बागलुङ बजार । राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको आयोजनामा अमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली पूर्वी अभियानको उद्घाटन बागलुङ बजारमा गरेको छ ।
“गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयताको खारेजी गरौँ : अमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली अभियान सफल पारौँ” भन्ने उद्घोषसहित २०८० जेठ १ गते सोमबार बागलुङ बजारस्थित क्षत्री समाजको सभाहलमा उदघाटन गरेको हो ।
राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले एक समारोहबिच मैनबत्ती बाली अभियानको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा राजमोका केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार तथा काठेखोला गाउँपालिका उपाध्यक्ष तिलक थापा, अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीलगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
त्यस्तै, राजमोका केन्द्रीय सदस्यहरू गौरिश्वर पाण्डे, दिलबहादुर दर्जी, लीलादेवी शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार तथा जैमिनी नगरपालिकाका मेयर नरबहादुर पुन, युवक सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार थुमराज ढुङ्गाना, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सचिव ताराप्रसाद शर्मालगायतको आतिथ्य रहेको थियोे ।
राजमो जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गानाको अध्यक्षता, राजमो जिल्ला सचिव भीमलाल पोखरेलको सञ्चालन र राजमो जिल्ला सदस्य लक्ष्मी बासकोटाको स्वागत मन्तव्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
पर्वतमा सभा

आजै पर्वतको कुश्माबजार शिवालय चोकमा कोणसभा सम्पन्न भएको छ । सभालाई राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, राजमो पर्वत जिल्ला अध्यक्ष गोविन्द्र पौडेल र अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले सम्बोधन गर्नुभएको थियो ।
अमेरिकी साम्राज्यवादविरुद्ध राजमोको मेची-महाकाली अभियान महेन्द्रनगरबाट सुरु