• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

विद्यार्थीले के गर्ने ? के पढ्ने ?


  •   शनिबार, भदौ २७, २०७७ मा प्रकाशित
  • विमल पोखरेल

    Advertisement

    चैतको पहिलो साता विद्यालय तहका सबै परीक्षाहरु सकिए भने गत वर्ष एसईईको परीक्षा लिइएन । कोरोनाको आतंकका कारण कहिलेसम्म स्कुलहरु खुल्ने हुन् भन्ने प्रष्ट छैन । लकडाउनको यो ६ महिना विद्यार्थीको लागि घरका काम र व्यवहारमा सामेल हुने अवसर जुटेको छ । अझै ग्रामीण क्षेत्रमा घरायसी काम सामान्य हो ।

    विद्यालय जीवनमा कामको महत्व
    विद्यालय उमेरमा सिकेका कामले जीवनभरी महत्व राख्ने गर्दछ । काम छिटो सिकिन्छ र त्यसरी सिकेका कामहरु बिर्सिइँदैन पनि । विद्यालय उमेर पार गरेपछि पढाइ वा कामको लागि सहर जानुपर्ने, विदेश जानुपर्ने हुन सक्छ । त्यसैले प्रारम्भिक रुपमा सबै काम सिक्ने उमेर नै विद्यालय उमेर हो ।

    मैले व्यक्तिगत सीपको कुरा गर्ने हो भने दैनिक व्यवहारमा आउने सबैजसो काम गर्ने गर्दथें । दैनिक व्यवहारमा आउने काम त धेरैजसो साथीहरुले गर्ने गर्दथे । केहीले भने घरको काम गर्ने गर्दैन थिए । जसले दैनिक व्यवहारका घरायसी काम गर्दैन, त्यो परिवार र समाजको लागि खासै काम लाग्ने व्यक्ति होइन । बरु कुनै न कुनै रुपमा परिवार र समाजको लागि बोझ हो । उसले घरको सामान्य कामको लागि पनि अन्य व्यक्तिको सहयोग लिनुपर्ने र ज्याला दिनुपर्ने हुन्छ ।

    आफूले गर्ने कामको लागि अन्य व्यक्तिलाई ज्याला दिनु भनेको घरको अतिरिक्त खर्च बढाउनु हो । त्यस्ता व्यक्तिले विदेश गएर केही पैसा कमाए भने पनि अन्य व्यक्तिलाई काम लगाउँदा त्यो पैसा सकिन्छ । त्यसैले घरका दैनिक जीवनका कामहरु आफैँ गर्नु धेरै महत्वपूर्ण पुँजी हो भन्ने कुरा बुझ्नुपर्दछ ।

    मैले काठको काम गर्ने, झ्याल ढोका बनाउन सहयोग गर्ने, हलो र खाट बनाउने, घरको गारो लगाउने, खर र ढुंगाले घर छाउने, पर्खालहरु लगाउने, दाम्लो र कुचो बाट्ने, घर छाउने ढुंगा काट्नेजस्ता खास व्यवहारमा आवश्यक पर्ने सबै काम गर्न सिकेको छु । ती सबै काममा रुची लाग्थ्यो । त्यसले आफूमा अचम्मको आत्मविश्वास जगाउने गर्दथ्यो । तर पढाइको लागि गाउँ छोडेपछि ती काममा निखारता आउन पाएन ।

    खाना कसरी पकाउने ?
    खाना पकाउनु आफ्नो जिन्दगीको सबैभन्दा महत्वपूर्ण काम हो । यसले हाम्रो स्वास्थ्य हाम्रै हातमा राखेको हुन्छ । खाना पकाउने, भाँडा माझ्ने र आफ्नो कपडा आफैँ धुने बानी लगाउने हो भने जिन्दगीभर आफैँलाई सजिलो हुन्छ । हेर्दा अत्यन्तै सामान्य काम भए पनि यी धेरै नै महत्वपूर्ण छन् । स्वस्थ खाना बनाउँदा आफ्नो शरीर नै निरोगी र तन्दुरुस्त हुन्छ । हाम्रो भान्सा सधैँभरी सफा र स्वस्थ हुनुपर्दछ । त्यसले गर्दा हामीले स्वस्थ शरीर र दीर्घजीवन प्राप्त गर्न सक्छौं ।

    प्रोटिन, भिटामिन, मिनरल, कार्बाेहाइड्रेड कुन कुन कुरामा पाइन्छ भन्ने जानकारी पाठ्यक्रममा राखिएको हुन्छ । हामीले पढेका कुराहरुलाई मात्रा मिलाएर खाना बनाउने कुरामा जोड दिनुपर्छ । हरियो सागलाई धेरै समयसम्म पकाउने चलन छ । त्यसमा सुधार ल्याउनुपर्दछ । घर वरपर मौसमी फल लगाउने र खानामा समावेश गर्नुपर्दछ ।

