काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
Advertisement
निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो ।
अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेल १६१ रुपैयाँ पुगेको छ । सोमबार मध्यरातिदेखि बढेको मूल्य लागू हुने निगमले जनाएको छ ।
भारतबाट मूल्य बढेर आएका कारण बढाउनुपरेको निगमको दाबी छ ।
