काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित बालुवाखानी र आकासेधारामा रहेको ‘नागरिक मार्ट’ ले नाफाको ५० प्रतिशत उपभोक्ताकै खातामा जम्मा गरिदिने योजनालाई निरन्तरता दिएको छ ।
नागरिक बहुउद्देश्यीय सहकारीमार्फत सञ्चालनमा रहेको सो मार्टले त्यहाँ सामान किन्दा खुद नाफाबाट ५० प्रतिशत उपभोक्ताकै नाममा जम्मा गर्ने गरेको छ ।
सोही योजनालाई यसवर्ष पनि रिन्तरता दिइएको सहकारीका अध्यक्ष विष्णुचन्द्र अधिकारीले जानकारी दिनुभयो । मार्टले बिना कुनै लगानी उपभोक्तालाई सहकारीको मालिक बनाउने अधिकारीले बताउनुभयो ।

‘समृद्ध नागरिक अभियान’ नारा राखेर सञ्चालनमा आएको सो मार्टमा दैनिक उपभोग्य वस्तु दाल, चामल, तरकारी, कस्मेटिक्सलगायत उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण सामान एकै थलोमा पाइन्छ ।
केही वर्षदेखि आकाशेधारामा सेवा दिइरहेको मार्टले एक वर्षअघि बालुवाखानी शाखा स्थापना गरेको थियो ।
‘नागरिक मार्ट’ मा सामान किन्दा ५० प्रतिशत नाफा उपभोक्ताकै