    करेसाबारी आफैँले निर्माण गर्नुपर्छ । बुबाआमालाई थाहा नहुन सक्छ । करेसाबारी कसरी बनाउने भन्ने कुरा पाठ्यक्रममा पढाइ हुन्छ । ती कुरा व्यवहारमा ल्याउनको लागि शिक्षकले विद्यार्थीलाई निर्देशन दिनुपर्दछ । शिक्षकले पढाउने मात्रै गरेर हुँदैन । विद्यार्थीको घरमा करेसाबारी छ कि छैन भनेर निरीक्षण पनि गर्नुपर्दछ । यसमा शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । तर शिक्षकहरुले कहिल्यै यस्तो गरेको पाइँदैन । शिक्षकले खाली किताबमा भएका कुरा पढाउने हो भन्ने कुराले दिमागमा घर गरेको छ । व्यवहारिक ज्ञान दिन सक्नु ठूलो कुरा हो । शिक्षकहरुमा ठूलो परिवर्तन आउनुपर्दछ ।

    कसरी काम गर्ने ?
    घाँसदाउरा काट्नु, गाईभैंसी दुहुनु, मही बनाउनु, भारी बोक्नु, खेतबारी खन्नु, धान रोप्नु, मकै, कोदो, गहुँलगायतका अन्नबाली खेती गर्नु, तरकारी लगाउनु जस्ता काम धेरै महत्वपूर्ण छन् । समय र काम गर्ने तरिका मिलाउने हो भने यी काम सजिलोसँग गर्न सकिन्छ ।

    छोराछोरी सबैलाई कुटो, कोदालो, हँसिया र बन्चरो चलाउन सिकाउनुपर्छ । हलो जोत्न, खेतबारी खन्न, रुखमा चढ्न सिकाउनुपर्छ । गाउँघरमा हुने हरेक काममा सरिक हुँदा किसानका छोराछोरीको सीप धेरै हुने गर्दछ ।

    माथि उल्लेख गरिएका कामहरु हाम्रो बुबाआमाहरुले परम्परागत रुपमै सिक्नुपर्दथ्यो । महिलालाई हलो जोत्न र बन्चरोले दाउरा काट्न अझै पनि दिइदैन । यसले घरायसी कामको बाँडफाँडलाई असहज बनाउने गर्दछ । खोलानाला नजिक हुने ठाउँमा माछा मार्न, पौडी खेल्न सिक्नुपर्दछ । पानीसँग खेल्नु पनि प्रकृतिसँग खेल्नु हो । केही निश्चित समय पानीमा खेल्नु स्वास्थ्यको लागि पनि लाभदायक हुन्छ ।

    उत्पादन संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोग व्यवहारिक र वैज्ञानिक जीवनका महत्वपूर्ण कुरा हुन् । उत्पादन संघर्ष भनेको जीविकोपार्जनको लागि आवश्यक पर्ने वस्तु आफै उत्पादन गर्ने भन्ने हो । वर्गसंघर्ष भनेको समाजमा भएका अन्याय, अत्याचार शोषण, दमन, भ्रष्टाचारका विरुद्ध संघर्ष गर्नु भन्ने हो । वैज्ञानिक प्रयोग भनेको संसारमा आविष्कार भएका वैज्ञानिक प्रविधिहरुबाट उत्पादनका काम गर्ने, उत्पादन बढाउने र कामलाई सजिलो बनाउने भन्ने हो । उत्पादन संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगले मान्छेको जीवनलाई उन्नत प्रकारले बाँच्न सिकाउँछ । संघर्षशील बनाउँछ । श्रमप्रतिको विश्वास जगाउँछ र आत्मनिर्भर बनाउँछ ।

    कसरी पढ्ने ? के पढ्ने ?
    साना बालबच्चालाई चिच्याएर पढ्न लगाउनु पर्दछ । त्यसले तिनीहरुको दिमाग तेज हुन्छ । भरसक त ठूला व्यक्तिले पनि चिच्याएर पढ्दा राम्रो हुन्छ । त्यसले उच्चारणलाई राम्रो गर्छ घाँटी र फोक्सोलाई स्वस्थ राख्छ । संस्कृति विद्यालयमा चिच्याएर तथा लय हालेर पढ्न लगाइन्छ ।

