पुष्कर भट्ट, कञ्चनपुर । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियान अन्तर्गत कञ्चनपुरमा संगठन निर्माणलाई तिब्रता दिइएको छ । अभियानमा सदस्यता वितरण, समिति गठन, प्रशिक्षणलाई तिब्रता दिइएको छ । अभियानकै क्रममा विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेशको लहरै चलेको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसका सकृय सदस्य ईश्वरी दत्त भट्ट र राप्रपा वाड सदस्य कि उमेदवार सुस्मा बिक लगायत दर्जनौं व्यक्ति राजमोमा प्रवेश गर्नुभएको छ ।
यस्तै, कृष्णपुर नगरपालिकाकै वडा नम्बर ९ मा स्थानीय समाजसेवजी रामलाल चौधरी र भलमन्सा दशरथ चौधरी लगायतको टिम राजमो प्रवेश गरेका जातीय समता समाजका महासचिव गोविन्द विकले जानकारी दिनुभयो । अभियानकै क्रममा राजमोले कञ्चनपुरका विभिन्न स्थानमा संगठन निर्माण गरेको छ ।
भिमदत्त नगरपालिका वडा नम्बर ५ मा ईन्द्रलाल दमाइको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा थोके दमाई, सचिव करण दमाई, सहसचिव ज्योति नेपाली र कोषाध्यक्षमा धौली दमाई रहनुभए छ । सदस्यहरुमा गोर्खे दमाई, सिता दमाई, सरोजा दमाई लगायत सदस्यहरु रहनुभएको छ ।
राजमो केन्द्रीय सदस्य मनोज भट्टको प्रमुख अतिथ्यमा राजमो जिल्ला अध्यक्ष राम बाहादुर कार्किको बिशेष उपस्थितिमा वडा भेला सम्पन्न भएको हो । भेला मा राजमो जिल्ला उपाध्यक्ष मञ्जु परियार तथा राजमो जिल्ला सहसचिव लाल बहादुर कुंवरको समेत सहभागी रहेको थियो ।
राजमोले वडा नम्बर ५ मा सदस्यता वितरण गरेको छ । साथै वडा नम्बर ४ मा शसि घर्ती मगरको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन भएको छ ।
त्यस्तै, बेलौरी नगरपालिका वडा न ६ को रिछाहा टोलमा अखिल नेपाल जनजाती सम्मेलनका महासचिव रामबहादुर बुढामगर र राजमो नेता राजाराम चौधरीको उपस्थितीमा राजनैतिक प्रशिक्षण दिनुका साथै जुहारी चौधरी अध्यक्ष र नन्दुराना सचीव रहने गरि १७ सदस्यीय टोल समिती गठन गरिएको छ ।

कृष्णपुर नगरपालिका राजमो केन्द्रीय सदस्य लोकेन्द्र लम्साल र जातीय समता समाजका महासचिव गोविन्द बिकको अगुवाईमा वडा नम्बर ७, ८ र ९ मा वडा भेला सम्पन्न भएको छ। वडा नम्बर ७ मा सुस्मा कामीको संयोजकत्वमा १५ सदस्यीय वडा समिति चयन गरिएको छ । वडा नं ८ मा लक्ष्मी चौधरीको संयोजकत्वमा १३ सदस्यीय वडा समिति चयन गरेको छ भने वडा नम्बर ९ मा शान्ति चौधरीको संयोजकत्वमा मा १८ सदस्यीय वडा समिति चयन गरेको छ । भेलामा राजमो जिल्ला सदस्य चक्र रैकाल लगायतका नेताको उपस्थिति थियो ।
त्यस्तै, बेदकोट नगरपालिकाको वडा नम्बर ८ मा राजमो नगर सदस्य पदम साउदको अध्यक्षतामा वडा भेला सम्पन्न भएको छ । भेलाले पदम साउदको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन गरेको हो ।
राजमो नेता मनोज भट्टको प्रमुख अतिथ्यमा तथा जिल्ला अध्यक्ष राम बहादुर कार्कीको बिशेष उपस्थितिमा भेला सम्पन्न भएको छ ।
भेलामा अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष अमिर कुंवर र जिल्ला सदस्य भुपेन्द्र भण्डारी, अखिल (छैठौं)का जिल्ला अध्यक्ष महेश भट्ट लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम अखिल (छैठौं)का जिल्ला सचिव पुष्कर भट्टले संचालन गर्नुभएको थियो ।
यो पनि पढ्नुहोस्ः
महाकाली पारी राजमोको भेला आयोजक समिति
कञ्चनपुरमा संगठन निर्माण तिब्र, एमालेबाट निर्वाचित वडाअध्यक्ष राजमोमा प्रवेश
कञ्चनपुरको बेलौरीमा राजमोको सदस्यता वितरण तिब्र
कञ्चनपुरका गाउँ गाउँमा राजमोको सदस्यता वितरण
नवप्रवेशीलाई सदस्यता वितरण गर्दै संगठनात्मक अभियान सुरु
सुदूरपश्चिममा सुरु भयो संगठनात्मक अभियान
राजमो कञ्चनपुरले बनायो एक महिने संगठनात्मक अभियानको खाका