• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

महिला सङ्घ राप्ती–१ को अध्यक्षमा जिसी

सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा

स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा

कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति

राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी हुँदैन – मोहनविक्रम सिंह

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ३. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ४. कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ६. महिला संघकी महासचिव शकुन्तला रानाको निधन

  • ७. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ८. महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

  • ९. तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

  • १०. बालेन्द्र सरकार सिद्धान्त र कार्यक्रम नभएको स्वेच्छाचारी : सिंह (भिडियोसहित)

पार्टीस्कुलमा कसरी अगाडि बढ्ने भन्ने कुरा सिकाइयो : झक्कुप्रसाद (भिडियोसहित)


  •   मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
  • झक्कुप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चा बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी

    Advertisement

    0 युगदर्शन मिडियामा राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुलमा भाग लिन आउनुभएका राजमो सल्यानका सचिव झक्कुप्रसाद शर्मालाई स्वागत गर्न चाहन्छौँ । नमस्कार, आरामै हुनुहुन्छ ?

    – आरामै त छैन । अलि अस्वस्थ छु म ।

    0 तपाईंहरू करिब १५ दिनसम्म यो पार्टी स्कुलमा भाग लिनुभयो । कस्तो रह्यो पार्टीस्कुलको अनुभव ?

    – पार्टीस्कुलको अनुभव अत्यन्त उत्साहजनक र उपलब्धिमूलक भयो । हुन त हामी विभिन्न जिल्लाबाट आउने प्रशिक्षार्थीहरू परिपक्व नै थियौँ तर पार्टीले अझ निखार्ने उद्देश्यले हामीलाई बोलाएको हो । हामीले जे सोचेर आएका थियौँ, त्योभन्दा कैयौँ गुणा राम्रो प्रशिक्षण पायौँ । प्रशिक्षण अत्यन्त सरल र उत्साहजनक रह्यो । अब हामी अति उत्साहका साथ जिल्ला फर्कन्छौँ र यहाँबाट पाएको सैद्धान्तिक, वैचारिक एवम् राजनीतिक ज्ञानलाई व्यवहारमा उतार्छौँ ।

    0 यो अवधिमा कुनकुन विषयमा प्रशिक्षण लिनुभयो ?

    – दर्शन, द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद र मानव समाजको इतिहासलगायतका थुप्रै विषयमा प्रशिक्षण भयो । यसका साथै लेखा तथा स्वास्थ्यसम्बन्धी विषयमा पनि प्रशिक्षण पायौँ ।

    0 प्रशिक्षक तपाईंहरूकै पार्टीभित्रका हुनुहुन्थ्यो कि बाहिरका विषयविज्ञ पनि ?

    – प्राय: हाम्रै पार्टीका प्रशिक्षक हुनुहुन्थ्यो । लेखा र स्वास्थ्यसम्बन्धी प्रशिक्षण दिने प्रशिक्षक पार्टीभित्रका हुनुहुन्थ्यो वा बाहिरका ? त्यो मलाई पूर्ण रूपमा प्रस्ट भएन ।

    0 यसपालिको प्रशिक्षणमा ‘व्यावहारिक कक्षा’ पनि राखियो भन्ने सुनिन्छ । यो व्यावहारिक कक्षा भनेको कस्तो खालको कक्षा हो ?

    – कुनै पनि विषय पहिले सैद्धान्तिक, वैचारिक र राजनीतिक रूपमा सिकिन्छ र ग्रहण गरिन्छ तर त्यसलाई व्यवहारमा प्रयोग गर्न जाँदा कैयौँ व्यावहारिक समस्या पैदा हुन्छन् । केवल विचार, राजनीति र सिद्धान्त बुझेर मात्र पुग्दैन, मूल कुरा त व्यवहार नै हो । त्यसैले ‘व्यवहारमा कसरी जाने’ भन्ने विषयमा यो अत्यन्तै महŒवपूर्ण कक्षा भयो । म त पहिलोपटक यो कक्षामा सहभागी भएको हो तर पहिले तीनचारोटा कक्षा लिइसकेका साथीहरूले पनि यो व्यावहारिक कक्षा पहिले नभएको र अहिले अत्यन्तै महŒवपूर्ण तथा उपयोगी भएको बताउनुभयो ।

    0 तपाईंहरू पहिले पनि जिल्लाका बैठक वा योजनाबद्ध कार्यक्रममा छलफल गर्नुहुन्थ्यो । तिनीहरूभन्दा यो ‘व्यावहारिक कक्षा’ कसरी फरक थियो ?

    – हामीले जिल्लामा गर्ने छलफल र यसमा धेरै फरक छ । पहिले हामीले जिल्लामा पर्याप्त सुझबुझ र राजनीतिक, सैद्धान्तिक एवम् वैचारिक पक्षलाई उति ध्यान नदिई योजना बनाउने गरेको पाइयो तर अहिले पार्टीस्कुलमा हाम्रा कमजोरी के के थिए, योजना बनाउँदा कसरी अगाडि बढ्ने र कसरी परिष्कृत हुने भन्ने कुरा सिकाइयो । त्यसैले पहिले बनाउने योजना र अब बनाइने योजनामा धेरै ताŒिवक र सारभूत फरक पर्छ ।

    0 दुई दर्जनभन्दा बढी विषयमध्ये तपाईंलाई सबैभन्दा बढी छर्लङ्ग र प्रस्ट रूपमा बुझेको विषय कुन लाग्यो ?

