• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अर्घाखाँचीका ६ वटै पालिकामा राजमोको भेला


  •   बुधबार, माघ ०७, २०७७ मा प्रकाशित
  • अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संसद पुनर्स्थापना, राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा तथा संघीयताको खारेजीका लागि संघर्ष अघि बढाउन जिल्लाका ६ वटै पालिकामा भेला गरेको छ ।

    Advertisement

    अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरव रेग्मी, राजमो नेता शेरबहादुर विसी र केन्द्रीय सदस्य झविलाल थापासहित जिल्ला नेताहरुको नेतृत्वमा अर्घाखाँचीका ६ वटै पालिकामा अगुवा कार्यकर्ता भेला गरि माघ महिनाभर संसद पुनर्स्थापनाको पक्षमा संघर्ष चलाउने निर्णय भएको राजमो जिल्ला अध्यक्ष थम्मन केसीले जानकारी दिनुभएको छ ।

    आज भूमिकास्थानको पोखेडाँडामा सम्पन्न भेलालाई किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, राजमो केन्द्रीय सदस्य झविलाल थापा, जिल्ला सचिव बाबुराम पन्थी लगायतले सम्बोधन गर्दै सरकारको संसद विघटनको कदम नेपाली जनतालाई स्वीकार्य नहुने बताउनुभएको थियो ।

    नगर अध्यक्ष टेकबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष कविराम खनालको स्वागत मन्तव्य र हिमलाल बन्जाडेको सञ्चालनमा सम्पन्न भेलाले भोलिदेखि माघ १७ गतेसम्म १० वटै वडामा पार्टीको अभियान संचालन गर्ने निर्णय गरेको छ । कार्यक्रममा राजमोबाट निर्वाचित वडाध्यक्षहरु, अनेमसंघका महासचिव सकुन्तला राना, जनजाती सममेलन महासचिव उषा पुन, अखिल (छैठौं)का केन्द्रीय सचिव गोपाल प्रसाद भट्टराई, प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष जितेन्द्र खत्री लगायतको अतिथ्यता रहेको थियो ।

    उता नगर अध्यक्ष गोविन्द थापाको अध्यक्षता, नेत्र वेल्वासेको स्वागत मन्तव्य र बिष्णु आचार्यको संचालनमा सम्पन्न शितगंगा नगर भेलाले भोलिदेखि माघ २६ गतेसम्म शितगंगाका १४ वटै वडामा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । भेलामा राजमो नेता शेरबहादुर विसी, जिल्ला उपाध्यक्ष गोपाल पौडेल र जोगबहादुर सारुले मन्तव्य राख्दै राष्ट्र र राष्ट्रियताको पक्षमा यो दल उ दल नभनी संघष गर्न आम जनतालाई आग्रह गर्नुभएको छ ।

    यता नगर अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता, राजेन्द्र नेपालीको स्वागत मन्तब्य र रुद्र पराजुलीको सन्चालनमा सम्पन्न सन्धिखर्क नगरस्तरीय भेलालाई सम्बोधन गर्दै राजमो जिल्ला अध्यक्ष थम्मन केसीले संसद विघटन भएसँगै नेपालमा विदेशी शक्ति केन्द्रहरुको चलखेख बढेको भन्दै चनाखो हुन आम जनतालाई अपिल गर्नुभएको छ ।

    अहिलेको अवस्थामा संसद विघटन देश र जनताको हित विपरित रहेको उल्लेख गर्दै अध्यक्ष केसीले पछिल्लो राजनीतिक घट्नाक्रम विदेशी शक्ति केन्द्रहरुको इसारामा भएको दावी गर्नुभयो । कार्यक्रममा राजमो नेताहरु यमलाल पोख्रेल, मिना बिसी, जिबनारायण खनाल, कृष्ण खनाल, साजन वली, तुल्सी गैरे, दिलदार हुसेन, पुनबहादुर नेपाली, प्रकाश चुदाँली लगायतले मन्तब्य राख्नु भएको थियो ।

    त्यस्तै पिताम्बर घिमिरेको अध्यक्षता, सावित्रा घिमिरेको स्वागत मन्तव्य र निमिराज भट्टराईको संचालनमा सम्पन्न पाणिनी गाउँपालिकाको भेलामा राजमो नेता गोविन्द विसी र देवी प्रसाद भुसालले सहजीकरण गर्दै मुलुकमा संघीयता आएपछि आर्थिक संकट चुलिदै गएको, भ्रष्टाचार मैलाएकोले संघीयता देशमा असफल सिद्ध भएको बताउनुभएको छ ।

    उता छत्रदेव र मालारानीमा पनि आजै भेलाहरु सम्पन्न भएका छन् । नेत्र गैरेको अध्यक्षता, कृष्ण भुसालको स्वागत मन्तव्य र गोकर्ण कुमालको संचालनमा सम्पन्न छत्रदेवको भेलामा नेकपा (मसाल)का जिल्ला प्रवक्ता पशुपति ढकालले प्रशिक्षणमुलक मन्तव्य राख्दै ओलीले पार्टीभित्रको झगडा मिलाउन नसकेर संविधानमाथि कु गर्नु जनतामाथिको धोका भएको बताउनुभएको छ ।

    यस्तै वीरबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न मालारानीको भेलामा राजमो नेता नरेन्द्र थापाले सहजीरकण गर्नुभएको छ ।

    माघ १५ गते युवक संघको मोटरसाइकल -याली र ३० गतेको बृहत बिरोध सभालाई सहयोग पुगोस् भनेर ६ वटै पालिकामा भेला गरिएको राजमो अर्घाखाँचीले जनाएको छ ।

    यो पनि : अर्घाखाँचीमा राजमोको विरोध सभालाई चित्रबहादुर केसीले सम्बोधन गर्नुहुने

    बुधबार, माघ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.