काठमाडौँ । लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालले आफ्नो सांगीतिक यात्रामा अर्को महत्वपूर्ण सफलता थपेका छन्। खनालले तेस्रो राष्ट्रिय ओप्सना फिल्म्स एन्ड म्युजिक अवार्ड–२०८३ अन्तर्गत ८८ ‘सर्वोत्कृष्ट भजन गायक’ ८८को उपाधि जित्न सफल भएका हुन्।
चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा सम्पन्न भव्य अवार्ड समारोहमा खनाललाई उक्त सम्मान तथा अवार्ड प्रदान गरिएको हो। भजन, लोकदोहोरी तथा तीज गीतमार्फत नेपाली मौलिक संगीतमा निरन्तर सक्रिय खनालले पछिल्लो समय भजन गायन र सिर्जनाका माध्यमबाट समेत दर्शक–श्रोतामाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
खनालको सांगीतिक यात्रामा ‘सुपा देउरालीकी माइ’ भजन विशेष चर्चामा रहँदै आएको छ। यही भजनले उनलाई यसअघि पनि महत्वपूर्ण उपलब्धि दिलाइसकेको छ । उनले ८८बक्स अफिस म्युजिक अवार्ड–२०८२ मा ‘सर्वोत्कृष्ट भजन गायक तथा सर्जक’ ८८को अवार्डसमेत प्राप्त गरिसकेका छन् ।
त्यसैगरी, खनालले काव्य म्युजिक अवार्डलगायत विभिन्न अवार्ड तथा सम्मान प्राप्त गरिसकेका छन्। विशाल राष्ट्रिय म्युजिक अवार्डको समारोहमा समेत उनी सम्मानित भइसकेका छन्। विभिन्न संघ–संस्था तथा संगीतसम्बद्ध संस्थाहरूबाट प्राप्त सम्मानले उनको सांगीतिक योगदान र सक्रियतालाई थप पहिचान दिएको छ ।
लोकदोहोरी, भजन र तीज गीतको सिर्जना तथा गायनमा निरन्तर सक्रिय खनालले आफ्नो संगीत यात्रालाई गायनमा मात्र सीमित नराखी सिर्जना, संगीत तथा मौलिक गीत–संगीतको प्रवद्र्धनमा समेत निरन्तर योगदान दिँदै आएका छन्।
एकपछि अर्को अवार्ड तथा सम्मान प्राप्त गर्दै अघि बढिरहेका खनालका लागि तेस्रो राष्ट्रिय ओप्सना फिल्म्स एन्ड म्युजिक अवार्ड–२०८३ को ‘सर्वोत्कृष्ट भजन गायक’ उपाधि सांगीतिक यात्राको अर्को महत्वपूर्ण कोशेढुंगा बनेको छ ।
यस उपलब्धिसँगै खनालले नेपाली मौलिक गीत–संगीतको क्षेत्रमा आफ्नो उपस्थिति थप सशक्त बनाएका छन् । भजनदेखि लोकदोहोरी र तीज गीतसम्म निरन्तर सिर्जनशील यात्रामा रहेका मोतिराज खनालको नाम पछिल्ला वर्षहरूमा अवार्ड र सम्मानसँगै नेपाली संगीत क्षेत्रमा थप चर्चामा आउँदै गएको छ।

