• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

महिला सङ्घ राप्ती–१ को अध्यक्षमा जिसी

सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा

स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा

कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति

राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी हुँदैन – मोहनविक्रम सिंह

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ३. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ४. कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ६. महिला संघकी महासचिव शकुन्तला रानाको निधन

  • ७. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ८. महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

  • ९. तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

  • १०. बालेन्द्र सरकार सिद्धान्त र कार्यक्रम नभएको स्वेच्छाचारी : सिंह (भिडियोसहित)

शिक्षकले पढाउनु र आफैँले मात्र अध्ययन गर्नुमा धेरै फरक हुन्छ : क्षेत्री (भिडियोसहित)


  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
  • रामकुमार क्षेत्री, राष्ट्रिय जनमोर्चा बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी

    Advertisement

    ० राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुलमा भाग लिन आउनुभएका राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ ।

    :: धन्यवाद ।

    ० आरामै हुनुहुन्छ ?

    :: हजुर, आरामै छु ।

    ० आज तपाईंहरूको कार्यक्रम समाप्त भयो ?

    :: हजुर, आज समापन भयो ।

    ० १५ दिनको यो प्रशिक्षण कस्तो रह्यो ?

    :: १५ दिनको प्रशिक्षण असाध्यै राम्रो रह्यो । गत वर्ष र त्यसअघिका वर्षमा जस्तै हरेक वर्ष यो प्रशिक्षण चलिरहन्छ । त्यसैले गर्दा यो पार्टीस्कुल यस वर्ष पनि असाध्यै राम्रो भयो र धेरै व्यवस्थित तरिकाले सञ्चालन गरियो ।

    ० यो प्रशिक्षण जिल्ला अध्यक्षको भनिएको थियो । सबै जिल्लाबाट सहभागी आउनुभयो ?

    :: प्राय: सबै जिल्लाबाट सहभागिता थियो । पुराना, अनुभवी र जिल्ला अध्यक्ष तहका साथी तथा अध्यक्ष नै आउनुभएको थियो । प्रशिक्षण धेरै राम्रो भयो ।

    ० यस प्रशिक्षणमा मुख्यतया के के विषयमा छलफल भयो ?

    :: मुख्यतया सैद्धान्तिक तथा व्यावहारिक विषय र माक्र्सवादी दर्शनबारे राम्रोसँग अध्ययन गरियो । १५ दिनको अध्ययनले कार्यकर्ताको वैचारिक सङ्घर्षलाई थप ऊर्जा दिएको छ । आआफ्नो क्षेत्रमा गएर काम गर्न यसले हाम्रो क्षमता अभिवृद्धि गर्न ठुलो सहयोग पुर्‍याएको छ ।

    ० यसपटकको प्रशिक्षणमा पहिलेको भन्दा फरक ‘व्यावहारिक प्रशिक्षण्ॉ’ पनि राखियो भन्ने सुनिएको थियो । त्यो व्यावहारिक प्रशिक्षण कस्तो थियो ?

    :: व्यावहारिक प्रशिक्षण असाध्यै राम्रो भयो । हामी बारम्बार सैद्धान्तिक प्रशिक्षणमा त भाग लिइरहेकै हुन्छौँ तर सिद्धान्त र व्यवहारलाई जोड्नु मुख्य कुरा हो । सैद्धान्तिक ज्ञान मात्र पर्याप्त हुँदैन, त्यसलाई व्यावहारिक रूपमा कसरी लागु गर्ने, कुन परिस्थितिमा कसरी काम गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । हामी द्वन्द्ववादी, भौतिकवादी वा कस्तो चिन्तनबाट निर्देशित हुने ? कार्यक्षेत्रमा जाँदा परिस्थितिजन्य काम कसरी गर्ने भन्ने विषयमा व्यावहारिक रूपबाट नै नयाँ ढङ्गले प्रशिक्षण भयो ।

    ० माओत्सेतुङको ‘व्यवहारबारे’ पुस्तक अध्ययन गरेर मात्रै नपुग्ने हो र ? यो अझै फरक विषय हो कि के हो ?

    :: तपाईंले धेरै राम्रो प्रश्न सोध्नुभयो । पुस्तक अगाडि भएपछि विद्यार्थीले अध्ययन त गर्छन् तर शिक्षकले व्यावहारिक रूपमा पढाउनु र आफैँले मात्र अध्ययन गर्नुमा धेरै फरक हुन्छ । पढेर मात्र पुग्दैन, त्यसलाई यथार्थमा र व्यावहारिक रूपमा उतार्न मार्गदर्शन गर्ने प्रशिक्षकको आवश्यकता पर्छ । प्रशिक्षकले हामीलाई व्यावहारिक अनुभवसहित पढाउनुभएकाले यसले हाम्रो चेतनाको स्तर बढाउन ठुलो सहयोग पुर्‍याएको छ ।

    ० यो व्यावहारिक प्रशिक्षणमा दोहोरो संवाद भयो भन्ने सुनियो । यस्तो दोहोरो संवाद त बैठक वा कार्यशालामा पनि हुन्छ, यो प्रशिक्षण कुन अर्थमा फरक रह्यो ?

