• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मूल प्रवाहका गौरवमय ४७ वर्ष

बैङ्गलोरमा मूल प्रवाहको अठचालिसौँ स्थापना दिवस

राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

प्रगतिशील देउसीभैलो सुरु, अघाँर्खाचीमा मङ्सिर ४ गतेसम्म

सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदित

युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ

मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

कविता : 48 ओैं बर्ष लाई शुभकामना

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता

लोकप्रिय समाचार

  • १. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • २. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ३. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ४. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ५. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ६. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ७. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ८. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • ९. युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

  • १०. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

मूल प्रवाहका गौरवमय ४७ वर्ष


  •   शनिबार, कार्तिक २१, २०८३ मा प्रकाशित
  • आनन्दराज शर्मा ##

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापना भएको आज ४७ वर्ष पूरा भई ४८ वर्ष सुरु भएको छ । ४७ वर्षअगाडि मूल प्रवाहको स्थापना हुने समयमा नेपालमा निरङ्कुश पञ्चायती व्यवस्था कायम थियो । निरङ्कुश राजतन्त्रात्मक पञ्चायती व्यवस्थाका कारण नेपालको अवस्था धेरै नै जर्जर बनेको थियो । जनता एकआपसमा भेला हुने, सभासम्मेलन गर्ने, सङ्गठित हुने आदि कुनै पनि स्वतन्त्रता थिएन ।

    देशको आर्थिक अवस्था पनि धेरै नै खराब अवस्थामा थियो । केही सीमित सहरी इलाकाबाहेक धेरैजसो जिल्ला सडक सञ्जालबाट टाढा थिए । देशको यस प्रकारको खराब राजनैतिक, आर्थिक र शैक्षिक अवस्थाका कारण ठुलो सङ्ख्यामा नेपाली युवाहरू रोजगारी र अध्ययनका लागि समेत भारतमा जाने प्रचलनजस्तै थियो । त्यो समयमा खाडी मुलुक, युरोप, अमेरिकालगायतका तेस्रो मुलुकमा जाने क्रम खासै सुरु भइसकेको थिएन । केही छिटफुट रूपमा अध्ययनको लागि तेस्रो मुलुक गए पनि रोजगार र शिक्षाका लागि जाने मुख्य गन्तव्य भारत नै हुने गर्दथ्यो । त्यसैले पचासौँ लाख नेपाली भारत पुगेका थिए ।

    यसरी भारत पुगेका नेपालीका बिचमा अखिल भारतस्तरको कुनै व्यवस्थित सङ्गठन थिएन । स्थानीयस्तरका केही धार्मिक र इलाकीय सङ्गठन मात्र थिए । त्यस्ता सङ्गठन कुनै निश्चित सिद्धान्त र सङ्गठनात्मक पद्धतिद्वारा निर्देशित पनि थिएनन् । रोजगारको सिलसिलामा भारत गएका नेपालीका बिचमा कैयन् प्रकारका विकृति थिए । व्यापक रूपमा जाँडरक्सी सेवन, ठगी, चोरी र छाडा व्यवहारजस्ता विकृतिका कारण भारतस्थित नेपाली पीडित थिए ।

    सोही परिस्थितिमा नेकपा (मसाल) का महामन्त्री पार्टीको आन्तरिक अवस्थाका कारण भारत गएर बस्नुपर्ने भयो । कमरेड मोहनविक्रम सिंह दक्षिण भारत जानुभएको थियो । उहाँले त्यहाँका नेपालीको घनत्व र अवस्था देखेपछि भारतस्थित नेपालीका बिचमा व्यवस्थित सङ्गठन निर्माणको आवश्यकता देख्नुभयो । भारतमा नेपालीको सङ्गठन निर्माण गर्नुपर्ने प्रस्ताव चौथो महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा राख्नुभयो तर पार्टीमा निर्मल लामासमेतका कतिपय कमरेडले भारतमा सङ्गठन खोल्ने कुराको विरोध गर्नुभएको थियो । त्यसका बाबजुद नोभेम्बर ७, १९७९ मा दिन मूलप ्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापना भएको थियो । त्यसका लागि कमरेड मोहनविक्रम सिंहले बेग्लाबेग्लै व्यक्तिसँग भेटघाट गर्ने र आवश्यक पहलकदमी र संयोजन गर्नुभएको थियो । यसरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज स्थापना हुनुमा कमरेड मोहनविक्रम सिंहको मुख्य भूमिका रहेको छ ।

