पुष्कर भट्ट, महेन्द्रनगर ।
राष्ट्रिय जनमोर्चा सञ्चालन गरेको एक महिने संगठनात्मक अभियान अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं १४ मा संगठन निर्माण गरिएको छ । बुधबार बनकट्टीमा आयोजित एक भेलाले नयाँ समिति निर्माण गरेको हो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्नेहरुलाई राजमो केन्द्रीय सदस्य मनोज भट्टले सदस्यता दिई स्वागत गर्नुभएको थियो । त्यस अवसरमा उहाँले भेलामा सहभागीहरुलाई राष्ट्रिय जनमोर्चाले अँगालेको नीति तथा देशको परिस्थितीबारे प्रशिक्षण दिनुभएको थियो ।
भेलाले तारा परियारको अध्यक्षता ११ सदस्यीय राजमो वडा समिति पनि गठन गरेको छ । भेलामा राजमोका जिल्ला अध्यक्ष राम बहादुर कार्की, समता समाजका महासचिव गोविन्द बिक, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडु, राजमो जिल्ला सहसचिव लाल बहादुर कुंवर, अखिल (छैठौं) का महासचिव महेश राज जोशी, अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्टको उपस्थिति रहेको थियो । राजमो जिल्ला उपाध्यक्ष मञ्जु परियारले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
यो पनि पढ्नुहोस्ः
सर्वसाधारणको आवाजः ‘जनमोर्चा सबैभन्दा राम्रो पार्टी हो, आउँदै गर्नु है’
नयाँ बनेका समिति पनि संगठन विस्तारमा सक्रिय
कञ्चनपुरमा संगठन विस्तार तिब्र, अन्य दल परित्याग गर्दै राजमोमा प्रवेश
महाकाली पारी राजमोको भेला आयोजक समिति
कञ्चनपुरमा संगठन निर्माण तिब्र, एमालेबाट निर्वाचित वडाअध्यक्ष राजमोमा प्रवेश
कञ्चनपुरको बेलौरीमा राजमोको सदस्यता वितरण तिब्र
कञ्चनपुरका गाउँ गाउँमा राजमोको सदस्यता वितरण
नवप्रवेशीलाई सदस्यता वितरण गर्दै संगठनात्मक अभियान सुरु
सुदूरपश्चिममा सुरु भयो संगठनात्मक अभियान
राजमो कञ्चनपुरले बनायो एक महिने संगठनात्मक अभियानको खाका