• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

गोरखपुरदेखि भक्तपुर हुँदै आफ्नै भवनमा पार्टी स्कुल सञ्चालन हुनु ठूलो उपलब्धि हो -अन्तर्वार्ता


  •   सोमबार, साउन २१, २०८१ मा प्रकाशित
  • दुर्गानाथ खरेल, प्रशिक्षक, राष्ट्रिय जनमोर्चा पार्टी स्कुल

    Advertisement

    राष्ट्रिय जनमोर्चाले आफ्ना पार्टी कार्यकर्ताहरूका लागि विभिन्न विषयमा सैद्धान्तिक, व्यवहारिक ज्ञान प्रदान गर्न प्रशिक्षण स्कुल सञ्चालन गरिरहेको छ । २०६५ सालमा भक्तपुरमा एउटा घर भाडामा लिएर सुरु भएको पार्टी स्कुल हाल कपनस्थित पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवनमा सञ्चालित छ ।

    यतिबेला राजमोको पार्टी स्कुलमा २० औँ सेसनका कक्षाहरू सञ्चालन भइरहेका छन् । पार्टी स्कुलमा देशका विभिन्न जिल्ला तथा प्रवासबाट समेतगरी ५० जनाजति प्रशिक्षार्थीहरू सहभागी छन् । पार्टी कार्यालयमै आवासीय सुविधासहित सञ्चालन भइरहेको हालको १५ दिने प्रशिक्षणसम्म आइपुग्दा पार्टीले स्कुल सञ्चालनका लागि धेरै संघर्ष गर्नुपरेको बताउनुहुन्छ प्रशिक्षक दुर्गानाथ खरेल ।

    अखिल नेपाल बुद्धिजीवि संघका केन्द्रीय सचिवालय सदस्य खरेल २०५० सालदेखि नै पार्टीको प्रशिक्षकका रुपमा सक्रिय हुनुहुन्छ । पार्टीले प्रशिक्षण सञ्चालनका लागि २०५० सालअघिदेखि नै गरेको प्रयास गरेको बताउने खरेलले त्यसअघि र पछि पनि लगातार पार्टी स्कुलकालागि योगदान दिईरहनुभएको छ ।

    राष्ट्रिय जनमोर्चाले कुन सन्दर्भमा पार्टी स्कुल सञ्चालन गरेको हो, पार्टी स्कुलमा के कस्ता विषय सिकाइन्छ, त्यसको व्यवस्थापन कसरी गरिन्छ, यसले पार्टीलाई के कस्ता उपलब्धि हासिल भएको छ, लगायतका विषयमा हामीले प्रशिक्षक खरेलसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, राष्ट्रिय जनमोर्चा पार्टी स्कुलका प्रशिक्षक दुर्गानाथ खरेलसँग गरिएको कुराकानीको सम्पादित अंश ।

    पार्टी स्कुलको अवधारणा कसरी सुरु भएको हो ?
    नेकपा (मसाल) ले पञ्चायतकालदेखि नै पार्टीका कार्यकर्ताहरूलाई विभिन्न सन्दर्भमा प्रशिक्षण गर्दै आएको थियो । २०४६ सालअघि नेपालमा पञ्चायती व्यवस्था भएको हुनाले भूमिगत पार्टीले प्रशिक्षण स्कुल चलाउन सम्भव थिएन ।

    २०४६ सालको आन्दोलनपछि कार्यकर्ताहरूलाई राजनीतिक रुपले प्रशिक्षित गर्नका लागि पार्टी स्कुल सञ्चालन गर्नुपर्छ भनेर पार्टीले अवधारणा बनायो ।

    २०५० सालमा गोरखपुरमा पार्टी स्कुल सञ्चालन गर्ने भनेर निर्णय भयो । स्कुल सञ्चालन गर्न प्रशिक्षार्थी पनि चाहियो र प्रशिक्षक पनि चाहियो । त्यसकारण हामी दुईजना(हिमलाल पुरी र दुर्गानाथ खरेल) लाई प्रशिक्षकका रुपमा पार्टीले अभ्यास गरायो । त्यसैअनुसार निर्णय गरेर पार्टी स्कुल सञ्चालन भएको हो ।