    पढ्ने सन्दर्भमा रुसी साहित्यकार मेक्सीम गोर्कीको उदाहरण गज्जब हुन सक्छ । मेक्सीम गोर्की एक जना व्यापारीकहाँ काम गर्र्थे । ती व्यापारीलाई पुस्तकप्रति रुची थियो र पुस्तकमा भएका कुरा थाहा पाउनुपथ्र्याे । तर आफैँ पढ्न अल्छी गर्थे । उनले गोर्कीलाई सबै पुस्तकहरु चिच्याएर पढ्न लगाउँथे । त्यसले उनलाई पनि फाइदा ग¥यो र गोर्कीले पनि धेरै ज्ञान हासिल गरे ।

    व्यापारीकहाँ त्यसरी पढ्न सिकेकाले नै गोर्कीको साहित्यप्रति रुची बढ्दै गयो । उनले इतिहास, साहित्य, समाजशास्त्र, दर्शनजस्ता विषयहरु अध्ययन गरे । गोर्कीले मैले कसरी लेख्न सिकें भन्ने सानो पुस्तिकामा पढाइको महत्वबारे लेखेका छन्।

    स्कुल तहका विद्यार्थीहरुको लागि नेहरुका चिठीहरु, मेक्सीम गोर्कीको मैले लेख्न कसरी सिकें ?गिजुभाइका पुस्तकहरु धेरै महत्वपूर्ण हुन सक्छन् । विभिन्न बालसाहित्यहरु पढाउन सकिन्छ ।

    सबैभन्दा महत्वपूर्ण कुरा त शिक्षकले विद्यार्थीहरुलाई पढ्न प्रोत्साहन गर्नुपर्दछ । शिक्षक नै साहित्यमा रुची राख्दैनन् भने विद्यार्थीले पनि रुची राख्दैनन् । शिक्षकले नै खेलमा रुची राख्दैनन् भने विद्यार्थीले पनि रुची राख्दैनन् । त्यसैले शिक्षक महत्वपूर्ण छन् । विद्यार्थीको लागि शिक्षक धेरै कुरा हो । तर शिक्षकले विद्यार्थीलाई त्यो कुरा महसुस गराउन सक्नुपर्दछ ।
    विभिन्न व्यक्तिहरुका जीवनी पढ्नु आवश्यक छ । पृथ्वीनारायण शाह, महात्मा गान्धी, जबाहरलाल नेहरु, पुष्पलाल श्रेष्ठ, अब्राहम लिंकन, माओत्सेतुङ, सनयात्सेन, माक्र्स, लेनिनजस्ता नेताहरु, मेक्सीम गोर्की, लुसुन, लक्ष्मीप्रसाद देवकोटा, पारिजातजस्ता साहित्यकार तथा कैयौं कलाकाररुका जीवनी पढ्नाले जीवनप्रतिको हेराइ, संघर्ष, बलिदान, दर्शन, राजनीति, इतिहासजस्ता कुराहरुमा ज्ञान हासिल हुन्छ । विद्यालय उमेरमै यी कुराहरु पढ्न लगाउनुपर्छ ।

    चित्र किन बनाउने ?
    चित्र बनाउनु पनि धेरै नै महत्वपूर्ण छ । चित्र बनाउँदा दिमाग सिर्जनशील हुन्छ । धेरैलाई थाहा नहुन सक्छ, जर्मनका शासक हिटलर महान चित्रकार पनि थिए । साहित्यकार लैनसिंह वाङ्देल धेरै राम्रा चित्रकार थिए । उनले थुप्रै चित्रहरु बनाएका छन् । कार्टुन, चित्र बनाउने कुराले दिमागको सिर्जनशीलतालाई बढाउन मद्दत गर्दछ । चित्र बनाउनु विशेष महत्वको कला हो ।

    चित्रकलाले जीवनलाई कलामा उतार्न सक्छ । ठूलठूला होटलहरु, विमानस्थलहरु, प्रमुख पर्यटकीय स्थलहरु हातले बनाइएका चित्रले सजिसजाउ गराइएका हुन्छन् । काष्ठकला र मूर्तिकला पनि महत्वपूर्ण छन् । तर त्यो सबैले बनाउन सक्दैनन् । धेरै सामग्री चाहिने र सिकाउने मान्छे पनि चाहिने भएकाले त्यसको लागि गाउँगाउँमा सम्भावना कम हुन्छ । तर चित्रकलाको लागि विद्यार्थीलाई सहज वातावरण बनाउन सकिन्छ । त्यसबाहेक गाउनु, नाच्नु पनि जीवनलाई सिर्जनशील र खुशी बनाउने काम हुन् । विद्यार्थीलाई गाउन र नाच्न पनि सिकाउनुपर्दछ ।

    समाजमा घुलमिल किन गराउने ?
    विद्यार्थीलाई समाजमा घुलमिल गराउनु धेरै महत्वपूर्ण छ । समाजमा घुलमिल नहुने विद्यार्थीहरु लागु औषधको सेवन गर्ने, एक्लो महसुस गर्ने, सामाजिक काममा वास्ता नगर्ने, खेल्न, पढ्न रुची नराख्ने हुन्छन् । त्यसैले समाजमा घुलमिल गराउनुपर्दछ । समूहका बैठक, भेलाहरुमा लैजानुपर्दछ । तिनीहरुलाई छलफल सुन्न लगाउनुपर्दछ ।

