• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

पार्टीस्कुलले अध्ययन गर्ने बानीलाई सुधार्न मदत गर्छ : शाही (भिडियोसहित)


  •   बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
  • मिलन शाही, राष्ट्रिय जनमोर्चा बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी

    Advertisement

    0 राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुलमा भाग लिन आउनुभएका राजमो कैलालीका अध्यक्ष मिलन शाहीलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ ।

    – धन्यवाद ।

    0 आरामै हुनुहुन्छ ?

    – ठिकै छ सर ।

    0 अनि प्रशिक्षणमा त पूरै दिन बस्नुभयो, होइन ?

    – अँ, बसेँ ।

    0 कस्तो रह्यो त यो प्रशिक्षण ?

    – प्रशिक्षण एकदमै उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो । सुरुमा हामीले अर्कै सोचेका थियौँ तर प्रशिक्षण सोचेभन्दा धेरै राम्रो भयो । हाम्रा महामन्त्रीको दार्शनिक अध्ययन र सिकाउने कलाका साथै अन्य प्रशिक्षक साथीहरूको क्षमताले गर्दा उपस्थित सम्पूर्ण साथीहरू साह्रै उत्साहित भएका छौँ ।

    0 यो १५ दिने प्रशिक्षणको क्रममा कुनकुन विषयमा कक्षा लिनुभयो ?

    – यो १५ दिनको अवधिमा माक्र्सवाद–लेनिनवाद, ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद, स्वास्थ्यसम्बन्धी विषय र व्यावहारिक कक्षालगायत थुप्रै विषयमा अध्ययन–अध्यापन भयो ।

    0 जति पनि विषय सिकाइए, तीमध्ये तपाईंलाई सबैभन्दा बढी मन परेको वा प्रस्टसँग बुझेको विषय कुन थियो ?

    – अचेल पढ्ने संस्कृति अलि घटेको छ । मन पर्ने विषयको कुरा गर्दा माक्र्सवाद–लेनिनवाद र द्वन्द्वात्मक भौतिकवाद नै हो । यी सिद्धान्त र विचार अध्ययन गर्दा साह्रै रुचि लाग्छ ।

    0 यो प्रशिक्षणमा पनि तपाईंहरूलाई माक्र्सवाद–लेनिनवादका विषयमा पढाइयो ?

    – पढाउनुभयो, एकदमै राम्रोसँग पढाउनुभयो ।

    0 त्यो तपाईंले बुझ्नुभयो त ?

    – अँ, बुझेँ । माक्र्सवाद–लेनिनवादले कुनै पनि घटना वा वस्तुको सही र वस्तुनिष्ठ ढङ्गले, प्रमाणसहित व्याख्या र विश्लेषण गर्छ । सही कुराको सही मूल्याङ्कन गर्ने यसको पदार्थनिष्ठ दृष्टिकोणले गर्दा नै मलाई यसमा बढी रुचि लागेको हो ।

    0 अघिल्ला पार्टी स्कुलभन्दा यसपालि ‘व्यावहारिक कक्षा’ वा व्यावहारिक प्रशिक्षणमा बढी जोड दिइयो भन्ने कुरा छ । कस्तो रह्यो त्यो व्यावहारिक प्रशिक्षण ?

    – पहिले भारतमा वा जिल्ला र क्षेत्रमा पनि पार्टी कक्षा लिइन्थ्यो तर यसपालि केन्द्रीयस्तरको पार्टीस्कुलमा सहभागी हुन पाउँदा धेरै खुसी र उत्साहित छौँ । पार्टीले सञ्चालन गरेको व्यावहारिक कक्षाले कार्यकर्तालाई काम गर्ने सही दिशानिर्देश गरेको छ ।

    गाउँघरमा मानिसहरू राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल) लाई सही पार्टी त भन्छन् तर भोट दिने बेला दिँदैनन्, तैपनि हामी सिद्धान्तमा स्पष्ट छौँ । माक्र्स, लेनिन र हाम्रा महामन्त्री मोहनविक्रम सिंहले अँगाल्नुभएको दार्शनिक बाटोलाई नेपालका अन्य वामपन्थी दलले पनि

    इमानदारीपूर्वक पछ्याउने हो भने समाजवाद र साम्यवाद असम्भव छैन । यो प्रशिक्षणले आदिम साम्यवाददेखि पुँजीवादसम्मको विकासक्रम र पुँजीवादको पतन अवश्यम्भावी छ भन्ने कुरालाई व्यावहारिक रूपमा प्रस्ट पारेको छ । यसले हामीमा नयाँ ऊर्जा थपेको छ ।

    0 कम्युनिस्ट बढी अध्ययन गर्छन् र त्यसमा पनि मसाल–राजमोका कार्यकर्ता अझ बढी पढ्छन् भनिन्छ । यत्तिका अध्ययन गर्ने कार्यकर्ताका लागि पनि यस्तो केन्द्रीयस्तरको प्रशिक्षण आवश्यक थियो र ?

    – एकदमै आवश्यक छ । पछिल्लो समय प्रविधिको विकास र मोबाइलको प्रयोगले गर्दा मानिसमा अध्ययन गर्ने बानी घटेको छ । कार्यकर्तामा पनि केही निष्क्रियता वा अध्ययनमा कमी आएको देखिन्छ । त्यसैले यस्ता कक्षाले हराउँदै गएको बानीलाई सुधार्न र नयाँ ऊर्जा भर्न मदत गर्छन् । महामन्त्रीको समयअनुकूल भएमा यस्ता कक्षा प्रदेश र जिल्लास्तरमा पनि निरन्तर चलाउनुपर्छ, जसले गर्दा निष्क्रिय भएका साथीहरू पुन: क्रियाशील हुन सकुन् ।

    0 अब यो प्रशिक्षणपछि जिल्ला फर्किंदा कसरी काम गर्ने सोच बनाउनुभएको छ ?

    – पार्टीले दिने योजना र निर्देशिकाअनुसार नै काम गर्ने हो । व्यवहार र घरका व्यावहारिक र आर्थिक समस्यालाई सन्तुलनमा राख्दै तोकिएको क्षेत्र र जिल्लामा आफ्नो क्षमताले भ्याएसम्म इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

    0 १५ दिनको यो प्रशिक्षणपछि तपाईंलाई थप केही विशेष जिम्मेवारी दिइएको छ ?

    – त्यस्तो नयाँ जिम्मेवारी त केही तोकिएको छैन तर अब हुने जिल्ला सम्मेलन, नगर तथा वडास्तरका कार्यक्रम र साङ्गठनिक गतिविधिलाई तीव्रता दिने काम हुने छ । साथै अध्ययन र पुस्तक पढ्ने क्रमलाई निरन्तरता दिनुपर्छ भन्ने कुरालाई मनन गरेको छु ।

    0 अन्त्यमा युगदर्शन मिडियामार्फत केही भन्नुपर्ने कुरा बाँकी छन् ?

    – सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला र मेरो व्यक्तिगत तर्फबाट युगदर्शन मिडिया तथा कार्यकारी सम्पादक प्रकाश थापामगरलगायत सम्पूर्ण मिडिया टोलीलाई धेरैधेरै धन्यवाद । सम्पूर्ण दर्शक तथा कम्युनिस्ट विचारधारा मान्ने वर्ग र समुदायलाई माक्र्सवाद–लेनिनवादलाई वस्तुनिष्ठ रूपमा बुझेर देशलाई समाजवाद उन्मुख दिशामा लैजान हातेमालो गर्न अपिल गर्दछु ।

    बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.