• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

प्रभावकारी बन्दै ‘कर्मशील कार्यक्रम’ : पोस्कर र थाकलका झोला र टोपी निर्यात हुँदै


  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई / टेकराज भुसाल, सन्धिखर्क ।

    Advertisement

    अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको ‘कर्मशील जनशक्ति परिचालन कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।

    बाँझो जग्गा खनेर गहत, प्याज र विभिन्न तरकारी खेतीबाट मनग्य आम्दानी हुने र कर्मशील उद्यमीले तयार पारेका हस्तकलाका सामग्री विदेशमा निर्यात हुन थालेपछि उक्त कार्यक्रमको महत्त्व बढेर गएको हो ।

    पालिकाका अनुसार स्वरोजगार सिर्जना गर्ने, बसाइँसराइ नियन्त्रण गर्ने र आन्तरिक आम्दानी वृद्धि गरी भूमिकास्थानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कर्मशील कार्यक्रम ल्याएको भूमिकास्थानले मकैको पोस्कर र थाकलको पातबाट निर्माण हुने हस्तकला सामग्रीलाई व्यावसायिक रूपमै अगाडि बढाएको छ ।

    चालु आर्थिक वर्ष २०८०/८१ बाट भूमिकास्थान नगरपालिकाले सुरु गरेको सो कार्यक्रमअन्तर्गत प्रत्येक वडाबाट १० जनाका दरले एक सय जना कर्मशील महिला उद्यमी तयार गरी मकैको पोस्कर र थाकलबाट टोपी र झोला निर्माण गर्न थालेपछि यसलाई व्यवसायिक रूपमै अगाडि बढाउन थालिएको छ ।

    सो कार्यका निम्ति भूमिकास्थान नगरपालिकाका एक सय जना उद्यमी, नगरपालिका र बजारीकरणको जिम्मा लिएको ओम राजश्री मल्टिएग्रो प्रालि काठमाडौँबिच गुणस्तरीय उत्पादन र बजारीकरणमा इमानदारितापूर्वक जिम्मेवारी पूरा गर्ने त्रिपक्षीय प्रतिबद्धता भएको छ ।

    तालिमप्राप्त एक सय जना उद्यमी, नगरपालिका र तालिम तथा बजारीकरणमा सहजीकरण गर्दै आएको ओम राजश्रीका प्रतिनिधिबिच २०८० फागुन १७ गतृ बिहिबार पोखेडाँडामा बृहत् अन्तरक्रिया गरी यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो ।

    गत कात्तिक १२ गतेदेखि पहिलो चरणमा ३० दिने, दोस्रो र तेस्रो चरणमा १५ र ५ दिने तालिमपश्चात् अहिले भूमिकास्थानका १० ओटै वडाहरूमा एक सय जना महिला उद्यमीले झोला र टोपी निर्माण गर्दै आएका छन् ।

    नगरपालिकामा कर्मशील जनशक्ति परिचालन कार्यक्रम सञ्चालनमा ल्याएपछि भूमिकास्थानमा अहिले मकैभन्दा पोस्करको मूल्य बढी पर्ने भएको छ । घरको काम सकाएर अतिरिक्त समयमा महिला उद्यमीले मकैको पोस्कर र थाकलको पातबाट टोपी र झोला बनाउन सक्ने भएपछि भूमिकास्थानका नागरिकको अतिरिक्त आम्दानीसमेत थपिन थालेको छ । आफ्नै बारीमा फलेको मकैबाट निस्किएको पोस्करबाट मूल्यवान हस्तकला सामानबाट नसोँचेको अतिरिक्त आम्दानी हुन थालेपछि स्थानीय बासिन्दा पनि दङ्ग छन् ।

    गाईभैँसीलाई घाँस हाल्ने, नखाए खेर फाल्ने मकैको पोस्करबाट टोपी र झोला जस्ता सामान बनाउने सिप सिकाएर तयारी सामान ओम राजश्री मल्टिएग्रोले खरिद गरिदिने भएपछि भूमिकास्थानका किसानमा अर्को खुसी थपिएको हो ।

