• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ १३, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक

राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने

संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व

गजल

भोटेकोशी बाढी : ६१६ जनाको शव फेला

हिमाचलको कुमारसेनमा मूल प्रवाहको १५ सदस्यीय एरिया समिति गठन

कोहलपुरमा वास्तविक सुकुम्वासी खोज्ने सहमति, व्यवस्थापन नभए आन्दोलन उठाइने

रसुवा बाढीको प्राकृतिक र मानवीय कारण खोज्न तीन किसान सङ्गठनको आग्रह

लोकप्रिय समाचार

  • १. तीज गीत : देश पोलेर

  • २. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ३. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ४. बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

  • ५. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ६. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ७. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • ८. राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

  • ९. तीज गीत : आपराधिक मानसिकता पार्न सर्वनाश

  • १०. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व


  •   शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
  • काठमाडौँ — नेपालको संविधानले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार सुनिश्चित गरे पनि राजनीतिक प्रतिनिधित्वमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको एक अध्ययन प्रतिवेदनले देखाएको छ।

    Advertisement

    युरोपियन युनियनको सहयोग तथा एक्सन एड नेपालको समन्वयमा मायाको पहिचान नेपाल, लिड नेपाल र समावेशी मञ्च नेपालले तयार गरेको ‘राजनीति र लोकतन्त्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व’सम्बन्धी अध्ययनले संविधान, निर्वाचन कानुन, राजनीतिक दलका घोषणापत्र र उम्मेदवारीको विश्लेषण गरेको हो।

    संविधानको धारा ४२ ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई राज्यका निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने अधिकार दिएको छ। तर प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा विभिन्न समुदायका लागि स्पष्ट व्यवस्था भए पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई छुट्टै बाध्यकारी समूहका रूपमा समेटिएको छैन।

    प्रतिवेदनले प्रतिनिधिसभा निर्वाचन, २०८२ मा समुदायको नेतृत्वमा गठन भएको समावेशी समाजवादी पार्टीको उम्मेदवारीलाई नयाँ राजनीतिक अभ्यासका रूपमा उल्लेख गरेको छ। पार्टीले प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ १५ गरी २१ उम्मेदवार उठाएकोमा १८ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट रहेको जनाइएको छ।

    प्रतिवेदनले सुनिल बाबु पन्तको संविधानसभा प्रवेशदेखि समावेशी समाजवादी पार्टीको गठन र सामूहिक उम्मेदवारीसम्मको यात्रालाई व्यक्तिगत प्रतिनिधित्वबाट सामूहिक राजनीतिक शक्तितर्फको परिवर्तनका रूपमा व्याख्या गरेको छ। पन्त २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीमार्फत संविधानसभामा पुगेका थिए।

    अध्ययन सार्वजनिक गर्दै पन्तले राजनीतिक दलहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई भोट बैंकका रूपमा मात्र प्रयोग नगरी राजनीतिमा अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए।

    प्रतिवेदनले संवैधानिक अधिकारलाई व्यवहारिक राजनीतिक प्रतिनिधित्वमा रूपान्तरण गर्न कानुनी, राजनीतिक र संस्थागत सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ।

    शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक
    राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै
    रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने
    भोटेकोशी बाढी : ६१६ जनाको शव फेला
    हिमाचलको कुमारसेनमा मूल प्रवाहको १५ सदस्यीय एरिया समिति गठन
    कोहलपुरमा वास्तविक सुकुम्वासी खोज्ने सहमति, व्यवस्थापन नभए आन्दोलन उठाइने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      तीज गीत : देश पोलेर

    • २.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ३.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ४.
      बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

    • ५.
      काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

    • ६.
      ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

    भर्खरै

    • १.
      राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक

    • २.
      राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

    • ३.
      रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने

    • ४.
      संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व

    • ५.
      गजल

    • ६.
      भोटेकोशी बाढी : ६१६ जनाको शव फेला

    • ७.
      हिमाचलको कुमारसेनमा मूल प्रवाहको १५ सदस्यीय एरिया समिति गठन

    • ८.
      कोहलपुरमा वास्तविक सुकुम्वासी खोज्ने सहमति, व्यवस्थापन नभए आन्दोलन उठाइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.