• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान


  •   शनिबार, असोज ०३, २०८३ मा प्रकाशित
  • काठमाडौं, असोज ३ । संविधान दिवस २०८३ को अवसरमा भारत प्रवासमा रहेका नेपालीहरूको साझा संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपालको संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न लोकतान्त्रिक तथा गणतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ।

    Advertisement

    प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष प्रेम पौडेलले राणा शासनदेखि गणतन्त्र स्थापनासम्म नेपाली जनताले गरेको लामो संघर्ष र हजारौं सहिदको बलिदानबाट प्राप्त उपलब्धिको संरक्षण गर्नुपर्ने बताएका छन्। २०६२/०६३ को जनआन्दोलनपछि संविधानसभाबाट संविधान निर्माण हुनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले संविधान निर्माण प्रक्रियामा प्रवासी नेपालीलाई सहभागी नगराइएको गुनासो पनि गरेका छन्।

    वक्तव्यमा वर्तमान राजनीतिक गतिविधिले राष्ट्रियता, लोकतान्त्रिक अधिकार तथा संविधानका मूल मान्यतामाथि चुनौती उत्पन्न गरेको दाबी गरिएको छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाले संसदीय प्रतिपक्षको भूमिका कमजोर पार्न सक्ने भन्दै त्यस्तो व्यवस्थाप्रति पनि वक्तव्यमा आपत्ति जनाइएको छ।

    त्यस्तै, धर्मनिरपेक्षतालाई संविधानको महत्वपूर्ण उपलब्धि भन्दै जातीय तथा धार्मिक सद्भाव कायम राख्न र सबै समुदायलाई समान अधिकार तथा अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।

    वक्तव्यमा संघीयताको भने स्पष्ट विरोध गरिएको छ। संघीयता नेपाली जनताको माग नभएको दाबी गर्दै त्यसलाई खारेज गरी स्थानीय विकेन्द्रीकरणमा आधारित एकात्मक शासन प्रणाली उपयुक्त हुने धारणा अघि सारिएको छ।

    वर्तमान संविधानलाई पूर्ण रूपमा आदर्श नमानिए पनि गणतन्त्र, धर्मनिरपेक्षता र संविधानको रक्षा तत्कालीन परिस्थितिमा आवश्यक रहेको उल्लेख गर्दै वक्तव्यले भारत प्रवासमा रहेका लोकतान्त्रिक, गणतान्त्रिक शक्ति तथा आम नेपाली समुदायलाई संविधान र प्राप्त अधिकारको रक्षाका लागि एकताबद्ध हुन आह्वान गरेको छ।

     

    शनिबार, असोज ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब
    मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.