• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

श्रीलङ्कामा न्यायिक सुधार विवादमा


  •   मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
  • कोलम्बो, २ भदौ । श्रीलङ्का सरकारले अदालतमा थुप्रिएका मुद्दा घटाउने र न्यायिक प्रक्रिया छिटो बनाउने उद्देश्यले व्यापक न्यायिक सुधार प्रस्ताव गरे पनि यसको मुख्य प्रावधानले न्यायिक स्वतन्त्रतामाथि असर पार्न सक्ने भन्दै कानून व्यवसायी र विपक्षी दलले विरोध गरेका छन् ।

    Advertisement

    सरकारले मङ्गलबार संसद्मा पेस गरेका दुई विधेयकमा अदालतको सङ्ख्या बढाउने, राजधानी कोलम्बोबाहिर नयाँ अपिल अदालत स्थापना गर्ने, न्यायाधीशको अवकास उमेर दुई वर्ष बढाउने तथा थप न्यायाधीश र अदालतका कर्मचारी नियुक्त गर्ने प्रस्ताव गरिएको छ ।

    राष्ट्रपति अनुरा कुमार दिसानायकेले सुधारले आपराधिक न्याय प्रणालीलाई व्यवस्थित बनाउनुका साथै प्रहरी तथा अदालतमा रहेको जनशक्ति अभाव सम्बोधन गर्ने बताउनुभएको छ । उहाँका अनुसार अनुसन्धानदेखि अदालतको अन्तिम प्रक्रियासम्म न्याय प्रणालीलाई समग्र रूपमा सुधार गर्ने उद्देश्यले प्याकेज ल्याइएको हो ।

    श्रीलङ्काका अदालतमा करिब ११ लाख मुद्दा विचाराधीन रहेको सरकारी तथ्याङ्क छ । आपराधिक मुद्दाको टुङ्गो लाग्न औसतमा करिब १७ वर्ष लाग्ने गरेको छ भने कतिपय नागरिक मुद्दा दशकौँसम्म लम्बिने गरेका छन् । सरकारले यस्तो ढिलाइ अन्त्य गर्न न्यायिक संरचना र जनशक्ति दुवै विस्तार गर्नुपर्ने जनाएको छ ।

    प्रस्तावित संवैधानिक संशोधनअनुसार अपिल अदालतका न्यायाधीशको सङ्ख्या २० बाट बढाएर २५ पुर्‍याउने र थप १० उच्च अदालत स्थापना गर्ने योजना छ । कोलम्बोमा मुद्दा चलिरहेका पक्षलाई लामो दूरीको यात्रा गर्न नपरोस् भनेर विभिन्न प्रदेशमा अपिल अदालत स्थापना गर्ने प्रस्ताव पनि गरिएको छ ।

    सरकारले सर्वोच्च अदालतका न्यायाधीशको अवकास उमेर ६५ बाट बढाएर ६७ वर्ष पुर्‍याउने तथा १० हजार प्रहरी जवान र सयौँ अदालतका कर्मचारी नियुक्त गर्ने योजना अघि सारेको छ ।

    राष्ट्रपति दिसानायकेले गत साता बार एसोसिएसन अफ श्रीलङ्का (बीएएसएल) का प्रतिनिधिसँगको बैठकमा प्रस्तावित सुधार व्यापक प्रक्रियाको हिस्सा भएको बताउनुभएको थियो । अनुसन्धानबाट सुरु हुने न्यायिक प्रक्रियालाई अदालतको अन्तिम चरणसम्म प्रभावकारी बनाउने दृष्टिकोणअनुसार सुधार अघि बढाइएको उहाँको भनाइ थियो ।

    तर बीएएसएलले न्यायाधीशको अवकास उमेर बढाउने प्रावधानप्रति विशेष आपत्ति जनाएको छ । आगामी नोभेम्बरमा ६५ वर्ष पुगेर अवकास लिने प्रधानन्यायाधीश प्रीति पद्मन सुरसेनाको कार्यकाल लम्ब्याउने उद्देश्यले यस्तो व्यवस्था ल्याइएको हुन सक्ने कानून व्यवसायीहरूको आशङ्का छ ।

    सुरसेना गत वर्ष दिसानायके नेतृत्वको सरकारले प्रधानन्यायाधीशमा नियुक्त गरेको थियो । उहाँले सरकारका नीतिगत लक्ष्यलाई समर्थन गर्ने गरी न्यायिक निर्णयमा पक्षपात गरेको आरोप विपक्षी दलहरूले लगाउँदै आएका छन् । सरकार र प्रधानन्यायाधीश दुवैले त्यस्तो आरोप अस्वीकार गरेका छन् ।

    सरकारले न्यायपालिकामा हस्तक्षेप गर्न खोजेको आरोप पनि अस्वीकार गर्दै सुधारको उद्देश्य न्यायिक कामकारबाही प्रभावकारी बनाउनु र मुद्दा फर्छ्योटमा भइरहेको ढिलाइ घटाउनु रहेको स्पष्ट पारेको छ ।

    प्रस्तावित सुधारप्रति अन्तर्राष्ट्रिय चासोसमेत बढेको छ । संयुक्त राष्ट्रसङ्घकी न्यायाधीश तथा वकिलको स्वतन्त्रतासम्बन्धी विशेष प्रतिवेदक मार्गरेट स्याटरथवेटले गत साता श्रीलङ्का सरकारसँग प्रस्तावित परिवर्तनले न्यायाधीशको स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नेबारे स्पष्टीकरण माग्नुभएको थियो ।

    सुधार विधेयक पारित गर्न संसद्मा दुईतिहाइ बहुमत आवश्यक पर्नेछ । हाल सरकारसँग आवश्यक बहुमत रहेको बताइएको छ र विधायी प्रक्रिया पूरा गर्न करिब दुई महिना लाग्ने अनुमान गरिएको छ ।

    श्रीलङ्काका अधिकारीहरूले पूर्वराष्ट्रपति महिन्दा राजापाक्ष र उहाँका परिवारका सदस्यसँग सम्बन्धित भ्रष्टाचारविरोधी अनुसन्धान तीव्र बनाइरहेका बेला न्यायिक सुधार प्रस्ताव गरिएको हो । राजापाक्ष परिवारमाथि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र राज्यकोष दुरुपयोगलगायतका आरोपमा अनुसन्धान भइरहेको छ । उहाँहरू र परिवारका सदस्यहरूले भने कुनै पनि गलत काम गरेको आरोप अस्वीकार गर्दै आएका छन् ।

    न्यायिक प्रणालीमा थुप्रिएका ठूलो सङ्ख्याका मुद्दा फर्छ्योट गर्ने सरकारी उद्देश्य र न्यायपालिकाको स्वतन्त्रता संरक्षण गर्नुपर्ने मागबीच सुधार प्रक्रिया अघि बढ्ने भएकाले आगामी दिनमा संसद् र कानूनी क्षेत्रमा यसबारे थप बहस हुने देखिएको छ ।

    (रासस/एएफपी)

    मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.