । होटेलतिर जाने सडक देखेर म आश्चर्यचकित भएँ । त्यो सडक अत्यन्त सफा र चम्किलो थियो । त्यसका दायाबायातिर भव्य दुकान थिए । युरोपमा अन्यत्र कहिँ पनि मैले त्यस प्रकारको सडक देखेको थिइनँ ।

    स्तानबुलमा गिरफ्तारीबाट मुक्त भएपछि मैले ट्युनिसियामा दुर्गालाई फोन गरेँ । उनी ट्युनिसियाबाट टर्की आउन तयार भएकी रहिछन् । मेरो फोन पाएपछि उनी रोकिइन् ।

    स्तानबुलको मेरो त्यो सम्झना अत्यन्त अप्रिय थियो । नियमअनुसार सेनगुइन भिसा भएपछि मेरो टर्कीको भिसा छैन भनेर मलाई त्यसरी रोक्नु, एक प्रकारले गिरफ्तार गर्नु र खाने र सुत्ने व्यवस्थासमेत नगरिकन रातभरि खुला आकाशमुनि बेन्चमा बस्न बाध्य गर्नु बिल्कुल गैरकानुनी कार्य थियो । टर्कीमा तानाशाही व्यवस्था थियो र उनीहरूको व्यवहारबाट थाहा भएको थियो : त्यहाँको प्रशासन पनि एकदम गैरजिम्मेवार र नोकरशाही प्रकारको थियो । त्यसबाट म धेरै नै क्षुव्द भएको थिएँ ।

    काठमाडौँ आएपछि मैले थाहा पाएँ, जुन प्लेनबाट म काठमाडाँै आउने कुरा थियो, का. बलराम बासकोटाहरू पनि स्तानबुलबाट काठमाडौँ आउन त्यही प्लेनमा चढ्नु भएको रहेछ तर बिच बाटोमा कतै त्यो प्लेनमा केही टेक्निकल समस्या पैदा भएछ । त्यसपछि त्यो प्लेन फर्केर स्ताम्बुल नै गएछ र उहाँहरू अर्का प्लेनबाट काठमाडाँै आउनुभएको रहेछ ।

    स्तानबुलबाट काठमाडौँ आएपछि मैले गुगल र युट्युबटहरूमा टर्कीसम्बन्धी केही सामग्री खोजेर पढेँ । त्यस सिलसिलामा टर्कीका एकाध सिनेमा र सिरियल पनि हेरेँ ।

    तिनीहरूमा कुनै उत्ताउलो वा छाडापन थिएन । तिनीहरू गम्भीर प्रकृतिका र मानवीय भावनाद्वारा ओतप्रोत थिए । तिनीहरूबाट यस्तो भान हुन्थ्यो, टर्कीको समाज पनि, खास गरेर मानिसका भावना हाम्रो नेपालका जस्तै थिए । ती सिनेमा हेरेर मलाई टर्कीका जनतासित नजिकको आत्मीय सम्बन्ध भए जस्तो अनुभव भयो । तिनीहरूद्वारा मलाई महसुस भयो : म टर्कीका जनताको मनको गहिराइमा पुगेको थिएँ । त्यसले गर्दा मेरो मनमा त्यहाँ तानाशाही व्यवस्था र प्रशासनको प्रकृति नोकरशाही प्रकारको भए पनि स्तानबुलमा मेरो मनमा टर्कीप्रति जुन क्षोभ पैदा भएको थियो, त्यसको ठाउँमा टर्कीका जनताप्रति धेरै नै आत्मीयता र सदभावनाको भाव पैदा भयो ।

    केही दिनअघि टर्कीमा ठुलो भूकम्प आयो । टर्की र सिरियामा गरेर ४० हजारभन्दा बढी मानिसको मृत्यु भयो । त्यसमध्ये ठुलो सङ्ख्या टर्कीबासीको नै थियो । जो बाँचेका थिए, उनीहरू पनि घरबासविहीन भए । लाखौँ मानिसहरू जाडोमा खुला आकाशमुनि बस्ने गर्नु परिरहेको छ । टर्कीका जनताले भोगेको त्यो ठुलो दु:खका आगाडि स्तानबुलमा एक रात खुला आकाशमुनि बिताएको दु:ख एकदम सामान्य र नगन्य थियो ।

    अहिले मेरा मनमा टर्कीमा भूकम्पद्वारा मृत ती हजारौँ जनताप्रति श्रद्धाञ्जली र त्यहाँका भूकम्पद्वारा पीडित जनताप्रति गहिरो समवेदनाको भाव पैदा भएको छ । क्रमश: २०७९ फागुन ९ गते

    कुमाउको निषेधित क्षेत्रमा

    मेरा पुस्तक र रचनाहरू कहाँ र कसरी हराउने गरेका छन ?

    बुधबार, फागुन १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.