• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

महिला सङ्घ राप्ती–१ को अध्यक्षमा जिसी

सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा

स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा

कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति

राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी हुँदैन – मोहनविक्रम सिंह

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ३. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ४. कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ६. महिला संघकी महासचिव शकुन्तला रानाको निधन

  • ७. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ८. महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

  • ९. तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

  • १०. बालेन्द्र सरकार सिद्धान्त र कार्यक्रम नभएको स्वेच्छाचारी : सिंह (भिडियोसहित)

मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)


  •   मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
  • कृष्ण बराल, राष्ट्रिय जनमोर्चा बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी

    Advertisement

    0 राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुललाई सघाउनको लागि प्युठानबाट आउनुभएका कृष्ण बरालजीलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ ।

    – धन्यवाद ।

    0 आरामै हुनुहुन्छ ?

    – एकदम सर, आरामै छौँ ।

    0 के कामको लागि आउनुभएको थियो यहाँ काठमाडौँमा ?

    – सर, म काठमाडौँमा अहिले मात्र आइपुगेको होइन । गत वर्ष पनि राष्ट्रिय जनमोर्चाले यहाँ प्रशिक्षण कार्यक्रम राखेको थियो । त्यो बेलामा हामी दुई जना साथी मेसको काम सम्हाल्नका लागि आएका थियौँ । यतिखेर पनि हाम्रा सुरेश थापा हुनुहुन्छ, उहाँले मलाई २० दिन पहिले भन्नुभएको थियो– बरालजी, राष्ट्रिय जनमोर्चाले उच्चस्तरको क्लासको आयोजना गरेको छ । तपाईंलाई खाना पकाउने निम्तो आएको छ, जानुपर्छ ।’

    यसलाई म सौभाग्य नै ठान्छु । पार्टीस्कुलमा अध्ययन गर्ने कमरेडको सेवा गर्न र उहाँहरूलाई सुविधा दिन यो बाइसौँ प्रशिक्षण कार्यक्रममा मेसको काम सम्हाल्ने र समयसमयमा क्लासमा पनि बस्ने काम गरेको छु । बेलुकीको समयमा प्रगतिशील र मौलिक गीत गाएर रमाइलो गर्ने, खाना पकाउने र खुवाउने—यस्तै सिलसिलामा आएको हुँ सर ।

    0 यो खाना पकाउने काममा आउँदाखेरि ‘म त नेता मान्छे, यो खाना पकाउने काम अलि मलाई सुहाउँदो भएन’ भन्ने त्यस्तो केही लागेन तपाईंलाई ?

    – नाइँ सर, मलाई त्यस्तो लागेन । मलाई के गर्व लाग्छ भने कम्युनिस्ट पार्टीमा काम गर्ने जुन हामी कार्यकर्ता हौँ, हामी त डाक्टर बन्ने हो, वकिल बन्ने हो, इन्जिनियर बन्ने हो र आवश्यकता परे पाइलट पनि बन्ने हो । भोलि बिहान सशस्त्र सङ्घर्ष छेड्नुपर्यो भने बमगोला र बारुद पनि बोक्ने हो । नखाईकन त कुनै काम गर्न सकिँदैन । पकाउने, खाने, खुवाउने र बस्ने गरेर नै अगाडि बढ्न सकिन्छ । मलाई यो काममा सानोठुलो भन्ने कुनै भेदभाव लाग्दैन । बाँकी साथीहरूले कुन दृष्टिकोणले हेर्छन्, त्यो उनीहरूमाथि भर पर्ने कुरा हो ।

    0 तपाईं आफैँ पनि सुगर र प्रेसरको औषधी खाइराख्नुहुन्छ । तपाईंको आफ्नै केही स्वास्थ्य समस्या छन् । त्यो स्वास्थ्य समस्याले तपाईंलाई यो जिम्मेवारी पूरा गर्न केही अप्ठ्यारो वा गाह्रो भएन ?