    स्थापनाकालमा सो सङ्गठनको नाम अखिल भारत नेपाली एकता समाज थियो । माओवादी द्वन्द्वको समयमा माओवादीसम्बद्ध सङ्गठनको नाम पनि अखिल भारत नेपाली एकता समाज नै भएको र सो सङ्गठनलाई भारतीय सरकारले प्रतिबन्धित सङ्गठनको सूचीमा राखेको कारण सामाजिक र सङ्गठनात्मक कार्यमा बाधा पुगेको अवस्था थियो । त्यसकारण सङ्गठनको नाम परिवर्तन गरेर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बनाउने काम भएको थियो । यसरी समाजले आफ्नो स्थापना कालदेखि नै भारतस्थित नेपालीका बिचमा अभिभावकीय सङ्गठनको भूमिका निर्वाह गर्दै आएको छ ।

    सामाजिक भूमिका

    भारतस्थित नेपालीका बिचमा मूल प्रवाहले कैयन् महत्त्वपूर्ण सामाजिक कार्य गर्दै आएको छ । भारतमा पुगेर सहाराविहीन बन्न पुगेका नेपालीलाई सहारा दिने र आवश्यकताअनुसार नेपाल फर्किने व्यवस्थासमेत मिलाएका कैयन् उदाहरण छन् । गम्भीर बिमारी भई आर्थिक अवस्थाका कारण उपचार गराउन नसक्नेका लागि सामूहिक रूपमा आर्थिक सङ्कलन गरेर उपचारमा सहयोग गर्ने गरेको छ । रोजगारीमा समस्या भएका वा मालिकद्वारा ठगी गर्ने, कुटपिट गर्नेजस्ता कार्यमा सम्बन्धित कारखाना मालिकलाई भेटेर वा प्रशासनिक सहयोगसमेत लिएर सहयोग गर्ने गरेको छ । नेपालीनेपालीबिचमा झैझगडा विवाददेखि भारतीय मालिक र कतिपय अवस्थामा प्रशासनको ज्यादतीका विरुद्ध समेत आवश्यकताअनुसार सङ्घर्ष गर्ने र दबाब दिने कार्य गर्दै आएको छ ।

    एवम् प्रकारले सुनौली, कृष्णनगरलगायतका सीमानाकामा भारतीय प्रशासनको ज्यादतीका विरुद्ध जुलुस प्रदर्शन, सम्बन्धित मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेजस्ता क्रियाकलापको माध्यमबाट दबाब दिने कार्य गर्दै आएको छ । भारतीय भूमिमा नेपालीको हत्याहिंसा, नेपालीको विरुद्ध हुने सबै प्रकारका ज्यादतीका विरुद्ध सम्बन्धित पक्ष, भारतीय प्रशासनसँग आवश्यक वार्ता, छलफल र आवश्यकताअनुसार सङ्घर्ष गर्दै आएको छ । नेपालबाट भारत लगेर मुम्बई, पुणेलगायतका सहरमा बेचिएका चेलीको उद्धार गर्ने कार्य पनि मूल प्रवाहको नेतृत्वमा भएको छ । स्थापनाकालदेखि हालसम्म हजारौँ यस्ता बेचिएका चेलीको उद्धार गरी स्वदेश फिर्ता गर्ने कार्य मूल प्रवाहले गरेको छ ।

    त्यस्तै तिज, तिहारजस्ता नेपाली सांस्कृतिक पर्वलाई प्रगतिशील तिज, देउसीभैलो कार्यक्रमको माध्यबाट मनाएर एकातर्फ मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्ने र अर्कोतर्फ प्रगतिशील चेतना र सन्देश दिने काम गर्दै आएको छ । भारतका कैयन् ठाउँमा त्यहाँको प्रशासनले पनि नेपालीसँग जोडिएका कैयन् मुद्दामा मूल प्रवाहलाई सम्पर्क गर्ने, आवश्यक रायसुझाव लिने कार्य गर्ने गरेको छ । भारतमा रहेका नेपाली कङ्ग्रेस, नेकपा (एमाले) लगायतका अन्य विभिन्न दलसँग सम्बद्ध सङ्गठनले समेत जटिल प्रकारका मुद्दा आएपछि मूल प्रवाहलाई सम्पर्क गर्नू भन्ने गरेका उदाहरण छन् ।

    राजनैतिक कार्य

    मूल प्रवाह एउटा सामाजिक सङ्गठन भएता पनि सचेत र जिम्मेवार सङ्गठन हो । देशको राजनैतिक परिस्थितिले भारतस्थित नेपालीको अवस्थामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले राजनैतिक विषयलाई लिएर पनि मूल प्रवाहले कैयन् महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

