काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित आकासेधारामा रहेको ‘नागरिक मार्ट’ ले उपभोक्ताका लागि विशेष अफर ल्याएको छ । मार्टमा सामान किन्दा खुद नाफाबाट ५० प्रतिशत उपभोक्ताकै नाममा जम्मा गरिने मार्टले जनाएको छ ।
नागरिक बहुउद्देश्यीय सहकारीमार्फत सञ्चालनमा रहेको सो मार्टले बिना कुनै लगानी उपभोक्तालाई सहकारीको मालिक बनाउने लक्ष्य राखेको सहकारीका अध्यक्ष विष्णुचन्द्र अधिकारीले बताउनुभयो ।

‘समृद्ध नागरिक अभियान’ नारा राखेर सञ्चालनमा आएको सो मार्टमा दैनिक उपभोग्य वस्तु दाल, चामल, तरकारी, कस्मेटिक्सलगायत उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण सामान एकै थलोमा पाइने अधिकारीले जानकारी दिनुभयो ।
सो मार्टको अर्को शाखा बूढानीलकण्ठ नगरपालिकाकै बालुवाखानीमा खुल्न लागेको सञ्चालकले जनाएका छन् । साथै मार्टले नागरिक बहुउद्देश्यीय सहकारी संस्थाका सेयर सदस्यलाई निकट भविष्यमै स्वास्थ्य सेवा दिने पनि जनाइएको छ ।