• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, भदौ ०३, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

महिला सङ्घ राप्ती–१ को अध्यक्षमा जिसी

सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा

स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा

कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति

राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी हुँदैन – मोहनविक्रम सिंह

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ३. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ४. कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ६. महिला संघकी महासचिव शकुन्तला रानाको निधन

  • ७. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ८. महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

  • ९. तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

  • १०. बालेन्द्र सरकार सिद्धान्त र कार्यक्रम नभएको स्वेच्छाचारी : सिंह (भिडियोसहित)

‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल


  •   बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारलाई ‘वालेन्द्रतन्त्र’को संज्ञा दिएका छन्।

    Advertisement

    बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै बादलले लोकतन्त्र अहिले सर्वाधिक संकटमा रहेको दाबी गरे। उनले सरकारका गतिविधिमा अधिनायकवाद झल्किएको आरोप लगाउँदै २०१७ सालमा महेन्द्रतन्त्र, २०६१ सालमा ज्ञानेन्द्रतन्त्र स्थापित भएझैँ अहिले वालेन्द्रतन्त्र स्थापित भएको टिप्पणी गरे।

    वर्तमान सरकारको शक्तिको स्रोत तीन ‘ए’

    ता रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारको शक्तिको स्रोत तीन ‘ए’—आर्मी, अल्गोरिदम र अमेरिका रहेको दाबी गरेका छन्।

    बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यी शक्तिको आडमा सरकार नेतृत्वमा आए पनि पछिल्ला ‘जनविरोधी’ कामका कारण प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजनीतिक शक्ति क्रमशः कमजोर हुँदै गएको बताए।

    उनले पपुलिज्म, अल्गोरिदम, अपर्चुनिज्म र तीन ‘ए’को प्रभाव घट्दै गएकाले प्रधानमन्त्री शाह एक्लोपन र छटपटी महसुस गरिरहेको टिप्पणी गरे।

    ‘पाकिस्तानी मोडल’

    ‘बादल’ले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि सरकार ‘पाकिस्तानी मोडल’ हुँदै ‘उत्तर कोरियाली मोडल’तर्फ अघि बढिरहेको आरोप लगाए। उनले सरकारको आधार ‘आर्मी, अल्गोरिदम र अमेरिका’ रहेको दाबी गर्दै यी पक्षको साथ घट्दै जाँदा प्रधानमन्त्री शाह एक्लिँदै गएको बताए।

    थापाले नेपाललाई ‘दोस्रो खम्पा विद्रोह’को थलो बन्न नदिने भन्दै चीनविरुद्ध नेपाललाई प्रयोग गर्न नहुने धारणा राखे। साथै, सरकारले तिब्बती गतिविधिलाई खुला रूपमा अनुमति दिएको आरोप लगाए।

    महँगी, बेरोजगारी, आर्थिक संकट, लगानी पलायन तथा उद्योगीमाथिको धरपकड बढेको दाबी गर्दै उनले सरकारसँग समस्याको परिणाममुखी समाधान गर्ने कुनै स्पष्ट योजना नरहेको बताए। तेल र ग्यासको अभाव तथा बजार व्यवस्थापनमा समेत सरकार असफल भएको उनको आरोप थियो।

    थापाले प्रधानमन्त्री शाहलाई राष्ट्रियता र जनजीविकाका मुद्दामा केन्द्रित हुँदै लोकतन्त्र र संसद्प्रति जिम्मेवार बन्न आग्रह गरे। सरकार ऐन–कानुनअनुसार सञ्चालन हुनुपर्ने उनको भनाइ थियो।

    बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महिला सङ्घ राप्ती–१ को अध्यक्षमा जिसी
    सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा
    स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा
    कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति
    राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?
    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

    • ३.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ४.
      कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ६.
      महिला संघकी महासचिव शकुन्तला रानाको निधन

    भर्खरै

    • १.
      महिला सङ्घ राप्ती–१ को अध्यक्षमा जिसी

    • २.
      सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा

    • ३.
      स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा

    • ४.
      कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति

    • ५.
      राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

    • ७.
      ‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

    • ८.
      रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.