    सुरुमा पार्टी स्कुल पार्टीकै सदस्यहरूले आफ्नो खर्च बोकेर प्रशिक्षकहरूलाई समेत आफ्नो भान्छामा सामेल गरेर सञ्चालन भयो । १५दिनसम्म प्रशिक्षण लिएपछि देशभित्र फर्केर काम गर्नेगरी पार्टीले योजना बनाएको थियो । पहिलो पार्टी स्कुल करिब १८ महिनासम्म चल्यो ।

    प्रशिक्षार्थीहरु प्रशिक्षण लिएर एकथरी आउँछन्, फेरि केही महिना विश्राम गरेर र व्यवस्थापन गरेर अर्को थरीलाई बोलाउने गरिन्थ्यो । पार्टीका सदस्यहरू, युवक संघका सदस्यहरू, विद्यार्थी, महिला संघजस्ता जनवर्गीय संगठनका अलग–अलग टिम बनाएर प्रशिक्षण चलाइन्थ्यो ।

    १५ दिनसम्म आफ्नो खर्च लगेर बस्ने, खाने र प्रशिक्षणमा सामेल हुने गर्दथे । भारतको गोरखपुरमा यसरी पार्टी स्कुल खोलेपछि ३/४ वर्षसम्म त्यो चल्यो ।

    गोरखपुरको स्कुललाई निरन्तरता दिन किन सकिएन?
    आफ्नै खर्च बोकेर १५ दिनसम्म पार्टी स्कुलमा बस्ने गर्दा पछि स्कुलमा साथीहरूको संख्या कम हुँदै गयो । त्यसपछि पार्टीले अब यसरी हुँदैन, हाम्रो संगठनको बाहुल्यता जहाँ–जहाँ छ, त्यहीँ गएर देशभित्रै प्रशिक्षण चलाउने भन्ने निर्णय गर्यो । त्यसपछि हामी फेरि देशभित्रै बागलुङ, प्युठान, अर्घाखाँची, दाङ लगायतका जिल्लाहरूमा र भारतमा घुम्ति शिविरका रुपमा प्रशिक्षण सञ्चालन गर्यौँ ।

    एकठाउँमा त्यो क्षेत्रका प्रशिक्षार्थी जम्मा गर्ने, ५, १०, १५, २० कतिजना हुन्छन्, त्यहाँ २ दिन, ३ दिन ५ दिन प्रशिक्षण गर्ने, फेरि अर्को ठाउँमा जम्मा गर्ने, प्रशिक्षण गर्ने, फेरि अर्को ठाउँमा जाने गर्न थाल्यौँ । यसरी जिल्लामा जिल्लाभरी र भारतब्यापी रुपमा पनि संगठन भएका ठाउँमा घुम्ती शिविरका रुपमा प्रशिक्षण सञ्चालन गर्न लागेका हौँ । यसरी प्रशिक्षण चलाएपनि निरन्तरता दिन भने सकिएन ।

    घुम्ति स्कुल किन बन्द गर्नुभयो ?
    जब नेकपा (एकता केन्द्र) सँग पार्टी एकता भयो, अनि समस्या खडा भयो । हामीलाई एकताकेन्द्रसँग एकता गर्न नै समय लाग्यो, एकता सफल नभएपछि फेरि छुट्टिनै समय लाग्यो । २०५८/५९ सालदेखि एकताकेन्द्रसँगको हाम्रो एकता टुट्ने अवस्थासम्म अर्थात् २०६३ सालसम्म हामीलाई समस्या पर्यो । त्यो बिचमा राजनीतिक वैचारिक लडाइँ प्रमुख बन्यो । तत्कालीन राजाको निरंकुश शासनविरुद्ध संघर्ष गर्नुयर्यो । त्यो अवस्थामा पार्टी स्कुल सञ्चालन गर्न सकिएन ।

