• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

महिला सङ्घ राप्ती–१ को अध्यक्षमा जिसी

सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा

स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा

कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति

राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी हुँदैन – मोहनविक्रम सिंह

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ३. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ४. कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ६. महिला संघकी महासचिव शकुन्तला रानाको निधन

  • ७. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ८. महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

  • ९. तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

  • १०. बालेन्द्र सरकार सिद्धान्त र कार्यक्रम नभएको स्वेच्छाचारी : सिंह (भिडियोसहित)

बझाङमा चैत–वैशाखबाट बजेट कार्यान्वयन हुन्छ : धामी (भिडियोसहित)


  •   मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
  • कर्णबहादुर धामी, राष्ट्रिय जनमोर्चा बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी 

    Advertisement

    0 राष्ट्रिय जनमोर्चाको बाइसौँ केन्द्रीय प्रशिक्षणमा सहभागी हुन आउनुभएका राजमो बझाङका अध्यक्ष कर्णबहादुर धामीलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ । आरामै हुनुहुन्छ ?

    – हजुर, आरामै छु ।

    0  यहाँ प्रशिक्षणमा तपाईं पछिल्लो साउन ११ गतेदेखि आउनुभएको छ, हैन ? अहिलेसम्म के के विषयमा प्रशिक्षण सुन्नुभयो र के के सिक्नुभयो ?

    -अहिलेसम्म सङ्गठनको बारेमा र खबरदारीका विषयमा सिकेँ । पार्टीसङ्गठन कसरी अगाडि बढाउने र अन्तर्राष्ट्रिय परिवेश कस्तो छ भन्ने कुरा सिकेको छु । केही कुरा सिकेको छु, सबै त सिकिसकेको छैन । अलिअलि कुरा सिकेर नोट पनि गरेको छु । घर गएर अध्ययन पनि गर्नेछु ।

    0 कति वर्षको हुनुभयो हजुर ?

    -म अहिले ६७ वर्ष भएँ ।

    0 ६७ वर्ष हुनुभयो । अनि यो उमेरमा आएर यसरी स्कुलमा प्रशिक्षण लिँदा तपाईंलाई अलि अप्ठ्यारो महसुस भएको छैन ?

    – के अप्ठ्यारो हुनु ? जिल्ला परिषद्, स्थानीय तह र केन्द्रीय कार्यक्रममा पनि बस्दै आएकै हो । अप्ठ्यारो त केही हुँदैन तर धेरै बोल्न सकिँदैन । म धेरै बोल्दिनँ, अलि कम र ठोस कुरा गर्छु ।

    0 अहिलेसम्म मुख्य रूपमा कुनकुन प्रशिक्षक आएर तपाईंलाई प्रशिक्षण दिनुभयो ?

    – मलाई सङ्गठनको बारेमा, अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा, नेपालको राजनीतिका बारेमा र यहाँ भएका साथी तथा दाजुभाइको माझमा कसरी जाने र के गर्ने भन्ने विषयमा प्रशिक्षण र सल्लाह भएको छ ।

    0 अहिलेसम्म पढाएका सबै विषय तपाईंले प्रस्ट बुझ्नुभएको छ ?

    – बुझेको छु, अलिअलि बुझेको छु । सबै त बुझ्न सकिएन तर अलिअलि बुझेको छु ।

    0 यो प्रशिक्षण लिइसकेपछि आफूमा ज्ञान वा जानकारीको कमी रहेछ भन्ने महसुस भयो कि भएन ?

    – भयो हजुर, त्यो त धेरै महसुस भएको छ । आफूबाट पनि कमजोरी हुन्छ, नहुने कुरा होइन । हामी मानव हौँ, मानव भएपछि गल्तीकमजोरी हुन्छ तर हामीले स्वीकार्नुपर्छ । ‘मैले यो ठाउँमा गल्ती गरेँ’ भनेर स्वीकार्नु हाम्रो कर्तव्य हो ।

    0– अहिलेको प्रशिक्षणमा ‘व्यावहारिक क्लास’ पनि भएको छ भनेर सुनेका छौँ । त्यो ‘व्यावहारिक क्लास’ भनेको कस्तो हो ?