    – वर्गसङ्घर्ष हो ।

    0 वर्गसङ्घर्ष भनेको के हो ? अलि प्रस्ट पारिदिनुस् न ।

    – सजीव वा निर्जीव, हरेक वस्तु र घटनामा दुइटा विरोधी पक्ष वा तŒवले काम गरेका हुन्छन् । ती विरोधी तŒवबिचको आपसी सङ्घर्षले गर्दा नै वस्तुको अस्तित्व रहन्छ र अन्तत: त्यसले आफ्नो स्वरूप परिवर्तन गर्छ; जस्तै : पानी उमाल्दा सुरुमा चिसो हुन्छ, बिस्तारै तातिँदै चरम स्थिति अर्थात् १०० डिग्री सेल्सियसमा पुगेपछि बाफमा परिणत हुन्छ । त्यस्तै, बिजुलीमा धनात्मक र ऋणात्मक दुई पक्षबिच सङ्घर्ष भएपछि मात्र बिजुली बल्छ ।

    हाम्रो समाज विकासको क्रममा पनि आदिम साम्यवादी युगमा शोषण थिएन, कन्दमूल र तरकारी बाँडेर निर्वाह गरिन्थ्यो तर जनसङ्ख्या वृद्धि र अभाव सिर्जना भएपछि पशुपालन र कृषि सुरु भयो । उत्पादन बढेपछि व्यक्तिगत स्वार्थ र टाठाबाठामा सम्पत्ति थुपार्ने होड चल्यो, जसले वर्गको जन्म दियो । हरेक युगमा—चाहे त्यो दास युगमा दास र मालिकबिच होस्, सामन्ती व्यवस्थामा किसान र सामन्तबिच होस् वा पुँजीवादी व्यवस्थामा मजदुर र पुँजीपतिबिच—विरोधी वर्गबिचको सङ्घर्षले नै विद्रोहको रूप लिन्छ र समाजलाई परिवर्तनतर्फ लैजान्छ ।

    0 तपाईंहरू सैद्धान्तिक मामिलामा धेरै जोड दिनुहुन्छ तर साङ्गठनिक रूपमा कमजोर हुनुहुन्छ । यस विषयमा प्रशिक्षणमा केही छलफल भयो कि भएन ?

    – पक्कै भयो । यसमा ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गरिएको छ । मजबुत सङ्गठन भएका जिल्लामा कसरी जाने, मध्यम खालका जिल्लामा कसरी काम गर्ने र नाम मात्रका वा सङ्गठन नभएका ठाउँमा कसरी अगाडि बढ्ने भन्नेबारे विस्तृत प्रशिक्षण भयो । हामीले पनि सुझाव दियौँ र केन्द्रको प्रस्तावमा दुवैतर्फ छलफल गरेर एउटा निष्कर्षमा पुगेका छौँ ।

    0 अब यहाँबाट फर्किएपछि सल्यान जिल्लामा राष्ट्रिय जनमोर्चाको सङ्गठन र सङ्घर्षलाई व्यवस्थित बनाउन के कस्ता योजना छन् ?

    – हाम्रो सल्यान जिल्ला साङ्गठनिक आधार कम भएको र अलि पछाडि परेको जिल्ला हो । त्यसैले हामी तेस्रो श्रेणीका जिल्लामा पर्छौँ । अब म (सचिव) र अध्यक्ष निरन्तर प्रत्येक पालिकामा पुग्छौँ । जनताका दैनिक काममा सहयोग गर्छौँ । उहाँहरूसँगै मिसिन्छौँ । साङ्गठनिक रूपमा कमजोर ठाउँमा ठुला आमसभा वा कोणसभाभन्दा पनि अनौपचारिक छलफल, सौहार्दपूर्ण प्रशिक्षण र प्रत्यक्ष भेटघाटमार्फत जनतालाई सचेत र सङ्गठित बनाउने योजना छ ।

    0 अन्त्यमा युगदर्शन मिडियामार्फत भन्नुपर्ने केही कुरा छुटेका छन् ?

    – युगदर्शन मिडियाले नेपालको अत्यन्त प्रगतिशील र सर्वहारावादी विचारलाई अगाडि बढाउने, प्रचार गर्ने र संरक्षण गर्ने जुन भूमिका निर्वाह गरेको छ, त्यसका लागि हार्दिक सम्मान व्यक्त गर्दछु । आमजनताका आवाजलाई वर्गीय आन्दोलनसँग जोड्दै मिडियाको यो भूमिकालाई निरन्तरता दिनुहोला । यही भन्न चाहन्छु ।

    मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)
    बझाङमा चैत–वैशाखबाट बजेट कार्यान्वयन हुन्छ : धामी (भिडियोसहित)
    पार्टीको नीति र पद्धतिअनुरूप सिक्न आएका थियौँ : बरैमगर (भिडियोसहित)
    शिक्षकले पढाउनु र आफैँले मात्र अध्ययन गर्नुमा धेरै फरक हुन्छ : क्षेत्री (भिडियोसहित)
    स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

    • ३.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ४.
      कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ६.
      महिला संघकी महासचिव शकुन्तला रानाको निधन

    भर्खरै

    • १.
      महिला सङ्घ राप्ती–१ को अध्यक्षमा जिसी

    • २.
      सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा

    • ३.
      स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा

    • ४.
      कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति

    • ५.
      राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

    • ७.
      ‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

    • ८.
      रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.