बुटवल । लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकरम खाँ पक्राउ परेका छन् ।
Advertisement
सरकारले नियुक्त गरेकी आनी छोइङको विरोध गरेकोमा उनलाई २०८३ कात्तिक ९ गते राति पक्राउ गरिएको हो ।
प्रहरीले मध्यराति घरमा सुतिरहेको अवस्थामा लुम्बिनी बिकास कोषको नवनियुक्त उपाध्यक्ष आनीको विरोध गरेको भन्दै पक्राउ गरेर लगेको अभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिए ।
आनीको नियुक्ति भएदेखि नै महाअभियानले विरोध गर्दै चरणबद्व आन्दोलन गरिरहेको छ ।
मध्यरातमा संयोजकमाथि गरिएको धरपकडप्रति महाअभियानले सरकारको कदमको कडा शब्दमा भत्र्सना गर्दै नि:शर्त रिहाइको माग गरेको छ ।





