• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

सिँचाइ अभावले सर्लाहीका चैते धानखेती सङ्कटमा


  •   सोमबार, चैत २६, २०८० मा प्रकाशित
  • बरहथवा (सर्लाही) । पर्याप्त सिँचाइ अभावका कारण सर्लाहीमा चैते धानखेती सङ्कटमा परेको छ ।

    Advertisement

    सिँचाइ मुख्य समस्याको रूपमा देखा पर्दा प्रशस्त सम्भावना बोकेको चैते धान उत्पादन सङ्कटमा परेको हो ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यान्वयन एकाइ सर्लाही र रौतहटका वरिष्ठ बाली विकास अधिकृत रामबलम प्रसाद साहका अनुसार हाल जिल्लाको हरिपुर्वा, ईश्वरपुर, लालबन्दी, गोडैता, कविलासी नगरपालिका चक्रघट्ट गाउँपालिकालगायत क्षेत्रमा मात्र किसानले चैते धानखेती गर्दै आएका छन् । तथ्याङ्कअनुसार जिल्लामा ५० हेक्टर क्षेत्रमा मात्र चैते धानखेती हुने गरेको छ ।

    हरिपुर्वा नगरपालिका–२ का विजय झाले सिँचाइको अभावमा यस वर्ष सात कट्ठा खेतमा मात्र चैते धान रोपेको बताउनुभयो । समयमा मलखाद नपाइनेलगायत समस्या सधैँ टाउको दुखाइको विषय बन्ने गरेको उहाँको भनाइ छ ।

    सात कट्ठामा लगाएको चैते धानमा समेत पम्पसेटबाट पानी दिइने उहाँले बताउनुभयो । सिँचाइको उपयुक्त प्रबन्ध नभएका कारण यहाँका किसानले महँगोमा पम्पसेटबाट सिँचाइ गरेर खेती गर्दै आएका छन् ।

    हरिपुर्वा–५ का दिनेश यादवले धान भिœयाउने बेलामा बर्षातले दुःख दिने गरेको सुनाउनुभयो । ‘धान खेतका लागि मजदुर धेरै चाहिन्छ’ उहाँले भन्नुभयो– ‘भन्नेबित्तिकै कामदार पाइँदैन । हावापानीले दुःख उस्तै दिन्छ । मेसिनले धान काट्ने, धार्ने सुविधा भए किसानलाई सहयोग हुने थियो ।’

    जोखिमले गर्दा किसानले चैते धान लगाउन छाडेको उहाँको भनाइ छ ।

    जिल्लामा चैते धानका रूपमा हर्दिनाथ–१ र चैते–५ लगाउने चलन छ । गत माघ १५ गतेदेखि अन्तिमसम्म बिउ राखिने चैते धान फागुन १५ गतेदेखि रोप्न सुरु गरिने बाली विकास अधिकृत साहले बताउनुभयो । चैते धान चार महिनाभित्रै पाक्ने र उत्पादन समेत बढी हुने भएकाले प्रतिफल छोटो समयमा धेरै लिन सकिन्छ ।

    किसानले चैते धान जेठदेखि भिœयाउन थाल्छन् । यहाँ चैते धानका लागि मुख्य चुनौती सिँचाइ रहे पनि भिœयाउने समयमा हुने वर्षा, असार मसान्तमा धानको मूल्य कम हुने समस्या तथा प्रचारप्रसारको समेत कमी हुँदा चैते धानखेती बढ्न नसकेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    खेती बढाउन सके चैते धानबाट किसानले प्रशस्त लाभ लिन सक्ने बाली विकास अधिकृत साहको भनाइ छ । (रासस)

    सोमबार, चैत २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’
    नेप्से परिसूचक बढ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.