पुष्कर भट्ट, महेन्द्रनगर ।
रास्टिय जनमोर्चा कञ्चनपुरले संगठनात्मक अभियान अन्तर्गत गाउँ गाउँमा सदस्यता वितरण अभियानलाई तिब्रता दिएको छ । जिल्ला अध्यक्ष रामबहादुर कार्कीका अनुसार सोमबार महेन्द्रनगर, पुनर्वास र बेलौरी नगरपालिका तथा लालझाडी गाउँपालिका जनभेटघाट चलिरहेका छ ।
लालझाडीमा अध्यक्ष कार्की, महेन्द्रनगरमा उपाध्यक्ष मञ्जु परियार, बेलौरीमा तराई मधेश जनवादी मोर्चाका महासचिव राजमाराम चौधरी तथा पुनर्वासमा मजदुर नेता जनक कुवँरको नेतृत्वमा जनभेटघाट तथा सदस्यता वितरण गरिएको हो । कञ्चनपुरमा चलिरहेको अभियानमा राजमो केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्ट सहभागी हुनुहुन्छ ।
फागुन १ गते कृष्णपुर नगरपालिकाबाट सुरु गरिएको अभियान अन्तर्गत आइतबार शुक्लाफाँटा, बेतकोट र भीमदत्त नगरपालिकामा जन भेटघाट तथा सदस्यता वितरण गरिएको थियो । कार्यक्रममा राजमो जिल्ला सहसचिव लाल बहादुर कुवँर, अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्ट लगायतका नेता हरुको सहभागिता रहेको थियो ।
अभियान अन्तर्गत बेदकोट नगरपालिकामा राजमो जिल्ला सदस्य गोबिन्द बोहरा र शुक्लाफाँटा नगरपालिकामा वैकल्पिक जिल्ला सदस्य पृथ्वी केसीलाई संयोजक तोकिएको छ ।
नवप्रवेशीलाई सदस्यता वितरण गर्दै संगठनात्मक अभियान सुरु