    :: सामान्यतया प्रश्नोत्तर र छलफल त सधैँ भइरहन्थ्यो तर यसपटक अलि फरक तरिकाले अभ्यास गरियो । अध्ययन गरेका विषय र आफ्ना अनुभवलाई कसरी लागु गर्ने ? मैदानमा गएर जनतासँग कसरी व्यवहार गर्ने भन्ने विषयमा व्यावहारिक अभ्यास गराइयो । यसले अनभिज्ञ वा स्पष्ट नभएका प्रशिक्षार्थीलाई पनि धेरै कुरा छर्लङ्ग पारेको छ । यो एउटा दुर्लभ र महत्त्वपूर्ण अवसर थियो, जसलाई हामीले राम्रोसँग उपयोग गर्‍यौँ ।

    ० प्रशिक्षणका २६/२७ ओटा विषयमध्ये तपाईंलाई सबैभन्दा बढी स्पष्ट र मन परेको विषय कुन थियो ?

    :: विशेष गरी द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद र माक्र्सवादी दर्शनका विषय धेरै स्पष्ट भए । जल, जमिन र जीवनको सम्बन्ध, मानव उत्पत्तिको इतिहास, विभिन्न कालखण्डका घटना र तिनका समाधानका उपायबारे छलफल भयो, साथै वर्तमान राजनीतिक परिस्थितिमा हामीले कसरी काम गर्ने ? व्यक्तिगत स्वार्थ र व्यक्तिगत जीवनभन्दा माथि उठेर सामूहिक, राजनीतिक र देशको निम्ति कसरी निस्वार्थ रूपमा समर्पित हुने भन्ने कुरा व्यावहारिक रूपमा सिक्यौँ । निवार्थी भावनाले समाजसेवा गर्ने, फलको आशा नगरी मिहिनेत र परिश्रमका साथ अरूलाई सहयोग गर्ने विषय नै मुख्य रहे ।

    ० कम्युनिस्ट र खास गरी नेकपा (मसाल) अथवा राष्ट्रिय जनमोर्चाका साथीहरू धेरै पढ्छन्, पढाउँछन् भन्ने गरिन्छ तर सङ्गठनको आकार सानो छ । यो प्रशिक्षणपछि सङ्गठनको विकासमा योगदान पुग्छ भन्ने आशा छ ?

    :: तपाईंले ठिक कुरा उठाउनुभयो । अन्य राजनीतिक दलले मसालमा अलि बढी अध्ययन–अध्यापन हुन्छ भन्छन् । वास्तवमा बुझ्ने हो भने मसालमा मात्र होइन, कङ्ग्रेस, एमाले, माओवादी र अन्य दलमा पनि अध्ययन आवश्यक हुन्छ । अध्ययन नगरी अघि बढ्दा विगतका कतिपय आन्दोलन असफलतातिर गएका इतिहास छन् । अध्ययन गरिसकेपछि सबै कुरा शत्प्रतिशत तुरुन्तै व्यावहारिक परिणाममा आउँछ भन्ने त होइन तर नयाँ पुस्तालाई अध्ययनको महत्त्व बुझाउन यसले ठुलो टेवा पुर्‍याउँछ ।

    माक्र्सवादी वा द्वन्द्वात्मक भौतिकवादी अध्ययनले मानिसलाई वैचारिक रूपमा परिपक्व र निस्वार्थी बनाउँछ । राजनीतिक फाइदाघाटा वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र देशको सेवा गर्न यस्तै अध्ययनले प्रेरित गर्छ । त्यसैले यो अध्ययनले पक्कै पनि सङ्गठन निर्माण र सुदृढीकरणमा सकारात्मक प्रभाव पार्नेछ ।

    ० प्रशिक्षणमा सङ्गठन सुदृढीकरणसम्बन्धी विषय पनि समेटिएका थिए ?

    :: हो, सङ्गठन सुदृढीकरणका विषय पनि थिए । अहिलेको समाज र राजनीतिमा धेरैजसो मानिस अवसर, नाफा र घाटा खोजिरहेका हुन्छन् तर राजनीति नाफाघाटाका लागि नभई निस्वार्थ सेवाका लागि हुनुपर्छ । मानिस जन्मजात स्वार्थी हुँदैन, उसले पाउने शिक्षा, परिवार र समाजले उसको दृष्टिकोण तय गर्छ । यदि सही कार्यदिशा, सही अध्ययन र वातावरण मिल्यो भने मानिस सही बाटोमा लाग्छ । सङ्गठन सुदृढीकरणका लागि यो चेतना फैलाउनु आवश्यक छ ।

    ० यस प्रशिक्षणबाट फर्किएपछि राष्ट्रिय जनमोर्चाको सङ्गठन र सङ्घर्षको स्वरूपमा परिवर्तन आउने आशा गर्न सकिन्छ ?

