• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मेरा पुस्तक र रचनाहरू कहाँ र कसरी हराउने गरेका छन ?

"सङ्क्षिप्त संस्मरण "

  •   बुधबार, माघ २५, २०७९ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##
    (पहिले मैले ‘हाँक साप्ताहिक’ विविध शीर्षकले एउटा स्तम्भ लेख्ने गर्थें, पछि मैले त्यसलाई नियमित गराउन सकिनँ । अहिले ‘युगदर्शन साप्ताहिक’ सँग सल्लाह गरेर ‘सङ्क्षिप्त संस्मरण स्तम्भ’ लेख्ने विचार गरेको छु – लेखक ।)

    Advertisement

    मेरा पुस्तकहरू धेरै पल्ट हराउने वा नष्ट हुने गरेका छन् । त्यस सन्दर्भमा पहिलो घटना पाल्पा जेलसित सम्बन्धित छ । २०११ सालमा प्युठानको भ्रष्टाचार विरोधी आन्दोलनमा गिरफ्तार भएका छ जना साथीहरूमध्ये तीन जना खगुलाल गुरुङ, नेकाका हेमराज पण्डित र मलाई पाल्पा जेलमा पठाइएको थियो । पछि २०१२ सालको अन्ततिर पाल्पा जेलबाट हामीलाई प्युठान र त्यहाँबाट सल्यान पठाइयो । करिब डेढ वर्षपछि हामीहरू सल्यान जेलबाट छुट्यौँ ।

    पाल्पा जेलबाट चलान हुने बेलामा मैले पाल्पा जेलमा लेखेका सबै रचनाहरू; जसमध्ये दुईओटा उपन्यास र १०० ओटा जति कथा र केही निवबन्धहरू थिए । प्युठानमा ती सबै रचनाहरू तानसेनमा दुकान गरेर बस्ने प्युठान कुटेचौरका व्यापारीकहाँ राख्न दिएको थिएँ । सल्यान जेलबाट छुटेर त्यहाँ आउँदा उनले ती सबै सामग्रीहरू नष्ट गरिदिएका रहेछन् । त्यो बेला लेखेका र सँगै लगेका दुईओटा कथा र कविताहरू मात्र बचे ।

    २०१८ सालमा तौलिहवामा शक्ति लम्लास र म गिरफ्तार भयौँ । शक्ति लम्साल र खिमासिंह गुरुङ ता तौलिहवा जेलबाट नै छुट्नु भयो । २०२२ सालतिर मलाई भैरहवा जेलमा चलान गरियो । त्यो बेला मैले आफ्ना चार/पाँच बाकस पुस्तक र रचनाका बाकस कपिलवस्तुका टेकबहादुर पन्थीकहा राख्न पठाएको थिएँ । टेकबहादुरलाई राख्न पठाएका रचनामध्येमा त्यो जेलमा बस्दा तीन/चार वर्ष लगाएर लेखेको ओखरकोट सम्बन्धित एउटा उपन्यास पनि थियो । २०२७ सालको चैतमा जेलबाट छुटेर तौलिहवा आउँदा पन्थीको मृत्यु भइसकेको रहेछ । मैले आफ्ना ती पुस्तक र रचनाहरू खोज्ने धेरै प्रयत्न गरेँ तर केही पनि पाइएनन् ।

    २०२७ सालमा जेलबाट छुटेर प्युठानको घरतर्फ जाँदा मसँग सात/आठ बाकस पुस्तक र कैयौँ रचना पनि थिए । ती सबै मैले प्युठानमा एउटा भाइकहाँ राख्न दिएको थिएँ । २०३४ सालको पर्चा आन्दोलनपछि प्युठानमा व्यापक गिरफ्तारी भयो । त्यो डरले मेरो भाइले मैले राख्न दिएका सबै पुस्तक र रचनाहरू जङ्गलको एउटा ओडारमा फालिदिएछ । पछि म प्युठान पुग्दा ती सबै ओढारमा सडिसकेका थिए ।