    – व्यावहारिक क्लास भनेको पार्टीभित्रका दाजुभाइ बसेर केन्द्रीयस्तरमा छलफल गर्ने, कुन जिल्लामा के भइरहेको छ र के गर्ने भन्नेबारे आपसमा सरसल्लाह र कार्यान्वयन गर्ने प्रक्रिया हो ।

    0 अघि तपाईंले सङ्गठन निर्माणमा जोड दिने कुरा गर्नुभयो । यो प्रशिक्षणमा भाग लिइसकेपछि अब सङ्गठन यसरी विकास गर्नुपर्छ भन्ने केही विचार वा योजना आएको छ ?

    – आएको छ हजुर ।

    0 के विचार आएको छ ?

    – यहाँबाट गाउँ फर्केपछि दुईचार जनाको सङ्गठन बनाएर अगाडि बढ्छु । म एक्लै भए पनि लाग्नेछु र मेरा दाजुभाइलाई सक्दो सहयोग गर्दै दिमागले भ्याएसम्म यो बाटोमा निरन्तर लागिरहनेछु । अहिलेसम्म अरू पार्टीका साथीहरूले ‘तपाईं जनमोर्चामा किन जाने ? छोडिदिनुस्’ भन्छन् । तर म भन्छु– मर्ने बेला अब अन्य ठाउँमा गएर काम छैन, सबैको खेल देखेको छु । म कुनै पार्टीमा जाँदिनँ, यसै पार्टीमा निरन्तर लाग्छु ।

    0 राष्ट्रिय जनमोर्चा निष्कलङ्क पार्टी हो भन्ने मानिन्छ । अहिसम्म राष्ट्रिय जनमोर्चाका कुनै पनि सदस्यले भ्रष्टाचार वा अनियमितता गरेको सुनिएको छैन । फेरि पनि तपाईंहरूको पार्टीमा मान्छे धेरै नलाग्नुको कारण के होला ?

    – अहिलेको जमाना स्वार्थी छ । पुँजीवादी व्यवस्था भएकाले मानिस स्वार्थी छन् । जहाँ स्वार्थ हुन्छ, मानिसहरू त्यहीँ जान खोज्छन् । हामी निस्वार्थी छौँ, त्यसैले निस्वार्थी ठाउँमा धेरै मान्छे लाग्दैनन् ।

    0 तपाईंको बझाङ जिल्लामा भौतिक पूर्वाधार र सडक विकासको अवस्था कस्तो छ ?

    – त्यहाँ विकास भएको छ तर अलिअलि । गाडी पुगेका छन्, यातायात र भौतिक सुविधा उपलब्ध भएको छ तर जति हुनुपर्ने हो, त्यति भएको छैन । मेरो बझाङ जिल्लामा चीनको सीमानामा रहेको साइपाल गाउँपालिकामा मात्र गाडी पुगेको छैन, अरू ठाउँमा पुगिसकेको छ । बझाङमा दुईटा नगरपालिका र आठ/नौओटा गाउँपालिका छन् । साइपालबाहेक अरू ठाउँमा गाडी पुगिसकेको छ ।

    0 बझाङका जनताको मुख्य समस्या के हो भन्ने लाग्छ तपाईंलाई ?

    – बझाङमा खानेपानीको समस्या छ । केन्द्रबाट बिजुली गएको छ तर त्यो बिजुली पनि कति बेला बन्द हुन्छ, ठेगान हुँदैन । साँझ खाना खाने समयमा नै बिजुली बन्द भइरहेको हुन्छ । जनताले काम पाउन सकेका छैनन् । विद्यालयमा शिक्षक नआउने समस्या छ । खेतीपातीको सन्दर्भमा समयमा कुलो र पानीको व्यवस्था हुँदैन । यावत् समस्या छन् ।

    0 भनेपछि शिक्षा, स्वास्थ्य, रोजगारी सबै क्षेत्रमा समस्या छ ?

    – सबै क्षेत्रमा समस्या छ हजुर । मेरो आफ्नै गाउँको कुरा गर्दा मैले २०५७ सालमा सर्वदलीय समितिबाट ४५ लाखको योजना लिएको थिएँ । त्यति बेला म राष्ट्रिय जनमोर्चाको अध्यक्ष थिएँ । जयपृथ्वी नगरपालिका वडा नं . ९ को देवल भन्ने ठाउँमा खानेपानीको एउटा मात्र धारा थियो । मैले १० वर्षसम्म चलाउने गरी योजना बनाएर घरघरमा धारा जडान गरिदिएँ । बिचमा विमानस्थलका प्रहरीलाई पनि पानीको सुविधा मिलाइदिएँ तर पछि मानिसहरूले ममाथि नै पैसा खाएको आरोप लगाए । मैले छाडेपछि अहिले त्यहाँ बिजोग छ । पहिले सहुलियत दिएर काम गर्दा पनि जस पाइएन तैपनि मैले गाउँका लागि खानेपानी, सिँचाइ र शिक्षामा सहयोग पुर्‍याएकै हो ।

    0 बझाङमा विकास नहुनुको मुख्य कारण बजेट माथिबाट नगएर हो कि बजेट गएर पनि भ्रष्टाचार हुने र सही समयमा निकास नहुने समस्याले गर्दा हो ?

