काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
Advertisement
बिहीबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको निगमले जनाएको छ ।
निगमले बिहीबार सूचना जारी गरी तीनवटै पेट्रोलियम पदार्थमा मूल्य बढाएको तथा खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य हाल यथावत रहेको जनाएको हो ।
निगमले १५ दिनअघि पनि भारतबाट मूल्य बढेर आएको जनाउँदै खाना पकाउने ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।
यो सहित पेट्रोलको मूल्य एक महिनामै ६ रुपैयाँ प्रतिलिटर बढेको छ।