    – सर यस्तो हो । मैले सुगरको औषधी आज मात्र होइन, २० वर्षदेखि खाँदै आइरहेको छु । भारतमा छँदा भारतीय डाक्टरले लेखेको खाइयो । नेपाल आएपछि नेपालका डाक्टरले लेखेको खाइयो । बिमारीको कुरा गर्नुहुन्छ भने त बताएर साध्य छैन तर म बोल्दा साथीहरूले पत्याउनुहुन्न कि म रोगी हुँ । टाउकोमा पनि चिलाउने, हुर्किनेजस्तो हुन्छ र कतिपय कुरा उतिखेरै भुल्ने हुन्छ, सायद सुगरकै कारणले होला ।

    खानपिनमा पान, बिँडी, चुरोट, तम्बाखु, जर्दा इत्यादि म केही खाँदिनँ । बाँच्नका लागि ढिँडोपिठो, सुकासाग, खोलेसाग त खानैपर्‍यो । धेरै चिल्लो पदार्थ खानुहुँदैन । एकातिर, घरपरिवारको जिम्मेवारी छ । अर्कोतिर, कम्युनिस्ट पार्टीको जिम्मेवारी छ । यी जिम्मेवारी पूरा गर्नका लागि निरन्तर औषधी खाएर भए पनि बाँच्नुपर्छ । अप्ठ्यारो महसुस भयो भने घरमा एक/दुई दिन आराम गर्छु अनि फेरि निरन्तर काममा लाग्छु । सानादेखि कुटोकोदालो खन्ने बानी भएन, परदेशमा अफिसमा पिएन र चौकिदारीको काम गरियो तर पार्टी सङ्गठनको काम निरन्तर गरिरहेको छु र गर्दा खुसी लाग्छ ।

    0 खाना पकाउने मेसको काममा प्राय: केही मान्छेले दोष लगाउँछन् नि, ‘खाना यस्तो भएन, उस्तो भएन’ भनेर । तपाईंलाई त्यस्तो प्रतिक्रिया सुन्नुपर्‍यो कि परेन ?

    – मैले साथीहरूलाई सोधेको पनि छु । कसैले अलिनो खानुहुन्छ, कसैले चर्को खानुहुन्छ, कसैले खुर्सानी कम खानुहुन्छ ।

    मान्छेअनुसार स्वाद फरक हुन्छ तर मलाई व्यवस्थापन समितिबाट जस्तो निर्देशन आएको छ, ‘मसला धेरै प्रयोग नगर्नू, सामान्य खाना बनाउनू—मैले त्यहीअनुसार बनाएर खुवाएको छु ।

    यहाँ कतिपय सुगरका बिरामी साथी पनि हुनुहुन्छ । अहिलेसम्म साथीहरूले मलाई केही नकारात्मक भन्नुभएको छैन । मैले पनि साथीहरूलाई भनेको छु, ‘म अलि टाठो र छिटो बोल्ने मान्छे हुँ । केही गल्ती भए वा सुधार्नुपर्ने भए एकान्तमा बोलाएर भन्नुहोला तर मनमा चिसो नराख्नुहोला ।’ अहिलेसम्म कसैले चित्त दुखाउनुभएको माइन्ड गर्नुभएको छैन ।

    0 तपाईंले खाना पकाउने काम गर्दागर्दै पनि भ्याएसम्म बिहानको समयमा प्रशिक्षणमा भाग लिनुभयो । थोरै भए पनि प्रशिक्षण लिँदा तपाईंलाई कस्तो लाग्यो ?