    :: परिवर्तनको सुरुआत पहिलो कुरा आफूबाटै हुनुपर्छ । म सही भएँ र मेरो दृष्टिकोण सही भयो भने मात्रै पार्टी र सङ्गठन सही हुन्छ । भ्रष्टाचार, लोभ र व्यक्तिगत स्वार्थमा लिप्त भएर सङ्गठन बन्दैन । हामीले समाज, गाउँ र देशलाई कसरी क्रान्तिकारी रूपमा रूपान्तरण गर्ने भन्ने सोच्नुपर्छ । यो शिक्षा हामीले गाउँघर र जनतामाझ लैजानेछौँ । परिवर्तन रातारात हुने कुरा होइन, यो कठिन र लामो यात्रा हो तर यसले सकारात्मक फरक पक्कै पार्नेछ ।

    ० गुल्मी फर्किएपछि त्यहाँको सङ्गठन विकास र सङ्घर्षलाई उचाइमा पुर्‍याउन के कस्ता कार्ययोजना बनाउनुभएको छ ?

    :: गुल्मी फर्किएपछि हामी पार्टीको बैठक बसेर व्यवस्थित योजना बनाउनेछौँ । राष्ट्रिय जनमोर्चाको विशेषता के हो भने हामी सबैलाई अपनत्व दिन्छौँ । कोही पनि मानिस जन्मँदै कुनै पार्टीको निधारमा टिको लगाएर आएको हुँदैन । त्यसैले हामी सबै जनतासँग सहकार्य गर्छौँ । जनमोर्चा सबैको साझा चौतारी बन्नुपर्छ ।

    हामी जिल्लामा गएर साङ्गठनिक आधार तयार गर्ने, विकासका योजनामा सहयोग पुर्‍याउने र पालिका तथा वडामा रहेका समस्या समाधान गर्न नेतृत्वसँग संवाद गर्नेछौँ । कङ्ग्रेस, एमाले वा माओवादी नभनी सबैलाई जानेका कुरा सिकाउने र उनीहरूबाट पनि सिक्ने काम गर्नेछौँ । जनताको चेतनास्तर उठाउन र राम्रा काममा सहकार्य गर्न हामी निरन्तर लाग्नेछौँ ।

    ० यो प्रशिक्षणपछि तपाईंहरूलाई व्यक्तिगत रूपमा पनि केही खास जिम्मेवारी दिइएको छ ?

    :: छ, हामीलाई मुख्य जिम्मेवारी अध्ययनकै दिइएको छ । पार्टीले तोकेका महत्त्वपूर्ण पुस्तक निरन्तर अध्ययन गर्नुपर्छ । सिद्धान्त र व्यवहार नङ र मासुजस्तै हुन् । पुस्तक अध्ययन गर्ने, ग्राउन्डमा गएर जनताको बिचमा काम गर्ने, उनीहरूलाई सिकाउने र उनीहरूका अनुभवबाट आफूले पनि सिक्ने जिम्मेवारी हामीलाई दिइएको छ ।

    ० अन्त्यमा, युगदर्शन मिडियामार्फत केही भन्न चाहनुहुन्छ ?

    :: युगदर्शन मिडियाले कार्यकर्ताको अन्तर्वार्ता लिने मात्र नभई देशविदेशमा रहेका नेपालीका वास्तविक समस्या उजागर गर्ने काम गरेको छ । वैचारिक र चेतनाको स्तर उठाउन तथा दूरदराजका यथार्थ समाचार निष्पक्ष रूपमा सम्प्रेषण गर्न यसले खेलेको भूमिका प्रशंसनीय छ । युगदर्शनले कहिल्यै झुटो वा तथ्यहीन कुरा गर्दैन, सधैँ यथार्थ समाचार प्रकाशित गर्छ । भविष्यमा पनि यसले निष्पक्षता, सत्यता र लोकप्रियतालाई कायम राख्दै अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

    सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महिला सङ्घ राप्ती–१ को अध्यक्षमा जिसी
    स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा
    कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न संस्थापन इतर समूह सर्वोच्च जाने
    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)
    बंगलादेशी प्रधानमन्त्रीलाई धर्मसंकट
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

    • ३.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ४.
      कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ६.
      महिला संघकी महासचिव शकुन्तला रानाको निधन

    भर्खरै

    • १.
      महिला सङ्घ राप्ती–१ को अध्यक्षमा जिसी

    • २.
      सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा

    • ३.
      स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा

    • ४.
      कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति

    • ५.
      राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

    • ७.
      ‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

    • ८.
      रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.