काठमाडौँ । मलेसियन कम्पनी एक्जियटा कम्पनी नेपालबाट बाहिरिएको छ ।
Advertisement
एनसेलमा लगानी गरेको ८० प्रतिशत सेयर नेपालका सतिशलाल आचार्यको बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ब्रिकी गर्ने सम्झौतापछि एक्जिएटा बाहिरिएको हो ।
सम्झौतामा उल्लेख भए अनुसार ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडको सेयर सो कम्पनीलाई बेचिएको हो।
सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने एक्जियाटाले नै पाउने सम्झौतामा उल्लेख छ।
स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतमा दर्ता भएको कम्पनी हो।
एक्जियटा ग्रुप बहार्डले बुधबार आफ्नो सेयर बिक्रीमा राखेको घोषणा गरेको थियो। एक्जियटा बाहिरिने भएपछि उसको सेयर सो कम्पनीले किनेको हो।