काठमाडौँ । जिएमई रेमिट प्रालिले स्मिथ एन्ड स्मिथको साझेदारीमा ल्याएको योजनाअन्तर्गत रोमानियाबाट नेपालमा विप्रेषण पठाउँदा प्रतिकारोबार नगद रु.दुई सय पचास छुट प्राप्त गर्न सक्ने छन् ।
Advertisement
यो योजना अप्रिल १, २०२४ देखि लागु भई मे २०२४ सम्म सञ्चालनमा रहने छ ।
जिएमई रेमिटका महाप्रबन्धक बद्रि कटवालका अनुसार रोमानियाबाट स्मिथ एन्ड स्मिथमार्फत बैङ्क खाता, वालेट र नगदमा विप्रेषण पठाउँदा प्रति कारोबार नगद दुई सय पचास प्राप्त गर्न सकिने छ ।
नेपालमा जिएमई रेमिटसँग आबद्ध २५ हजार बढी एजेन्टबाट सजिलैसँग रकम भुक्तानी लिन सकिने र नेपालभरिका कुनै पनि उपभोक्ताको बैङ्क तथा वित्तीय संस्थाको खातामा सही समयमा रकम जम्मा भई तुरुन्तै रकम झिक्न मिल्ने ब्यवस्था रहेको छ । साथै मोबाइल वालेटमा समेत लोड गर्न सकिने सुविधा उपलब्ध रहेको जिएमईले जनाएको छ ।