तौलिहवा । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ स्थित शिवराज कृषि सहकारी अगुवा कृषक तथा पशुपालक किसानलाई तालिम दिएको छ ।
Advertisement
२०८० चैत ८ गते बिहीबार खरेन्द्रपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शिवराज नगरपालिकाका कृषि शाखा प्राविधिक केशवप्रसाद भुसालले गर्मी सिजनका तरकारी लगाउने तरिका, रोगको पहिचान, विषादी प्रयोग गर्ने तरिकाको बारेमा प्रकाश पार्नुभएको थियो ।
अर्का कृषि शाखा प्राविधिक किरण चौधरीले मल र विभिन्न रासायनिक पदार्थको कमी या ज्यादा हुँदा बिरुवामा लाग्ने रोग, त्यसको लक्षण र समाधान गर्ने उपाय, विधिको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी पशु चिकित्सक माधव आचार्यले सिजनअनुसार पशुमा लाग्ने विभिन्न रोगको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
सहकारीका अध्यक्ष केरसिंह अदैको अध्यक्षता तथा श्याम खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
