• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सिँचाइ अभावले सर्लाहीका चैते धानखेती सङ्कटमा


  •   सोमबार, चैत २६, २०८० मा प्रकाशित
  • बरहथवा (सर्लाही) । पर्याप्त सिँचाइ अभावका कारण सर्लाहीमा चैते धानखेती सङ्कटमा परेको छ ।

    Advertisement

    सिँचाइ मुख्य समस्याको रूपमा देखा पर्दा प्रशस्त सम्भावना बोकेको चैते धान उत्पादन सङ्कटमा परेको हो ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यान्वयन एकाइ सर्लाही र रौतहटका वरिष्ठ बाली विकास अधिकृत रामबलम प्रसाद साहका अनुसार हाल जिल्लाको हरिपुर्वा, ईश्वरपुर, लालबन्दी, गोडैता, कविलासी नगरपालिका चक्रघट्ट गाउँपालिकालगायत क्षेत्रमा मात्र किसानले चैते धानखेती गर्दै आएका छन् । तथ्याङ्कअनुसार जिल्लामा ५० हेक्टर क्षेत्रमा मात्र चैते धानखेती हुने गरेको छ ।

    हरिपुर्वा नगरपालिका–२ का विजय झाले सिँचाइको अभावमा यस वर्ष सात कट्ठा खेतमा मात्र चैते धान रोपेको बताउनुभयो । समयमा मलखाद नपाइनेलगायत समस्या सधैँ टाउको दुखाइको विषय बन्ने गरेको उहाँको भनाइ छ ।

    सात कट्ठामा लगाएको चैते धानमा समेत पम्पसेटबाट पानी दिइने उहाँले बताउनुभयो । सिँचाइको उपयुक्त प्रबन्ध नभएका कारण यहाँका किसानले महँगोमा पम्पसेटबाट सिँचाइ गरेर खेती गर्दै आएका छन् ।

    हरिपुर्वा–५ का दिनेश यादवले धान भिœयाउने बेलामा बर्षातले दुःख दिने गरेको सुनाउनुभयो । ‘धान खेतका लागि मजदुर धेरै चाहिन्छ’ उहाँले भन्नुभयो– ‘भन्नेबित्तिकै कामदार पाइँदैन । हावापानीले दुःख उस्तै दिन्छ । मेसिनले धान काट्ने, धार्ने सुविधा भए किसानलाई सहयोग हुने थियो ।’

    जोखिमले गर्दा किसानले चैते धान लगाउन छाडेको उहाँको भनाइ छ ।

    जिल्लामा चैते धानका रूपमा हर्दिनाथ–१ र चैते–५ लगाउने चलन छ । गत माघ १५ गतेदेखि अन्तिमसम्म बिउ राखिने चैते धान फागुन १५ गतेदेखि रोप्न सुरु गरिने बाली विकास अधिकृत साहले बताउनुभयो । चैते धान चार महिनाभित्रै पाक्ने र उत्पादन समेत बढी हुने भएकाले प्रतिफल छोटो समयमा धेरै लिन सकिन्छ ।

    किसानले चैते धान जेठदेखि भिœयाउन थाल्छन् । यहाँ चैते धानका लागि मुख्य चुनौती सिँचाइ रहे पनि भिœयाउने समयमा हुने वर्षा, असार मसान्तमा धानको मूल्य कम हुने समस्या तथा प्रचारप्रसारको समेत कमी हुँदा चैते धानखेती बढ्न नसकेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    खेती बढाउन सके चैते धानबाट किसानले प्रशस्त लाभ लिन सक्ने बाली विकास अधिकृत साहको भनाइ छ । (रासस)

    सोमबार, चैत २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.