काठमाडौँ, असौज ५ । छापा माध्यमका पत्रपत्रिकालाई दिइँदै आएको लोककल्याणकारी विज्ञापन कटौतीको विरोधमा नेपाल पत्रकार महासंघले आज विज्ञापन बोर्डको कार्यालयमा तालाबन्दी गर्दै धर्ना दिएको छ ।
Advertisement
सरकारको विज्ञापन नीतिविरुद्ध विभिन्न चरणमा आन्दोलन गर्दै आएको महासंघले आफ्ना मागप्रति सुनुवाइ नभएपछि बोर्डको प्रवेशद्वारमै तालाबन्दी गरेको जनाएको छ ।
महासंघले सरकार अझै मौन बसेर आन्दोलन दबाउने प्रयास गरे त्यसको सशक्त प्रतिरोध गर्दै आगामी दिनमा आन्दोलन थप चर्काउने चेतावनी दिएको छ।

