• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अपराधीहरू

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो

मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको प्रयास अस्वीकार

अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा

केशम टापुमा अमेरिकी आक्रमण

प्रथम राष्ट्रिय जनजाति सभा सम्पन्न

सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. कवि

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

  • १०. पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

प्रथम राष्ट्रिय जनजाति सभा सम्पन्न

"मंसिरदेखि पुस र माघसम्म जनजाति जागरण अभियान–२०८३ सम्पन्न हुने "

  •   मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
  • काठमाडौँ, कार्तिक १७ । अखिल नेपाल जनजाति सम्मेलनको प्रथम राष्ट्रिय जनजाति सभाले ‘जनजाति जागरण अभियान–२०८३’ सञ्चालन गर्ने निर्णय गरेको छ । सम्मेलनको केन्द्रीय समितिको पाँचौँ बैठकले आगामी मंसिर, पुस र माघ महिनामा तीन चरणमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

    Advertisement

    केन्द्रीय अध्यक्ष निमबहादुर बुढामगरको अध्यक्षतामा कात्तिक ११ गते बसेको बैठक निर्णय अनुसार पाँचौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो राष्ट्रिय जनजाति सभा सम्पन्न पारिएको छ ।

    राष्ट्रिय जनजाति सभाको उद्घाटन सत्रमा अध्यक्ष निमबहादुर बुढामगरले अध्यक्षता र महासचिव अमरध्वज रानामगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । ज्ञातअज्ञात सहिदहरूको सम्मानमा एकमिनेट मौनधारण पश्चात वरिष्ठ उपाध्यक्ष कुलबहादुर थापाले स्वागत मन्तव्य दिनुभएको थियो ।

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले गडगडाहट तालीका बीच कार्यक्रम उद्घाटन गरेका गर्नुभएको थियो । सिंहले देशको समसामयीक राजनीतिक अवस्था र जनजाति आन्दोलनका बारेमा सारगर्भित मन्तव्य राख्नुभएको थियो ।

    त्यस्तै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं प्रवक्त दुर्गा पौडेललगायत विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिनुभएको थियो ।

    सभामा केन्द्रीय अध्यक्ष निमबहादुर बुढामगरले राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । व्यापक छलफलपछि प्रतिवेदन पारित गरिएको परिपत्रमा उल्लेख छ ।

    त्यस्तै, कोषाध्यक्ष होमबहादुर पुनले प्रस्तुत गरेको आर्थिक प्रस्तावमाथि छलफल गरी आवश्यक सुझावसहित पारित गरिएको छ । सम्मेलनका महासचिव अमरध्वज रानामगरले आगामी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सोही कार्यक्रममाथि छलफल गर्दै ‘जनजाति जागरण अभियान–२०८३’ तीन चरणमा सञ्चालन गर्ने निर्णय गरिएको हो।

    जसअनुसार सम्मेलनले तय गरेको कार्ययोजनाअनुसार गुल्मी, अर्घाखाँची, बागलुङ र प्युठानमा जनजाति जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

    गुल्मीमा मंसिर १३ देखि १९ गतेसम्म अभियान सञ्चालन हुनेछ । कालिगण्डकी गाउँपालिकाको वडा नम्बर १ देखि ७ सम्म तथा सत्यवती गाउँपालिकाका वडा नम्बर २, ३ र ६ मा कार्यक्रम गर्ने तालिका तय गरिएको छ ।

    त्यसैगरी, अर्घाखाँचीमा मंसिर २१ गतेदेखि अभियान सुरु हुनेछ । भूमिकास्थान नगरपालिका तथा मालारानी गाउँपालिकाका विभिन्न वडा र बस्तीमा कार्यक्रम सञ्चालन गरिनेछ । मंसिर २१ गते भूमिकास्थान–५ असुरकोटबाट सुरु हुने अभियान मंसिर २८ गते मालारानी गाउँपालिकाको सेपानीमा पुगेर अगाडि बढ्ने तालिकामा उल्लेख छ ।

    बागलुङमा पुस ५ गतेदेखि २४ गतेसम्म अभियान सञ्चालन हुनेछ । बरेङ गाउँपालिका, जैमिनी नगरपालिका, बागलुङ बजार, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, निसी गाउँपालिका तथा ढोरपाटन नगरपालिकाका विभिन्न स्थानमा कार्यक्रम गरिनेछ । पुस २४ गते बुर्तिबाङ बजारमा अभियान समापन गर्ने कार्यक्रम छ ।

    प्युठानमा माघ १० गतेदेखि महिनाको अन्त्यसम्म अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । प्युठानको विस्तृत कार्यक्रम तयार गर्ने जिम्मेवारी सम्बन्धित जिल्ला समितिलाई दिइएको छ ।

    सभाले राष्ट्रिय जनजाति सभाका स्थायी सदस्यका रिक्त पदहरूमा नयाँ सदस्य नियुक्त गरेको छ । अनुसार पुष्पा रानाको रिक्त पदमा शान्ति घले (कास्की), हीरा तरामुको रिक्त पदमा मित्रलाल तरामु (गुल्मी) र नगेन्द्र श्रीनेतको रिक्त पदमा केशर राना (रूपन्देही) लाई नियुक्त गरिएको छ ।

    विभिन्न व्यक्तित्वद्वारा प्रशिक्षण

    त्यसपछि नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, अखिल नेपाल बुद्धिजीवी संघका नेता दुर्गा खरेल, अखिल नेपाल कानुन व्यवसायी संघका केन्द्रीय सचिव चुरामणि भुसाल तथा जनजाति नेता मोहन थापा लगायतले प्रशिक्षण दिनुभएको थियो ।

    मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
    आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको प्रयास अस्वीकार
    अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा
    केशम टापुमा अमेरिकी आक्रमण
    सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      अपराधीहरू

    • २.
      मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

    • ३.
      आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ४.
      मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको प्रयास अस्वीकार

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा

    • ६.
      केशम टापुमा अमेरिकी आक्रमण

    • ७.
      प्रथम राष्ट्रिय जनजाति सभा सम्पन्न

    • ८.
      सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.