काठमाडौँ । राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मिराज नेपाली त्रिवि टिचिङ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
निमोनिया र श्वासप्रश्वासको समस्याले २०८३ कात्तिक १८ गते टिचिङ अस्पतालमा भर्ना हुनुभएका नेपाली कात्तिक २० गते डिस्चार्ज हुनुभएको हो ।
कावा अध्यक्षलाई नेपाली केही दिन अघिदेखि ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि कात्तिक १७ गते उहाँ टिचिङ अस्पताल पुग्नुभएको थियो । डक्टरहरूले उहाँलाई इमजेन्सीमा राखेर उपचार गरेका थिए ।
त्यतिखेर निमोनियाको समस्या देखिएको तथा अक्सिजनको लेभल कम रहेको अस्पतालले बताएको उहाँले बताउनुभयो ।
कात्तिक २० गतेसम्म अस्पतालमै भर्ना गरेर उपचार गर्दै गर्दा उहाँको ज्वरो नियन्त्रणमा आएको थियो तर श्वासप्रश्वासको समस्या भनै पूर्ण रूपमा अझै निको भएको छैन ।
‘अस्पतालमा भर्ना भएपछि मेरो ज्वरो त पूरै निको भएको छ अहिलेसम्म’ उहाँले युगदर्शनसित भन्नुभयो– ‘तर खाँसीको समस्या अझै छ ।’
डक्टरले अक्सिजन लेभल कम भए खासी आउन सक्छ भनेको स्मरण गर्दै उहाँले कात्तिक २७ गते पुन: अस्पतालमा फलोअपमा जाने योजना रहेको बताउनुभयो ।
अध्यक्ष नेपाली अहिले कीर्तिपुरस्थित छोरीको घरमा स्वास्थ्यलाभ लिइरहनु भएको छ ।





