आजा–भोलि हाम्रो देशमा यस्तो सारै के भयो,
मलाई पनि दुई–चार कुरा भन्न मन लाग्यो।
स्वतन्त्र भएर बाँच्न पनि गाह्रो भयो हामीलाई,
आफ्नो छोरी–चेली जस्तो सम्झ, दाजुभाइ।
नखोज दाजुभाइ आफ्नो स्वार्थ पोखाउन,
गाह्रो भयो बाउ–आमालाई छोरी जोगाउन।
हजुरको पनि घरमा छोरी–चेली होलान् नि,
यस्तो खबर सुन्दा खेरी कति रुँलान् नि।
ठूला लाठ साहेब सिटमा बस्छन्, उनलाई केही चाहिँदैन,
हामीजस्ता दुःखीले न्याय पाउँदैनन्।
हिँड्न थालेँ गाउँ–घरमा दाजुभाइको भेषमा,
न्यायको कानुन कहिले आउँछ हाम्रो देशमा?
पहिलेदेखि अहिलेसम्म के–के सुन्यौँ,
भर्खर नयाँ कानुन ल्याउनु पर्छ अब सरकार।
आफ्नो हातमा अधिकार छ, अगाडि लिनुहोस्,
दुःखी–गरिब जनतालाई न्याय दिनुहोस्।
न त देशमा सुरक्षित, न त देशमा रोजगार,
हाम्रो पनि पीर–मर्का बुझ, सरकार।
प्राथमिकता पहिले त जनतालाई दिनुहोस्,
अनि बल्ल देशको लागि जिम्मा लिनुहोस्।
छोरी–चेली भगवान् हुन्, हाम्रो देशका गहना,
अब यस्तो नहोस् भन्ने मेरो चाहना।