    भूमिकास्थानका १० ओटै वडाबाट प्रतिनिधित्व गर्दै अहिले एक सय जनाले तालिम लिएर कर्मशील जनशक्तिको रूपमा काम गर्नयोग्य भएको नगरप्रमुख झविलाल थापाले बताउनुभएको छ ।

    ‘खेर जाने पोस्करबाट आम्दानी दिने सामग्री बनाउन हामीले अभियान चलाएका छौँ’ नगरप्रमुख थापाले भन्नुभयो– ‘यहाँका नागरिक पनि हाम्रो अभियानलाई साथ दिंदै व्यावसायिक रूपमै काममा लाग्ने योजना बनाउन थाल्नुभएको छ ।’

    उहाँले अगाडि थप्नुभयो– ‘सबैलाई उत्पादनमा जोडेर भूमिकास्थानलाई समृद्ध बनाउने लक्ष्य लिएका छौँ ।’

    सुकेको पोस्करकै प्रतिकिलो एक सय ५० रुपैया, पोस्करबाट बनेको टोपी प्रतिथान छ सय रुपैया र झोला प्रतिथान पाँच सय रुपैयामा बिक्री हुन थालेपछि स्वरोजगारको अवसर सिर्जना भएको नगरप्रमुख थापाको तर्क छ ।

    कर्मशील जनशक्ति परिचालनबाट तयार हुने सामग्री तथा उपजको बजारीकरणको ग्यारेन्टी भएसँगै भूमिकास्थानका सर्वसाधारणको आन्तरिक आम्दानी बढ्ने, स्वरोजगारको सिर्जना हुने र बसाइँसराइ रोकिने आँकलन गरिएको नगरउपप्रमुख बालकृष्ण बन्जाडेको धारणा छ ।

    ३० दिने तालिमकै समयमा प्रयोग भएको पोस्कर र तयार भएका हस्तकलाका सामग्रीसमेत नगरपालिकामार्फत ओम राजश्री मल्टिएग्रोले खरिद गरी पैसा दिन थालेपछि व्यावसायिक रूपमै पोस्करका सामाग्री बनाउन भूमिकास्थानका किसानको रहर जागेको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यको भनाइ छ ।

    तालिम अवधिमा एक सय जना उद्यमीले तयार पारेका हस्तकला सामाग्री टोपी र झोला विक्रीबाट तीन लाख १२ हजार रुपैया उद्यमीले आम्दानी गरिसकेको भूमिकास्थानका कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार भूमिकास्थानका १० ओटै वडामा पोस्कर र थाकलबाट तयार भएका सामग्रीलाई सङ्कलन र बजारीकरण गर्न भूमिकास्थानले कोशेलीघर स्थापना गर्ने योजनासमेत बनाएको छ ।

    अन्तरक्रिया कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, ओम राजश्री मल्टिएग्रोका प्रबन्ध निर्देशक युवराज गैरे, नेपाल पत्रकार महासङ्घका जिल्ला सदस्य गोपालप्रसाद भट्टराई र कर्मशील उद्यमीका प्रतिनिधिले आआफ्नो धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै उहाँहरूले कर्मशील जनशक्ति परिचालन अभियान निकै प्रभावकारी रहेको भन्दै यसलाई सफल पार्न सबैको हातेमालोको खाँचो औल्याउनुभएको छ ।

    भूमिकास्थानका जनप्रतिनिधि, कर्मचारी, बजारीकरणको जिम्मा पाएको ओम राजश्रीका प्रतिनिधि, कर्मशील महिला उद्यमी र सरोकारवालाको उल्लेख्य सहभागितामा सम्पन्न बृहत् अन्तरक्रिया कार्यक्रममार्फत् कर्मशील जनशक्ति परिचालन कार्यक्रमलाई सफल पार्न सबैले हातेमालो उद्घोष गरिएको भूमिकास्थान नगरपालिकाका कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसनले बताउनुभयो ।

    बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’
    नेप्से परिसूचक बढ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.