नवराज पौडेल, तौलिहवा ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ स्थित शिवराज कृषि सहकारी खरेन्द्रपुरको तेस्रो अधिवेशन तथा आठौँ साधारणसभा केरसिंह अदैलाई अध्यक्षमा चयनन गर्दै सम्पन्न भएको छ ।
समितिको उपाध्यक्षमा चेतनारायण खनाल, सचिवमा टिकमाया भण्डारी, सहसचिवमा तारा पल्लीमगर र कोषाध्यक्षमा रामबहादुर चमार रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा नवराज पौडेल, झकबहादुर विक, श्याममोहन केवट, सोना पन्थ र सुशिला खनाल चयन हुनुभएको छ ।
सभाले नन्दराज भण्डारी संयोजक रहनुभएको १० सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सभाको अन्य सल्लाहकारमा प्रकाश बराल, रामी केसी, रुपान भण्डारी, रामदेव कुर्मी, उमा जसी, सबिना केसी, पूर्णकला थापा, दुर्गा भुसाल र टके सुनार रहनुभएको छ ।
त्यसैगरी, लेखनाथ खनालको संयोजकत्वमा लक्ष्मी पौडेल र श्यामबहादुर चौहानसहितको लेखा समिति र श्यामप्रकाश खनालको संयोजकत्वमा माधव पौडेल र हरिकला खड्का रहनुभएको ऋण समिति पनि चयन गरेको छ ।
सभालाई ३ नम्बर वडाअध्यक्ष टेकलाल सापकोटाले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा ६२ लाख बराबरको कारोबार गरेको जानकारीसहित आव २०७९/८० को वार्षिक प्रतिवेदन अध्यक्ष अदैले प्रस्तुत गर्नुभएको थियो ।
सभाको सञ्चालन प्रकाश विकले तथा स्वागत मन्तव्य लक्ष्मी पौडेलले गर्नुभएको थियो ।
