महेन्द्रनगर । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियानका क्रममा कञ्चनपुरमा विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्नेको लहरै चलेको छ । त्यस क्रममा शुक्रबार मात्रै तत्कालिन माओवादी लडाकु र वडा सदस्यका उम्मेदवारसहित दर्जनौं राजमोमा प्रवेश गरेका छन् ।
भीमदत्त नगरपालिका–९ को ब्रमदेवमा तत्कालिन माओवादी लडाकु वीर बहादुर कोली र स्थानीय तह निर्वाचनमा वडा सदस्यका उमेदवार पार्वती दमाई लगायत दर्जनौं राजमोमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई राजमोका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज मनोज भटट्ले सदस्यता दिएर स्वागत गर्नुभएको थियो ।

उहाँहरुलाई नेता भटट् र राजमोका जिल्ला अध्यक्ष रामबहादुर कार्कीले समसामयीक राजनीतिक अवस्थाबारे प्रशिक्षण समेत दिनुभएको थियो । कार्यक्रममा राजमो जिल्ला सहसचिव लालबहादुर कुवँरको पनि उपस्थिती रहेको थियो ।

यता, अभियानकै क्रममा बेलौरी नगरपालिका–४ मोतीपुर टोलमा टोल भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । भेलाले हरीप्रशाद काफ्ले अध्यक्ष र खगेन्द्र प्रसाद काफ्ले सचिव रहने गरि ९ सदस्यीय टोल समितीसमेत गठन गरेको छ ।
भेलामा अखिल नेपाल जनजाती सम्मेलनका महासचिव रामबहादुर बुढा र तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा राजमो जिल्ला कोषाध्यक्ष हरी लम्साल तथा राजमो जिल्ला सदस्य एवं बेलौरी नगरसमितिका अध्यक्ष दयाराम अधिकारीकोसमेत उपस्थिती रहेको थियो ।
यो पनि पढ्नुहोस्ः
राजमोमा प्रवेश गराउँदै कञ्चनपुरमा संगठन निर्माण
सर्वसाधारणको आवाजः ‘जनमोर्चा सबैभन्दा राम्रो पार्टी हो, आउँदै गर्नु है’
नयाँ बनेका समिति पनि संगठन विस्तारमा सक्रिय
कञ्चनपुरमा संगठन विस्तार तिब्र, अन्य दल परित्याग गर्दै राजमोमा प्रवेश
महाकाली पारी राजमोको भेला आयोजक समिति
कञ्चनपुरमा संगठन निर्माण तिब्र, एमालेबाट निर्वाचित वडाअध्यक्ष राजमोमा प्रवेश
कञ्चनपुरको बेलौरीमा राजमोको सदस्यता वितरण तिब्र
कञ्चनपुरका गाउँ गाउँमा राजमोको सदस्यता वितरण
नवप्रवेशीलाई सदस्यता वितरण गर्दै संगठनात्मक अभियान सुरु
सुदूरपश्चिममा सुरु भयो संगठनात्मक अभियान
राजमो कञ्चनपुरले बनायो एक महिने संगठनात्मक अभियानको खाका