    स्थापनाकालदेखि नै नेपालमा विद्यमान पञ्चायती व्यवस्थाका विरुद्ध यसले सङ्घर्ष गर्दै आएको थियो । मूल प्रवाहले पञ्चायती व्यवस्थाका विरुद्ध दुई प्रकारले काम गरेको थियो :

    प्रथम– निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध भारतस्थित नेपालीलाई सचेत र सङ्गठित गर्नुका साथै भारतमा कैयन सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने गरेको थियो । मे १२, १९८६ मा नेपालको पञ्चायती चुनावको बहिष्कारका लागि दिल्लीमा गरिएको विशाल जनप्रदर्शन यसको एउटा उदाहरण हो । सो कार्यक्रममा भारतीय प्रशासनले दमन गरेको थियो । त्यस दौरानमा ९५ जना गिरफ्तार भएका थिए भने कैयौँ घाइते घएका थिए ।

    द्वितीय– नेपालमा चलेका सङ्घर्षमा आर्थिक, भौतिक र नैतिक समर्थन गर्ने गरेको थियो । यसरी २०४६/४७ सालको जनआन्दोलनमा मूल प्रवाहले महत्त्वपूर्ण भूमिका खेलेको थियो । त्यसयता २०६२/६३ सालको ज्ञानेन्द्र सरकारको प्रतिगमन विरुद्धको जनआन्दोलनमा समेत सक्रिय भूमिका खेलेको थियो । सङ्घीयताका विरुद्ध नेपालमा सञ्चालन भएका सङ्घर्ष र नेपालमा चल्ने सबै प्रकारका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आन्दोलनमा मूल प्रवाहको सकृय भूमिका रहँदै आएको छ ।

    वर्तमान देशको राजनैतिक परिस्थितिप्रति पनि मूल प्रवाह सचेत रहेको छ । २०८२ भदौ २३–२४ को घटनापछि देशको परिस्थिति झनै बिग्रिँदै गएको छ । वर्तमान बालेन सरकार एकातिर विदेशी साम्राज्यवादी, विशेष गरी अमेरिकी साम्राज्यवादको कठपुतलीको रूपमा काम गरिरहेको छ भने अर्कोतर्फ फासिवादी दिशामा अगाडि बढिरहेको छ । अर्थमन्त्रीको ‘राष्ट्रियता पक्षधर आन्दोलनको युग सकिएको’ भन्दै भारतीय साम्राज्यादको गुणगान गाउनु, प्याक्स सिलिकनमा सामेल भएर मुस्ताङको युरेनियमको जिम्मा अमेरिकन र अस्ट्रेलियाली कम्पनीलाई जिम्मेवारी दिनु, प्रधानमन्त्रीको भारतको भूमि नेपालले हड्पेको छ भन्ने अभिव्यक्तिले वर्तमान सरकार राष्ट्रियताका लागि कति घातक छ भन्ने बुझन सकिन्छ ।

    स्वतन्त्र विद्यार्थी युनियनको खारेजी, ट्रेड युनियनमाथि रोक लगाउने, सुकुम्बासीमाथि दमन गर्ने, सरकारको आलोचना वा समाचार लेखेकै आधारमा समाचार कक्षमा नै प्रहरी प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य यो सरकारले गरेको छ । यस्ता दमनकारी कार्यका कारण बालेन्द्र सरकार फासिवादी दिशामा अगाडि बढेको बुझ्न गाह्रो पर्दैन । सरकारको यस प्रकारका राष्ट्रघाती र जनविरोधी नीतिका विरुद्ध मूल प्रवाहले सङ्घर्ष गर्दै आएको छ । आगामी दिनमा यस प्रकारको सङ्घर्षलाई अरू अगाडि बढाउनु पर्ने आवश्यकता छ ।