    भक्तपुरको पार्टी स्कुल कसरी सुरुवात भयो ?
    २०६२/०६३ सालको जनआन्दोलनपछि देशमा गणतन्त्र आयो । अब देशभित्रै पार्टी स्कुल खोल्न सम्भावना भयो । र, पार्टीले भक्तपुरमा एउटा घर भाडामा लिएर २०६५ साल साउनमा पार्टी स्कुल उद्घाटन गर्यो । पार्टी स्कुलका लागि एकजना साथीले ठूलो सहयोग गर्नुभयो । उहाँले दिएको सहयोग रकमबाटै हामीले आवश्यक पर्ने भाँडाकुँडा, लुगाफाटो, लगायत आवश्यकताका सबै सामान किन्यौँ । पहिलो र दोस्रो सेसनलाई खर्च त्यसैबाट पुग्यो । त्यहाँ हामीले १२ औँ सेसनसम्मका कक्षा सञ्चालन गर्यौँ ।

    २०७० सालमा जब हामीले कपनमा पार्टीको आफ्नो भवन किन्यौँ, १३ सेसनदेखिको प्रशिक्षण सञ्चालन गर्न थाल्यौँ । त्यसपछि हामीलाई व्यवस्थापन गर्न सहज भयो ।

    पार्टी स्कुलको खर्च व्यवस्थापन कसरी हुन्छ ?
    मैले माथि नै उल्लेख गरेँ, पार्टी स्कुलको सुरुवात गर्दा हामीलाई एकजना साथीबाट सहयोग प्राप्त भयो । जसले गर्दा पहिलो र दोस्रो सेसन सञ्चालन गर्न सहज भयो । दुईवटा सेसनका लागि खर्चको कुनै समस्या भएन । त्यसपछि पनि हामीले पार्टी स्कुललाई निरन्तरता दिनुपर्छ भनेर प्रशिक्षार्थीहरूलाई हप्ताको एक दिन जनतामा पठाउन थाल्यौँ । जनतासँग गएर सहयोग मागेर ल्याएको खर्चले करिब करिब आधाजस्तो खर्च ब्यहोर्ने भयो । आधाजती खर्च पार्टीको आफ्नै स्रोतबाट व्यवस्था गरेर चल्दै गयो ।

    यसरी चलाउँदा एउटा रमाइलो घटना पनि छ । भक्तपुरमा पानीको कमी थियो । पानी जम्मा गर्न हामीले एउटा ओभरहेड ट्यांकी राख्नुपर्ने भयो । एकजना उद्योगपतिकहाँ पार्टीका वरिष्ठ साथीहरू जानुभयो । साढे तीन हजार लिटर क्षमताको ट्यांकीलाई ४५ हजार जति पर्ने भयो । तर, हामीसँग पैसा थिएन । अनि उहाँसँग आग्रह गरेपछि ढुवानी खर्चसमेत आफैँ ब्यहोरेर ट्यांकी जडान गरिदिनुभयो । पछि घरभेटीलाई ‘यहाँको भौतिक सम्पत्ति घरमै रहन्छ, हामीले घर छोड्दा लैजाने होइन’भनेर मनायौँ र पानी ट्यांकीको रकम घरभाडामा कटाउन तयार भए ।

    यसरी विभिन्न पक्षबाट सहयोग जुटाउँदै पार्टी स्कुल सञ्चालन गर्यौँ । अहिले पनि प्रशिक्षार्थी सार्थीहरूले हप्ताको एक दिन आफ्ना नातागोता, चिनेका व्यक्तिहरूसँग गएर केही सहयोग रकम जुटाउनुहुन्छ । त्यो रकम र पार्टीको स्रोतलाई मिलाएर खर्चको व्यवस्थापन गर्ने गरिएको छ ।

    चन्दा उठाउन जाँदा प्रहरीले गिरफ्तार पनि गरेको थियो नि, होइन ?
    हो । १३औँ सेसनदेखि १९ औँ सेसनसम्म हप्तामा एक दिन बजारमा गएर सहयोग उठाउने र प्रशिक्षणबाट फर्किएपछि प्रशिक्षार्थीहरूले आफूले सक्दो रकम पार्टी स्कुललाई पठाउने काम भयो । यसरी नै १९ औँ सेसनसम्म पार्टी स्कुल सञ्चालन भयो ।

