• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कुमाउको निषेधित क्षेत्रमा

"संक्षिप्त संस्मरण "

  •   बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##
    मेरो उपन्यास का. जलजलाको पहिलो भाग कुमाउसित नै सम्बन्धित छ । त्यसैले त्यसको शीर्षक राखिएको छ– “कुमाउकी छोरी’ । कुमाउकी छोरी भनेकी सुनन्दा नै हुन् । उनी उपन्यासमा सुरुदेखि अन्तसम्म नै देखिन्छिन् ।

    Advertisement

    सुनन्दालाई खोज्न मैले गढवाल र कुमाउका धेरै स्थानको भ्रमण गरेको थिएँ; जस्तै कि देहरादुन, टिहरी, कौशनी, रानीखेत, अल्मोडा, नैनिताल, जौहर, धार्चुला । यी ता मुख्य स्थान भए । त्योबाहेक गढवाल, कुमाउका अन्य गाउँको पनि मैले भ्रमण गरेको थिएँ ।

    तीमध्य धेरै स्थानमा म गढवाल, कुमाउमा घुम्न जाँदा प्रायश: दुर्गा मसित सँगै हुन्थिन् । उनी सँगै हुनाले त्यहाँका खास गरेर महिलाहरूसित कुराकानी गर्न र त्यहाँको जनजीवनलाई गहन प्रकारले बुझ्न मलाई धेरै मदत पुग्दथ्यो । मैले आफ्नो उपन्यासमा ती सबै पक्षबारे सकेसम्म चित्रण गर्ने गरेको छु ।

    अन्तमा मैले सुनन्दालाई दाँतुमा फेला पारेँ । निश्चय नै उपन्यासको पहिलो भागसित सम्बन्धित कुमाउसम्बन्धी सामग्री जुटाउनका लागि मैले नैनिताल, अल्मोडा, दिल्ली र इलाहाबादका कैयौँ पुस्तकालयमा गएर पनि अध्ययन गर्नुपरेको थियो । दाँतु नेपालको दार्चुलाको कालीनदीको पल्लापट्टि पर्ने धार्चुला जिल्लाको दार्मा प्रगन्नामा पञ्चकन्या हिमालयबाट निस्कने एउटा हिमनदीको किनारमा बसेको एउटा गाउँ हो ।

    दुर्गा र म कुमाउँका कैयौँ अग्ला घाँटीहरू पार गरेर जौहरमा पुग्यौँ । त्यो ठाउँ कुमाउको प्रसिद्ध लोककथा (राजुला बालु शाहीको अमर प्रेमकथा) का लागि जानिन्छ । त्यहाँबाट निस्कने एउटा नदीको तिरैतिर हुँदै हामी जौलजीवीमा पुग्यौँ । त्यो नेपाल र भारतको सीमा कालीनदीको तिरमा बसेको एउटा सहर हो र त्यहाँ प्रत्येक साल कात्तिक मसान्तदेखि मङ्सिरको पहिलो हप्तामाझ ठुलो मेला लाग्दछ । त्यो मेला करिब १५ दिनजति चल्दछ ।

    जौलजीवीमा पुगेपछि मैले दुर्गालाई त्यहाँको एउटा होटलमा राखिदिएँ । केही बेरमा फर्केर आउँछु भनेर म धार्चुलातिर लागेँ । धार्चुलाको सहर जौरजीवीबाट धेरै टाढा पर्दैनथ्यो । त्यो सहरबाट केही माथि गएपछि एउटा पहाडको काँखमा एउटा गाउँ बसेको छ । त्यो गाउँको नाउँ अहिले मलाई सम्झना भएन । त्यहाँ बाह्र/बाह्र वर्षको बिचमा एउटा मेला लाग्दछ । त्यसलाई केदालीको मेला भन्ने गरिन्छ । मैले आफ्नो उपन्यासमा त्यो मेलाबारे विस्तृत रूपले प्रकाश पारेको छु । त्यो मेला खास गरेर महिलाको मेला हो ।

    एउटा लोककथाअनुसार गाउँका सबै लोग्नेमान्छेहरू काममा अन्यत्र गएका बेलामा केही आक्रमणकारीले त्यो गाउँमा हमला गरे छन् । त्यो गाउँका महिलाले सामना गरेर उनीहरूलाई भगाएछन् । उनीहरू केदाली फूलका झाडीमा लुके छन् । महिलाहरूले ती झाडीलाई मासेर दुस्मनलाई गाउँबाट भगाएछन् ।

    त्यो केदाली फूल बाह्र/बाह्र वर्षमा फुल्ने गर्दछ । त्यसैले त्यो गाउँका महिलाले त्यो दिनको सम्झनामा बाह्र/बाह्र वर्षमा आफ्नो विजयको उत्सव मनाउने गर्दछन् ।
    मेरो धार्चुला जानुको पछाडिको उद्देश्य दातुगाउँ र केदाली मेलाको पनि जानकारी जुटाउनु थियो ।

    म त्यो सहर मात्र गएँ तर त्यहाँ जाने बेलामा मलाई यो थाह थिएन कि धार्चुला निषेधित क्षेत्र हो र विदेशीलाई त्यहाँ प्रवेश गर्ने अधिकार छैन तर त्यहाँ आउँदा मलाई चेकपोस्टमा कुनै सोधपुछ गरिएन र म सरासर नै त्यो ठाउँमा पुगेँ । त्यहाँ पुगेपछि नै मलाई त्यो निषेधित क्षेत्र हो भन्ने थाह भयो । मैले सोध्न थाले कि त्यहाँबाट फर्केर जौजीवी जाँदा मलाई पक्रने ता होइनन् ? तैपनि म त्यहाँ अनिश्चित समयसम्म बस्न सक्दैनथेँ र लुकेर जाने कुनै बाटो पनि थाह थिएन ।

