उर्लियो भोटेकोशी, सर्वस्व छिनेर गयो,
विपत्तिले मन चिराचिरा पारेर गयो ।
Advertisement
कसैको घर, कसैको सपना, कसैको सहारा,
निर्दयी भेलसँगै सबथोक डुबेर गयो ।
आमा–बाबुको काख रित्तियो, सहारा छुट्यो,
क्षणभरमै नाता–सम्बन्ध टुटेर गयो ।
फक्रिन नपाउँदै बालापन बच्चाहरूका,
हाँस्ने–खेल्ने रहरहरू पनि बगेर गयो ।
दोष कसको हो, प्रकृतिको कि समयको ?
भोटेकोशीले हजारौँ प्रश्न छोडेर गयो ।