    १९ औँ सेसनमा प्रहरीले हाम्रा प्रशिक्षार्थीलाई चन्दा उठाएको भन्दै पक्राउ गर्यो । राष्ट्रिय जनमोर्चाका नेता साथीहरू प्रहरीकहाँ गएर पार्टी स्कुल सञ्चालनका लागि जनतासँग सहयोग मागेकोबारे स्पष्ट पार्नुभयो । तर, प्रहरीले तपाईंहरूको बारेमा हामीलाई थाह छ । तर, समाजमा त राष्ट्रिय जनमोर्चा मात्रै छैन, अरु पार्टी पनि छन्, लुुटेरा डाँकाहरू पनि छन्, जनतालाई सताउँछन् । त्यसकारण हामीले चन्दा उठाउन दिन मिल्दैन भने ।

    • राष्ट्रिय जनमोर्चाको पार्टी स्कुलमा २० औँ सेसनको प्रशिक्षण कक्षा सुरु

    १९ औँ सेसनपछि लामो समय स्कुल सञ्चालन हुन सकेन किन होला?
    २०७६ सालको १९ औँ सेसनपछि लगत्तै कोभिडको प्रकोप भयो । त्यसपछि पार्टी स्कुल सञ्चालन गर्न गाह्रो भयो । कतिपय जिल्ला, क्षेत्रहरूमा प्रशिक्षण चलेपनि स्कुल सञ्चालन हुन सकेको थिएन । पाँचवर्षपछि अहिले हामीले २० औँ सेसनको कक्षा सञ्चालन गरिरहेका छौँ । यसअघि एक महिनासम्म सञ्चालन हुने गरेकोमा त्यो अवधि लामो भयो भनेर अहिले १५ दिनको प्रशिक्षण सञ्चालन भइरहेको छ ।

    पहिले पहिलेका सेसनमा आउने प्रशिक्षार्थीहरू प्रायजसो संगठित भन्दा सामान्य खालका, विद्यार्थी वा पेशा, व्यवसाय नभएका मानिसलाई पठाउने प्रचलन थियो । किनभने एक महिनासम्म पार्टी स्कुलमा आउँदा दोकानदारका दोकान बन्द हुने, जागिरेको जागिर जाने, किसानको खेती, पशुपालनमा समस्या हुनसक्ने कारणले धेरैको एक महिनासम्म समय दिनसक्ने अवस्था थिएन । अहिले १५ दिनको बनाएपछि पार्टीका जिम्मेवार साथीहरू, पाका व्यक्तिहरू आउनु भएको छ । र, यो प्रशिक्षण यसअघिका भन्दा निकै व्यवस्थित ढंगले चलेको छ ।

    पार्टी स्कुलमा खासगरी के के विषयको पढाई हुन्छ ?
    प्रशिक्षणमा मार्क्सवादका आधारभूत कुरा जानकारी गराउने हाम्रो प्रयत्न हुन्छ । तर त्यतिले मात्रै त पुग्दैन । त्यसकारण हामीले विभिन्न विषयका विज्ञहरू, जस्तो जलस्रोत, सीमा, पर्यटन, सहकारी आदी विभिन्न क्षेत्रका विज्ञलाई बोलाएर उहाँहरूले पनि प्रशिक्षण दिने गर्नुहुन्छ ।

    साथीहरूको दृष्टिकोण बदल्ने प्रयासस्वरुप राज्यसत्ता, पुँजीवादी व्यवस्था, सामन्ती व्यवस्था, ऐतिहासिकभौकितवाद, मानव समाजमा भएका परिवर्तनका कारक तत्वहरू, परिवर्तन कसरी सम्भव छ, लगायतका कुराहरूलाई समेटेर हाम्रो प्रशिक्षण अगाडि बढ्छ ।