    म अबेलासम्म नआएको देखेर जौलजीवीमा बसेकी दुर्गा आत्तिएकी रहिछन् र मलाई खोज्न धार्चुला सहरतिर नै हिँडिछन् ।

    त्यो बेला मोबाइलको कुनै चलन थिएन । हामीहरूसित आपसमा सम्पर्कका लागि अन्य कुनै माध्यम पनि थिएन । धार्चुला सहर ठुलो थियो । त्यो सहरमा म कहाँ हुन्थेँ र ? उनी कहाँ आइपुगेकी थिइन् ? त्यो निश्चित थिएन । म बस पक्रन बसअड्डातिर जाँदै थिएँ । त्यही बेला मैले दुर्गालाई बाटोमा हिँडिरहेको देखेँ । संयोगले अकस्मात हाम्रो भेट भयो । त्यो सुखद संयोग थियो । त्यसपछि हामीहरू बस चढेर जौलजीवीतर्फ फर्कियौँ ।

    बाटामा हामीलाई कसैले केही सोधपुछ गरेन । अहिले पनि त्यो कुरा सम्झेर सोच्दछु : धार्चुलामा त्यसरी हाम्रो भेट नभएको भए दुबै जनाका लागि त्यो कति अप्ठ्यारो कुरा हुन्थ्यो ?

    मेरो उपन्यासमा कुमाउबाट खोजेकी मुख्य पात्र सुनन्दा नै हुन् । उनी जलजलापछिकी उपन्यासकी दोस्रो मुख्य पात्र पनि हुन् । त्यो भागमा मैले मेरो उपन्यासमा अरू पनि कैयौँ पात्र लिएको छु; जस्तै कि चन्द्रसिंह गढवाली, का. गढवाली, सरला बहन, सुन्दरलाल बहुगुणा, विमला बहुगुणा, मालतीदेवी । ती पात्रहरूमध्ये कतिपय वास्तविक हुन् भने कतिपय काल्पनिक ।

    अन्य कतिपय पात्रहरू जस्तै मालतीदेवी वास्तविक पात्र हुन् । उनी साधारण गाउले महिला हुन् तर उनले तिलौराकोटको पर्यावरण आन्दोलनको नेतृत्व गरेकी थिइन् । दुर्गा र म उनलाई भेट्न तिलौराकोटको उनको घरमा नै गएका थियौँ । उनले भनेकी थिइन्– उनका पुर्खाहरू नेपालबाट नै आएका थिए तर नेपालको कुन ठाउँँबाट आएका थिए ? त्यो कुरा उनलाई थाह थिएन । उनले भनेकी थिइन्– बालाजुको सिद्धार्थ वनस्थलीमा आयोजित पर्यावरणसम्बन्धी कार्यक्रममा भाग लिन उनी नेपाल पनि आएकी थिइन् । क्रमश:

    छुट :
    (अघिल्लो अङ्कमा लेख्न छुटेको एउटा अंश तल दिँदै छु ।)
    २०१० सालमा प्युठानको रातामाटामा तीन महिनासम्म चलेको जनता शिक्षण शिविरमा हामीले २०० भन्दा बढी फोटा खिचेका थियौँ । ती फोटाका नेगेटिभ पाल्पा गएर धुलाएर हामीहरू जनकपुरको अखिल नेपाल किसान सङ्घको सम्मेलनमा भाग लिन गएका थियौँ । त्यहाँबाट कृष्णनगरको बाटो फर्केपछि हामीहरू बहादुरगञ्ज हुँदै प्युठानतिर लागेका थियौँ । त्यो बेला पोको पारेर झोलामा राखेको नेगेटिभसहित सबै फोटा सुराइखोलाको तिरमा खतै खसेछन् ।

    पछि खोज्न जाँदा तिनीहरूमध्ये ती नेगेटिभ र फोटा फेला परेनन् । सायद बाटोमा हिँड्ने मान्छेले ती फोटा फेला पारेर लगिसके होलान् । पछि हामीले ती फोटामध्ये दुईटा फोटा मात्र हाम्रा झोलामा बचेका थिए । ती दुईटामध्य एउटा मच्छीको फाँटमा बन्दुकले घेरेर नारिकोटका साहुमुखियालाई घेरा हालेर लगेको दृश्यको फोटो थियो । त्यो फोटो पनि पछि हरायो । अर्को कमलराज रेग्मी, जगत्बहादुर जोशी, बुबा खिमविक्रम र हेमराज पण्डितसमेतको फोटो थियो । त्यो एउटा फोटो मात्र अहिले पनि सुरक्षित छ ।
    २०७९ माघ २९ गते
    खलङ्गा, प्युठान

     

    बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    जेनजीले दिएको अविस्मरणीय घाउ : रेट्रोफिट हुन नसक्ने भएपछि सङ्ग्रहालय बनाइँदै
    मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
    सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमा : श्रेष्ठ
    मल किन्न भारत गएका दुई नेपाली २२ दिनदेखि भारतीय जेलमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.