काठमाडौं । ऋण हिनामिना गरेको आरोपमा तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका दुईजना प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन् ।
Advertisement
ऋण प्रवाहका क्रममा अनियमितता गरेको भन्दै प्रहरीले पूर्वसीईओ तुलसीराम गौतम र मनोज न्यौपानेलाई पक्राउ गरेको हो ।
यस प्रकरणमा तत्कालीन सेञ्चुरी बैंकका १० जना कर्मचारी पक्राउ परेका प्रहरीले जनाएको छ ।
प्रहरीले तत्कालीन सीईओद्वय गौतम र न्यौपानेसहित कर्मचारीहरू सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमन श्रेष्ठलाई पक्राउ गरेको छ ।
सेञ्चुरी कमर्सियल बैंक अहिले प्रभु बैंकमा गाभिएको छ। उक्त बैंकमा मनोज न्यौपाने अहिले वरिष्ठ डेपुटी सीइओका रुपमा कार्यरत छन्।
न्यौपाने २०७८ असारदेखि सेञ्चुरीको प्रमुख कार्यकारी अधिकृत भएका थिए।