    प्रशिक्षकलाई पारिश्रमिक दिने गर्नुभएको छ ?
    हामीले प्रशिक्षक वा प्रशिक्षार्थीलाई खर्च दिएर बोलाउने अवस्था छैन । काठमाडौंमै उपलब्ध विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरूलाई बोलाएर प्रशिक्षण सञ्चालन गर्ने गरेका छौँ ।

    पार्टी स्कुलबाट फर्किएका प्रशिक्षार्थीहरूले के कस्तो काम गरिरहेको पाउनुभएको छ ?
    हामीले पढाएका प्रशिक्षार्थीहरू धेरैजसो पार्टीका विभिन्न जिम्मामा सक्रिय हुनुहुन्छ । मार्क्सवादका आधारभूत कुराहरू केही न केही हामीले सिकाएर पठाउँछौँ । त्यसकारण उहाँहरूमा सैद्धान्तिक रुपमा सकारात्मक परिवर्तन भएको पाएका छौँ । त्यसैअनुसार पार्टीमा काम गरिरहनु भएको छ ।

    तपाईंले पार्टी स्कुलमा ‘दर्शन’सम्बन्धी विषय पढाउने गर्नुभएको छ, दर्शनबारे यहाँका थुप्रै पुस्तकहरू पनि प्रकाशित छन् । सामान्य अर्थमा दर्शनलाई कसरी बुझ्ने ?
    दर्शन भनेको दृष्टिकोण बनाउने कुरा हो । हाम्रो समाजमा परम्परागत दृष्टिकोण व्याप्त छ । परम्परावादी दृष्टिकोण, जसले स्वर्ग, नर्क, धम, ईश्वर, अघिल्लो जुनी, पछिल्लो जुनी, भाग्यआदी जस्ता मनस्थितीमा मान्छेहरू हुन्छन् ।

    त्यसलाई परिवर्तन गरेर पदार्थ मुख्य हो, सत्ता मुख्य हो, भौतिक चिज मुख्य हो, प्रकृति मुख्य हो । प्रकृतिको प्रतिविम्वको रुपमा मात्रै दृष्टिकोणको निर्माण हुने हो भनेर हामीले दृष्टिकोण निर्माण गर्ने कुरामा प्रारम्भिक प्रयत्न गर्छौं।

    दर्शन सम्बन्धी विषय मैले मात्रै होइन, यो विषयमा अलि जानकारी राख्ने विषय विज्ञहरूलाई पनि बोलाएर हामीले पटक–पटक पढाउने प्रयत्न गरेका छौँ । त्यसबाट एउटा भौतिकवादी दृष्टिकोण निर्माण गर्न थोरै भएपनि मद्दत पुगेका हामीले विश्वास गरेका छौँ । यसले गर्दा साथीहरूमा दृष्टिकोण बदल्न र कामगर्न प्रेरणा मिलेको हामीले पाएका छौँ ।

    अन्तमा थप केही भन्नु छ कि ?
    आमूल परिवर्तनको सुरुवात विश्व दृष्टिकोणबाटै हुन्छ । जबसम्म मान्छेको दृष्टिकोणमा परिवर्तन गर्न सकिँदैन, समाज परिवर्तनको कुरा हुनै सक्दैन । त्यसकारण दृष्टिकोण परिवर्तन गरेर हामी सम्पूर्ण श्रमजीवि वर्गको मुक्तिका लागि, यो समाजमा जुन सम्पन्न वर्गको शासन छ, त्यसमा आमूल परिवर्तन गर्ने प्रयत्नसहित हाम्रो प्रयास जारी रहन्छ । त्यही प्रयत्नमा हामीले दृष्टिकोण बदल्ने कुरालाई पहिलो प्राथमिकता दिएर प्रशिक्षण चलाउँछौँ ।

    (प्रस्तुती : विद्यानाथ अधिकारी)

    सोमबार, साउन २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल
    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली
    प्रशिक्षणपछि किसान तथा आम जनतासँग भेटघाट गर्नेछौँ : ठाडामगर (भिडियोसहित)
    द्वन्द्ववाद धेरैपटक पढियो तर व्यावहारिक रूपमा कमजोर छौँ भन्ने महसुस भयो : खडायत (भिडियो)
    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.