    हरेक विद्यार्थीले समाजबाटै सिक्ने हो । समाज आफैमा धेरै जटिल तत्वहरु मिलेर बनेको हुन्छ । यसका परम्परागत मूल्य, मान्यता, संस्कार, संस्कृतिहरु हुन्छन् । ती कतिपय राम्रा र कतिपय नराम्रा हुन्छन् । राम्रो कुरालाई लिन सक्नु र नराम्रो कुरालाई त्याग्न सक्नुपर्दछ ।

    रुढीवाद मन्द विष हो
    हामीले माथि जति कुराहरु गरेका छौँ, ती मानिसको जीवनलाई समुन्नत बनाउनको लागि गरेका छौँ । तर ती सबै कुरामाथि छेकबार लगाउन समाजमा ठूलो पर्खाल खडा गरिएको हुन्छ । त्यो हो अन्धविश्वासको पर्खाल । अन्धविश्वासको पर्खाल सबैभन्दा खतरनाक हुन्छ । त्यसले मान्छेलाई केही गर्नै दिँदैन । कतिपय टाठाबाठा मान्छेले त्यही अन्धविश्वासबाट ठूलो फाइदा लिइरहेका हुन्छन् ।

    पूजापाठ लगाउने व्यक्तिहरु, धामीझाँक्रीहरु, पूजारीहरुले विभिन्न प्रकारका अन्धविश्वास फैलाइरहेका हुन्छन् । तिनीहरुले फैलाएको अन्धविश्वासको जालोमा सामान्य मान्छेहरु पर्दछन् । अन्धविश्वासलाई नै धेरै ठूलो समूहले आफ्नो जीवनको अभिन्न अंग बनाएका हुन्छन् । त्यसले तिनीहरुको जीवनलाई धेरै कठिन बनाएको हुन्छ ।

    पहिले पढेलेखेकै पण्डितहरुले छुवाछूत गर्दै हिँड्थे र समाजलाई त्यही सिकाउँथे । आजभोली समाज र कानूनको डरले धर्मशास्त्रमा छुवाछूत कहीँ लेखिएको छैन भन्दै हिँड्छन् । व्यवहारमा छुवाछूत तिनीहरु नै गर्छन् । यसप्रकार पूजा लगाउने पण्डितहरु नै छुवाछूतका प्रमुख सम्बाहक थिए र अझै पनि तिनीहरु नै हुन् । तर कानूनको डरका कारण तिनीहरु खुला रुपमा त्यसो भन्न सक्दैनन् ।

    जति पनि मान्छेहरु सफल भएका छन् र समाजमा नयाँ कुरा स्थापना गर्न र समाजलाई अगाडि लैजान खोजेका छन्, तिनीहरुले अन्धविश्वासका विरुद्ध लडेर नै त्यसरी सफलता हासिल गरेका छन् । इश्वर हुन्छन् भन्नु, ईश्वरको पूजा गर्नु, धामीझाँक्रीको पूजा गर्नु, बोक्सी, बोक्सा छन् भन्नु, पूजा नगरेमा देवता रिसाउँछन् भन्नु, देवता रिसाएर गाइवस्तु वा मान्छे विरामी परे भन्नु वा यस्तै कुनै वैज्ञानिक आधार नभएका कुरा गर्नु अन्धविश्वास हो ।

    अन्धविश्वासले परम्पराको रुप धारण गरेको छ । त्यसैले यसलाई मान्छेको दिमागबाट हटाउन धेरै गाह्रो छ । तर विद्यार्थीहरुले हटाउँदै लैजानुपर्दछ । कतिपय ठाउँमा सकिंदैन क्यारे भनेर शिक्षकले नै विद्यार्थीलाई प्रोत्साहन गर्ने गर्दैनन् । त्यसले अन्धविश्वास विरुद्धको लडाइँमा ठूलो असर गरिरहेको छ । लकडाउनको कारण लामो समय विद्यालयहरु बन्द भए पनि हामीले माथि लेखिएका कामहरु गर्न सक्छौं र जीवनमा धेरै कुराहरु सिक्न सक्छौं । सबै विद्यार्थीहरुलाई शुभकामना ।

    (लेखक अखिल (छैठौं) का अध्यक्ष हुनुहुन्छ ।)

    यो पनिः संघर्षशील दीर्घजीवी अग्रजहरु

    शनिबार, भदौ २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढी : तीन जिल्लाका १८ विद्यालयमा क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.