    २०१८ सालमा म गिरफ्तार हुँदा मेरी आमा तारा कुमारी बनारसमा डेरा लिएर बस्नुहुन्थ्यो । त्यही डेरामा मेरा कैयौँ पुस्तक, रचना र दस्तावेज पनि थिए । म जेलमा परेपछि आमा प्युठान जानुभयो । हाम्रा साथीहरूले आमाको डेरामा भएका सबै पुस्तक, रचनाहरू बाँडेर लगे छन् । म काठमाडौँबाट छुटेर बनारस आउँदा दाङका केही साथीहरूले त्यहाँबाट लगेर आफ्नो साथमा सुरक्षित रूपले राखेको एउटा टिनको बाकस मात्र फेला पर्‍यो ।

    पाँचौँ महाधिवेशनपछि पार्टीमा फुट भएपछि हाम्रो कार्यालय गोरखपुरमा थियो । माओवादीहरूको—त्यो बेलासम्म उनीहरूको सङ्गठनको नाम माओवादी रहेको थिएन—र हाम्रा कार्यालय बेग्लाबेग्लै थिए । पहिले हाम्रो कार्यालय जाहिदावादमा थियो । त्यो कार्यालयमा हाम्रा धेरै पुस्तक र सामग्री थिए । त्यो कोठा पहिलेदेखि नै हामीले लिएको कोठा थियो । हामीले त्यहाँ गएर माओवादी साथीहरूसित हाम्रो कोठा छाडिदिन भन्यौँ । उनीहरूले अर्काे दिन बिहान छाडिदिने कुरा गरे । राति उनीहरूले त्यहाँ भएका सबै पुस्तक र सामग्रीहरू ओसारे छन् । अर्काे दिन बिहान जाँदा त्यो कोठा खाली थियो । त्यो बेला पनि हामीले जम्मा गरेका धेरै पुस्तक र दस्तावेजहरू हराए भन्नुपर्‍यो ।

    रिमसित सम्बन्ध टुटेपछि म युरोप र रुसका समेत कैयौँ पार्टीसित सम्पर्क गर्न वा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अध्ययन गर्न गएको थिएँ । त्यो बेला मैले लेखेका डायरी र सम्पर्कका ठेगान दिल्ली पठाएको थिएँ । पछि दिल्लीबाट गोरखपुर पठाइदिन समाचार पठाएको थिएँ तर ती मलाई कहिल्यै प्राप्त हुन सकेनन् । दिल्लीका साथीले एक जना साथीका हात पठाएको भन्नुभयो तर त्यो साथीको नाम उहाँले भुलेको बताउनुभयो । त्यसरी युरोप र रसियाको भ्रमणद्वारा जम्मा गरेका मेरा धेरै सामग्री नष्ट भए ।

    नेपालमा बहुदलीय व्यवस्था आएपछि गोरखपुरमा फाइल गरेर राखेका मसालका सबै अङ्क मैले गोरखपुर मगाएर पठाएँ । गोरखपुरबाट त्यहाँ बस्ने साथीहरूले एक जना साथीका हात पठाएको भन्नुहुन्छ तर ती कहिल्यै पनि बुटवल पुगेनन् । त्यसैले रातो तरबारको दोस्रो अङ्क प्रकाशित गर्दा त्यो बेला हराएका मसालका सामग्री हामीले दिन सकेनौँ ।

    बनारसमा छँदा मैले एउटा सानो उपन्यास लेखेको थिए; जसको शीर्षक थियो : तारा । त्यो उपन्यासको हस्तलिपि मैले काठमाडौँमा सँगै ल्याएको थिएँ तर पछि त्यो उपन्यास भेटिएन । काठमाडौँमा ‘का. जलजला’ का टाइप गरेका सबै प्रति चोरी भएको थियो । कसले चोरी गर्‍यो ? थाहा हुन सकेन तर ती सामग्री कम्प्युटरमा भएको हुनाले सुरक्षित रह्यो । उपन्यासका ती प्रति कसले चोरी गर्‍यो र तिनीहरूलाई लगेर के गरियो ? मैले अहिलेसम्म पनि केही बुझ्न सकेको छैनँ ।

    मेरा पुस्तक हराएका माथिको विवरणबाहेक डेरा सर्दा वा यात्राको बेलामा कैयौँ पुस्तक, दस्तावेज वा रचनाहरू फुटकर रूपमा हराएका कैयौँ उदाहरण छन् । तिनीहरूको विवरण दिनु सम्भव छैन ।

    बुधबार, माघ २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.