    कर्णबहादुर– बजेट जान्छ हजुर तर आफ्नै च्यानलबाट हाल्छन् । जेठअसारमा बजेट पास हुन्छ तर बझाङजस्तो दुर्गम ठाउँमा रातो किताब पुग्दा असोज भइसक्छ । त्यसपछि काम सुरु हुँदा चैत–वैशाख पुग्छ । चैत, वैशाख, जेठ, असार गरी तीनचार महिनामा कति नै काम हुन्छ ? हतारहतार अलिअलि काम गर्‍यो, कमिसन खायो र बजेट सिध्याउने काम मात्र हुन्छ ।

    0 नयाँ सरकार आएपछि केही फरक वा सकारात्मक सङ्केत देख्नुभएको छ ?

    – ६५ वर्षमै सामाजिक सुरक्षाभत्ता दिने भन्ने कुरा मोबाइलमा सुनेको थिएँ, दिन्छन् कि दिँदैनन् थाहा छैन । अरू विकासका काम त केही भएकोजस्तो लाग्दैन ।

    0 प्रशिक्षणबाट फर्केर गइसकेपछि यहाँ सिकेका कुरालाई कसरी व्यवहारमा लैजाने योजना बनाउनुभएको छ ?

    – केही योजना बनाएको छु, बाँकी घर गएर बनाउँछु । नोट गरेको छु, कापी र कलम छ । केही किताब पनि यहाँबाट लिएको छु । घर गएर अध्ययन गर्छु र अध्ययन गरेपछि पार्टी काममा लाग्नेछु ।

    0 फर्किँदा स्कुलले तपाईंलाई केही निश्चित जिम्मेवारी वा काम दिन्छ कि ?

    कर्णबहादुर– त्यो त थाहा छैन हजुर । म अधिवेशनमा आएको भए पनि यो प्रशिक्षण स्कुलमा पहिलोपटक हो । त्यसैले जिम्मेवारी दिन्छन् कि दिँदैनन् थाहा छैन ।

    0 जिम्मेवारी दिए पनि/नदिए पनि आफ्नो ढङ्गले त काम गर्नुहुन्छ नि ?

    – म काम गरिरहेको छु र गर्ने पनि छु । जति समय मिल्छ, त्यति समय दिनेछु ।

    0 अन्तमा युगदर्शन मिडियामार्फत भन्नुपर्ने केही कुरा छुटेका छन् कि ?

    – मेरो लागि यो धेरै ठुलो गौरवको कुरा हो । तपाईंहरूले समय दिनुभयो, त्यसका लागि म आभारी छु । मेरो सुदूरपश्चिम र सबभन्दा पिछडिएको जिल्ला बझाङमा विकासको नाममा केही भएको छैन, खालि नाराको भरमा मात्र काम भइरहेको छ । म बझाङमा सर्वदलीय बैठकमा बस्दा पनि साना पार्टीलाई बोल्नै दिँदैनन् । जे होस्, तपाईंहरूलाई धन्यवाद, आभारी छु र मेरो शुभकामना ।

    मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)
    पार्टीको नीति र पद्धतिअनुरूप सिक्न आएका थियौँ : बरैमगर (भिडियोसहित)
    पार्टीस्कुलमा कसरी अगाडि बढ्ने भन्ने कुरा सिकाइयो : झक्कुप्रसाद (भिडियोसहित)
    शिक्षकले पढाउनु र आफैँले मात्र अध्ययन गर्नुमा धेरै फरक हुन्छ : क्षेत्री (भिडियोसहित)
    स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

    • ३.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ४.
      कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ६.
      महिला संघकी महासचिव शकुन्तला रानाको निधन

    भर्खरै

    • १.
      महिला सङ्घ राप्ती–१ को अध्यक्षमा जिसी

    • २.
      सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा

    • ३.
      स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा

    • ४.
      कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति

    • ५.
      राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

    • ७.
      ‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

    • ८.
      रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.