काठमाडौं । काठमाडौं महानगरपालिकाले आकाशे पुलमा लगाएको ब्यानर नहटाएको भन्दै एक व्यवसायीसँग ५० हजार जरिवाना तिराएको छ ।
Advertisement
आइतबार महानगरले इन्नोभेटिभ कन्सेप्ट प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
महानगरले पुरानो हुँदासम्म पनि ब्यानर नहटाएपछि जरिवाना गरेको जनाएको छ । सो ब्यानर महानगर प्रहरीले हटाएका छन् ।
यस्तै, ‘वडा नं. ९ का विनोद दासले वर्कशप सञ्चालन गरी फोहोरमैला गरेबापत रु ५००० जरिवाना गरिएको’ महानगरले जनाएको छ।
यता, अदालतले रोके पनि महानगरको सुर्ती निषेध अभियान जारी नै राखेको सूचनामार्फत स्पष्ट पारेको छ ।