सुरत, गुजरात । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिले नयाँ नेतृत्व चयन गरेको छ । अगस्त २३ मा सम्पन्न पाँचौँ बैठकले समितिको अध्यक्षमा प्रविण सिंह काउछालाई चयन गरेको हो ।
बैठकमा केन्द्रीय समितिका अध्यक्ष प्रेम पौडेल, केन्द्रीय सदस्यहरू गोविन्द थापा, रमकला काउछा र श्रीधर शर्माको विशेष उपस्थिति रहेको थियो ।
त्यस्तै बैठकले क्षेत्रीय समितिका नयाँ पदाधिकारीसमेत चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा पूर्ण विक (सुरत), सचिवमा निखिल रावत (वापी पश्चिम), सहसचिवमा गणबहादुर राना (वापी पूर्व) र कोषाध्यक्षमा बाबुराम दहित (दमन) चयन हुनुभएको छ ।
त्यस्तै, क्षेत्रीय समितिको पूर्ण सदस्यमा वेदबहादुर कार्की, हरिसिंह काउछा, श्रीधर शर्मा, हरि गिरी, सबिना कुँवर, प्रकाश जनाला, शेरबहादुर विक, शेरसिंह आउजी, विष्णुमाया शर्मा, शोभा धामी, सुरेन्द्र राना, मानबहादुर थापा, चन्द्र विक, सविन चौधरी, किशोर ताम्राकार, दुर्गा राना, दिपेश लिम्बु, बिना काउछा, भीम साउद, रामबहादुर थापा, सीता थापा, पुस्कल तिमिल्सेना, मिना विक, शान्ति तिरुवा, नन्द बिष्ट, नन्दनी सुनार, धर्मेन्द्र विक, माया थापा र वैकुण्ठ विक चयन भएका छन्।

वैकल्पिक सदस्यमा नरेन्द्र गुरुङ, उपेन्द्र बुढाथोकी, विकास परियार, दिनेश खड्का, लक्ष्मी वर्ड, कोमल मोयल, सुष्मा श्रेष्ठ, दिलिप सोनी, जगत जोशी, सुरेश बिष्ट र तेजविक्रम कार्की चयन भएका छन्।
त्यसैगरी, सल्लाहकार सदस्यमा भुवनसिंह धामी, टेकबहादुर वर्मा, चानस बिष्ट, डम्बर विक, चेतनाथ ढकाल, विनबहादुर रेग्मी, मनोज थापा, प्रताप जनाला, गोविन्द सुनार, नवीन शर्मा र दानबहादुर थापा चयन भएका छन् ।
बैठकमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै प्रमुख अतिथि एवं केन्द्रीय समिति अध्यक्ष प्रेम पौडेलले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज शोषित, पीडित तथा उत्पीडित वर्गको संगठन भएको बताउनुभयो ।
उहाँले संगठनले स्थापनाकालदेखि नै प्रवासी नेपालीहरूका साझा समस्या तथा मुद्दालाई उठाउँदै आएको उल्लेख गर्दै नेपालीहरूको हकहितका सवालमा ४७ वर्षदेखि निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो । आगामी दिनमा पनि प्रवासी नेपालीहरूको हक, हित, न्याय र सुरक्षाका लागि संगठनलाई थप सशक्त रूपमा अघि बढाउने उहाँले बताउनुभयो ।
अध्यक्ष पौडेलले पाँचौँ बैठकबाट प्रदान गरिएको जिम्मेवारीलाई सबैले आ–आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक पूरा गर्न आग्रह गर्नुभयो ।