महेश रिजाल, भालुबाङ ।
दाङको गढवा गाउँपालिका वडा नं. १ बडहरास्थित कुलपानी सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा सम्पन्न भएको छ ।
नवराज शर्मालाई पुन: अध्यक्षमा सर्वसम्मत चयन गर्दै २०८३ कात्तिक १६ गते सोमबार सो कार्यक्रम सम्पन्न भएको हो ।
समितिको उपाध्यक्षमा राकेश शर्मा, कोषाध्यक्षमा पुष्पा चौधरी, सचिवमा दिलबसीकुमारी विक र सहसचिवमा आइबहादुर घर्ती पनि सर्वसम्मत चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यमा ईश्वरी घिमिरे, अन्जु यादव, मीना शाह, प्राथी बस्याल, सीता थापा, अनिल सुनार, पशुपति चौधरी, विष्ण्ॉ चौधरी, सुशीला चौधरी, मन्जु चौधरी, जलावती चौधरी, विश्वराज अधिकारी, भरत अधिकारी, विशाल विष्ट, रामस्वरूप थारू कुमाल, माया चौधरी रहनुभएको छ ।
साधारणसभाको उदघाट्न प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय लमहीका प्रमुख गणेशप्रसाद थारूले गर्नुभएको थियो ।
कार्यक्रमलाई शुभकामना दिनेहरूमा विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष हरिप्रसाद भुसाल, बिपी आधारभूत विद्यालय राप्ती वडा नं. ३ बसन्तापुरका प्रधानाध्यापक जीवराज शर्मा, पूर्व प्रधानाध्यापक राजितराम यादव, विकास शर्मालगायत हुनुहुन्थ्यो ।
राकेश शर्माको स्वागत मन्तव्यबाट सुरु भएको साधारणसभामा समूहकी सचिव दिलबसीकुमारी विकले प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुष्पा चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने समूहका अध्यक्ष नवराज शर्माले आगामी वर्षको कार्ययोजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।






