काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। बुधबार बसेको प्रदेश सभा बैठकमा प्रस्तुत विश्वासको मतको प्रस्तावको पक्षमा ३१ र विपक्षमा १५ मत परेको हो।
Advertisement
मत विभाजनमा ४६ सांसद सहभागी भएका थिए। एमालेको समर्थनमा २९ साउनमा मुख्यमन्त्री नियुक्त भएका भट्टले प्रदेश सभामा विश्वासको मत पाएका हुन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल २ पद रिक्त छन्।