    साङ्गठिनक भूमिका

    देशभित्रको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा समेत मूल प्रवाहको साङ्गठनिक रूपमा महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । मूल प्रवाहको सङ्गठन विस्तार र विकासका लागि सुरुवाती चरणमा दर्जनौँ नेताकार्यकर्ता नेपालबाट भारतमा जानुभएको थियो । निरन्तर सांस्कृतिक टोली नेपालबाट भारत जाने गरेका थिए तर पछिल्लो समयमा मूल प्रवाहमा तयार भएर खारिएका नेताकार्यकर्ता देशभित्र आएर नेकपा (मसाल), राष्ट्रिय जनमोर्चाका महत्त्वपूर्ण जिम्मेवारीमा काम गरिरहनु भएको छ । पार्टी छाडेर अन्य पार्टीमा सामेल भएका कतिपय साथीहरू नेकपा र नेकपा एमालेको जिम्मेवार तहमा समेत काम गरिरहनु भएको छ । नेपालको वाम आन्दोलनमा समेत साङ्गठनिक रूपमा महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । खाडी मुलुक, मलेसिया, जापान र युरोपमा एकता समाजको स्थापनामा समेत मूल प्रवाहबाट उत्पादन भएको नेता तथा कार्यकर्ताको महत्त्वपूर्ण भूमिका रहेको छ । ती देशमा प्राय:जसो मूल प्रवाहबाट तयार हुनुभएका साथीहरू नै हुनुहुन्छ ।
    राष्ट्रिय बिपद्मा महत्त्वपूर्ण सहयोग

    देशमा भएका ठुलाठुला प्राकृतिक बिपदमा समेत मूल प्रवाहले पीडित जनतालाई महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको छ । २०७२ सालको भूकम्प, २०८३ सालमा हालै आएको भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकीमा आएको बाढीको वितण्डता र त्यसबाट मृत्यु भएका र घरबारविहीन बन्न पुगेका सर्वसाधारण जनताका लागि अभियानकै रूपमा राहत सङ्कलन गरी सहयोग पुर्‍याउने कार्यमा अग्रणी भूमिका रहेको छ । विगतमा आसामबाट खेदिएका नेपालीलाई सहयोग र नेपालमा पुनर्वासका लागि समेत मूल प्रवाहले महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

    यस प्रकारको गौरवपूर्ण इतिहास बोकेको मूलप्रवाहको स्थापना भएको आज सतचालिसौँ वर्ष पूरा भई अठचालिसौँ वर्षमा प्रवेश गरेको छ । आगामी दिनमा पनि मूल प्रवाहको काँधमा महत्त्वपूर्ण जिम्मेवारी रहेका छन् । सही सिद्धान्त र दर्शनबाट निर्देशित हुनु र सङ्गठनभित्रको चुस्त अनुशासनका कारण मूल प्रवाहले यति धेरै महत्त्वपूर्ण भूमिका खेल्नु सम्भव भएको हो । हाल मूल प्रवाहको नेतृत्वमा प्रेम पौडेल, ठाकुर खनाल, कपिल खनाल, त्रिभुवन भट्टराईलगायतका साथीहरू हुनुहुन्छ । इतिहास निर्माण गर्नु र त्यसलाई जोगाइराख्ने कार्य चुनौतीपूर्ण हुन्छ । सो कार्यमा मूल प्रवाहका सम्पूर्ण साथीहरू खरो उत्रनुहुनेछ भन्ने विश्वास लिएका छौँ ।

    अठचालिसौँ स्थापना दिवसको अवसरमा मूल प्रवाहलाई हार्दिक बर्धाइ एवम् गौरवपूर्ण इतिहासलाई अगाडि बढाउँदै आगामी दिनका चुनौतीको सामना गर्न मूल प्रवाहको वर्तमान नेतृत्व र सबैस्तरका सङ्गठन तथा सदस्य सफल हुनुहुनेछ भन्ने शुभकामना व्यक्त गर्दछु ।

    अन्तमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आसन्न नवौँ अखिल भारत सम्मेलनले त्यस दिशामा महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वाससहित त्यसको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।

    २०८३ कात्तिक २१ गते

    शनिबार, कार्तिक २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैङ्गलोरमा मूल प्रवाहको अठचालिसौँ स्थापना दिवस
    राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज
    प्रगतिशील देउसीभैलो सुरु, अघाँर्खाचीमा मङ्सिर ४ गतेसम्म
    सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदित
    ‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज
    नयाँदिल्लीमा वायु प्रदूषण बढ्दा नियन्त्रणका कडा उपाय लागु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • २.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ३.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ५.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    • ६.
      भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

    भर्खरै

    • १.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • २.
      बैङ्गलोरमा मूल प्रवाहको अठचालिसौँ स्थापना दिवस

    • ३.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ४.
      प्रगतिशील देउसीभैलो सुरु, अघाँर्खाचीमा मङ्सिर ४ गतेसम्म

    • ५.
      सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदित

    • ६.
      युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ

    • ७.
      मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

    • ८.
      कविता : 48 ओैं बर्ष लाई शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.