मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाबाट राजधानी काठमाडौँ जोड्ने छोटो दुरीको सडकखण्ड भीमफेदी–दक्षिणकाली खण्डमा २०८० पुस २० गते शुक्रबारखि सवारी आवागमन बन्द गरिएको छ ।
Advertisement
दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने सो खण्डमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएकाले आगामी चैत ३० गतेसम्म सडक बन्द रहने भएकाले सो मार्ग हुँदै यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ ।
हाल काठमाडौँसम्म यात्रा गर्नका लागि कुलेखानी–चित्लाङ हुँदै काठमाडौँ पुग्ने बाटो र कान्तिलोकपथ खुला रहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नारायणगढ मुग्लिन सडकखण्ड हुँदै पनि काठमाडौँ जान सकिने छ । (रासस)