    – बुढापाकाले ‘भित्ताका पनि कान हुन्छन्’ भन्छन् । म पनि ५४–५५ वर्षको भएँ । काठमाडौँमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको उच्चस्तरीय क्लास हो भन्ने सुनेरै मलाई गौरव लागेको थियो । म १० गते बेलुकी आएको हुँ । मेसको काम सम्हाल्दै बेलाबेलामा तल झरेर क्लास सुन्ने गर्थेँ ।

    हामीलाई थाहा छ, कम्युनिस्ट पार्टीभित्र एमाले, माले, माओवादीलगायत नक्कली कम्युनिस्ट धेरै छन् तर सच्चा वामपन्थी कम्युनिस्ट पार्टी भनेको नेकपा (मसाल) हो र मसालले दिने प्रशिक्षण कहिल्यै नराम्रो हुँदैन । मसालका शिक्षक तथा नेताहरूले अति सरल भाषामा क्लास दिनुहुन्छ, सुन्न अति मजा आउँछ । समापनको क्रममा मलाई दुई शब्द बोल्न लगाउँदा पनि मैले भनेको थिएँ, ‘आगामी दिनमा पनि राष्ट्रिय जनमोर्चाले भात पकाउने काममै बोलाए पनि म आउँछु र समय मिलेसम्म क्लासमा भाग लिन्छु ।’ मलाई क्लास एकदमै राम्रो लाग्यो ।

    0 प्रत्येक दिनजसो हुने मनोरञ्जन कार्यक्रममा तपाईंको उपस्थिति देखियो । मनोरञ्जन कार्यक्रमलाई तपाईंले कसरी लिनुभयो ?

    – मनोरञ्जन र कलाको क्षेत्रमा म अलि भुक्तभोगी पनि हुँ । पहिले भारततिर छँदा पनि नाच्ने, गाउने र बजाउने गर्थें । कलाको क्षेत्रमा सबैको चित्त बुझाउन सकिन्न । हामीले जनवादी तथा मौलिक गीत गायौँ । हाम्रा पुराना राम्रा संस्कारलाई मेटाउनु हुँदैन । छाडा र रूढिवादी संस्कारलाई परास्त गर्न हामीले जनवादी गीतसङ्गीतमार्फत नै रमाइलो गर्नुपर्छ । आगामी दिनमा पनि यस्ता कलालाई अझ निखार्दै लैजानुपर्छ भन्ने लाग्छ ।

    0 अब अन्तमा युगदर्शनमार्फत भन्नुपर्ने कुरा केही छन् ?

    – सर्वप्रथम त म युगदर्शन पत्रिकाको ग्राहक बन्नुछ र अरूलाई पनि बनाउनुछ । पहिले हाम्रो ‘हाँक’ पत्रिका थियो, पछि साथीहरूले गद्दारी गरेर त्यो सम्पत्ति खोसेर लगे तर हामीले फेरि थोपाथोपा जोडेर ‘युगदर्शन’ तयार पार्‍यौँ ।

    अहिलेका युवाहरू मोबाइल हेरेर संसार बुझिहाल्छौँ, पत्रिका पढ्नुपर्दैन भन्छन् तर मोबाइलमा उनीहरूले पुँजीवादी र साम्राज्यवादी संस्कारका कुरा अध्ययन गर्छन् । हाम्रो युगदर्शन भनेको मजदुर वर्गको रगतपसिनाबाट बनेको पत्रिका हो । त्यसैले हामीले युगदर्शन पढ्नुपर्छ र यसलाई फलाएर, फुलाएर अगाडि बढाउनुपर्छ । यही मेरो विचार छ ।

    मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पार्टीस्कुलले अध्ययन गर्ने बानीलाई सुधार्न मदत गर्छ : शाही (भिडियोसहित)
    बंगलादेशी प्रधानमन्त्रीलाई धर्मसंकट
    श्रीलङ्कामा न्यायिक सुधार विवादमा
    जापानी राजदूतलाई रुसी स्पष्टीकरण
    बेलायतलाई रुसी चेतावनी
    ओमानलाई ट्रम्पको बमबारीको चेतावनी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

    • ३.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ४.
      कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ६.
      महिला संघकी महासचिव शकुन्तला रानाको निधन

    भर्खरै

    • १.
      महिला सङ्घ राप्ती–१ को अध्यक्षमा जिसी

    • २.
      सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा

    • ३.
      स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा

    • ४.
      कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति

    • ५.
      राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

    • ७.
      ‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

    • ८.
      रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.