टङ्क अवस्थी, धनगढी ।
राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको आयोजनामा अमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली अभियानको जानकारीका लागि धनगढीमा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
राजमो महासचिव मनोज भट्टको प्रमुख आतिथ्यमा २०८० वैशाख ३१ गते आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता राजमो सुदूर पश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टले गर्नुभएको थियो ।
सो अवसमा महासचिव भट्टले बोल्दै देशमा अमेरिकी साम्राज्यवाद विभिन्न रूपमा प्रवेश गरी नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तामाथि आक्रमण गरिरहेको बताउनुभयो ।
‘अमेरिकी साम्राज्यवादको भण्डाफोर गर्नका लागि राष्ट्रिय जनमोर्चाले १५ दिने मेची–महाकाली अभियान चलाउँदै छ’ उहाँले भन्नुभयो– ‘आम देशभक्त जनतालाई नेपालमा अमेरिकी साम्राज्यवादको प्रवेश तथा उक्त हस्तक्षेपको विरुछमा जनचेतना जगाउन यो कार्यक्रम आयोजना गरिएको हो ।
सो अवसरमा अभियानको कार्यतालिकाका सामेल गरिएको अपिल वितरण गरिएको थियो ।

यस्तो छ, सो अपिल :
पत्रकार साथीहरू
राष्ट्रिय जनमोर्चाले यही २०८० जेठ १ गतेदेखि १५ गतेसम्म अमेरिकी साम्राज्यवादका विरुद्धमा मेची–महाकाली अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियानसम्बन्धी कार्यक्रमको जानकारी गराउने उद्देश्यले यो पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा उपस्थित सम्पूर्ण पत्रकार साथीहरूलाई पार्टीको तर्फबाट स्वागत गर्दछु ।
१. नेपालमा दिन–प्रतिदिन अमेरिकी साम्राज्यवादको प्रभाव र प्रभुत्व बढ्दै गइरहेको छ । अमेरिकी साम्राज्यवादका विरुद्धको सङ्घर्षलाई अगाडि बढाउन ध्यान दिन नसकिएमा देशको राष्ट्रियता सार्वभौमसत्ता र अखण्डतामाथि गम्भीर आघात पुग्ने स्थिति देखा परिरहेको छ । देशको राष्ट्रियताको रक्षाका लागि देशभक्त नेपालीहरूले लामो समयदेखि भारतीय साम्राज्यवाद विरुद्ध सङ्घर्ष गर्दै आउनुपरे पनि अमेरिकी साम्राज्यवादका विरुद्ध यसरी सङ्घर्ष गर्नुपरेको थिएन तर अब नेपालको राष्ट्रियतालाई भारतीय साम्राज्यवादबाट मात्र नभएर अमेरिकी साम्राज्यवादबाट समेत खतरा उत्पन्न भएको छ । त्यसैले अमेरिकी साम्राज्यवादका विरुद्धको सङ्घर्षमा जोड दिनुपर्ने आवश्यकता छ ।
२. वर्तमान विश्व परिवेशमा शीतयुद्धको समाप्तिपछि अमेरिकी साम्राज्यवाद हिन्दप्रसान्त क्षेत्रमा भारतलाई सुरक्षा साझेदार बनाएर चीन, उत्तर कोरिया तथा रुसका विरुद्ध मोर्चाबन्दी गर्न हिन्दप्रसान्त सैन्य रणनीतिअन्तर्गत काम गरिरहेको छ । अमेरिकाले नेपाललाई आफ्नो आधारक्षेत्र बनाएर चीनका विरुद्ध केन्द्रित हुनका लागि नेपालमा विभिन्न प्रकारले आफ्ना गतिविधि तीव्र पारिरहेको छ । अमेरिकाद्वारा नेपालमा सञ्चालित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा लोभ, प्रलोभन र भ्रममा पारेर इसाईकरण, संसद्द्वारा पारित गरिएको एमसिसी सम्झौता, नेपालमा आफ्नो सेना उतार्न अमेरिकाले गरिरहेको विभिन्न षड्यन्त्र, संविधान निर्माणको क्रममा पहिचानको राजनीति, एक मधेस एक प्रदेश, जातीय राज्यसहितको सङ्घीयताको एजेन्डालाई नेपालमा लागु गर्न पश्चिमा शक्तिले व्यापक रूपमा गरेको आर्थिक लगानी र पछिल्लो समयमा नेपालको सूक्ष्म व्यवस्थापन गर्न अमेरिकाद्वारा कथित स्वतन्त्र पार्टीको निर्माणबाट पनि अमेरिकाले नेपालमा आफ्नो प्रभुत्व बढाउँदै लगेको छ । अमेरिकाले कथित स्वतन्त्र पार्टीमार्फत नेपालको सरकारमाथि प्रभुत्व कायम गरेर आफ्ना साम्राज्यवादी स्वार्थ लाद्न खोजिरहेको हुनाले त्यसबाट देशको राष्ट्रियतामाथि गम्भीर दुष्परिणाम देखा पर्ने खतरा देखिएकाले देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि अमेरिकी साम्राज्यवादका विरुद्ध सङ्घर्षमा जोड दिनुपर्ने आवश्यकता देखिएको छ ।
३. अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि देखिएको खतराका विरुद्ध जनजागरण सञ्चालन गर्ने उद्देश्यले हाम्रो पार्टीले जेठ १ देखि १५ गतेसम्म अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानको उद्घाटन जेठ १ गते कञ्चनपुरको महेन्द्रनगरमा हुने छ । अभियानको दौरानमा विभिन्न जिल्लामा सांस्कृतिक कार्यक्रम, कोणसभा, विरोधसभा पत्रकार सम्मेलन तथा जनभेटघाटका विविद कार्यक्रम हुने छन् ।
४. राष्ट्रिय जनमोर्चाले नेपालमा अमेरिकी साम्राज्यवादको बढ्दो खतराको गम्भीरतामाथि ध्यान दिँदै अमेरिकी साम्राज्यवादका विरुद्ध सञ्चालित मेची–महाकाली अभियानलाई दुई भागमा विभाजित गरी सम्पन्न गर्ने योजना बनाएको छ । त्यसअनुसार दुवै भागका अभियान यही जेठ १ गते महेन्द्रनगर र बागलुङमा उद्घाटन गरिने छन् र दुवै अभियानको जेठ १५ गते एकै दिन बुटवल र काठमाडाँैमा समापन गरिने छन् ।
५. उक्त अभियानका कार्यक्रमलाई दुबै चरणमा दुई दुई टोलीले क्रमश: सम्पन्न गर्ने छन् । महेन्द्रनगरबाट सुरु भएको प्रथम भागको अभियानको पहिलो टोलीको महेन्द्रनगरदेखि सुर्खेतसम्म राष्ट्रिय जनमोर्चाका महासचिव का. मनोज भट्टले नेतृत्व गर्नुहुने छ भने तुल्सिपुरदेखि बुटवलसम्मको दोस्रो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष र प्रवक्ता का. दुर्गा पौडेलले गर्नुहुने छ । बाग्लुङबाट सुरु भएको दोस्रो भागको पहिलो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाका युवा नेता कृष्ण अधिकारी र बारादेखि सुरु भएको दोस्रो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाका सचिव का. हिमलाल पुरीले गर्नु हुनेछ ।
६. का. मनोज भट्टको नेतृत्वको प्रथम टोलीको कार्यक्रम तल लेखिएअनुसार हुने छ :
क. सभा : (१) महेन्द्रनगर – उद्घाटन कार्यक्रम : जेठ १ गते । (२) बेलौरी : जेठ १ गते । (३) धनगढी : जेठ २ गते, दिउँसो ४ बजे । (४) अत्तरिया : जेठ २ गते साँझ । (५) दिपायल–डोटी : जेष्ठ ३ गते दिउँसो ४ बजे । (६) डडेलधुरा : जेठ ४ गते बिहान । (७) बुडर–डोटी : जेठ ४ गते दिउँसो ४ बजे । (८) गुलरिया–बर्दिया : जेठ ५ गते बिहान । (९) खजुरा–बाँके : जेठ ५ गते साँझ । (१०) नेपालगञ्ज–बाँके : जेठ ६ गते बिहान । (११) कोहलपुर–बाँके : जेठ ६ गते साँझ । (१२) वीरेन्द्रनगर–सुर्खेत : जेठ ७ गते । (१३) छिन्चु–सुर्खेत : जेठ ७ गते साँझ । (१४) लेकवेशी–सुर्खेत : जेठ ८ गते बिहान ।
ख. पत्रकार सम्मेलन : (१) महेन्द्रनगर–कञ्चनपुर (२) धनगढी–कैलाली (३) दिपायल–डोटी (४) डडेलधुरा (५) नेपालगञ्ज–बाँके (६) सुर्खेत–वीरेन्द्रनगर ।
ग. सांस्कृतिक कार्यक्रम : सुर्खेत ।
७. का. दुर्गा पौडेल नेतृत्वको दोस्रो टोलीको कार्यक्रम तल लेखिए बमोजिम हुनेछ :
क. सभा : (१) तुल्सीपुर–दाङ : जेठ ८ गते । (२) घोराही–दाङ : जेठ ९ गते बिहान । (३) भालुबाङ–दाङ : जेठ ९ गते साँझ । (४) भिङ्ग्री–प्युठान : जेठ १० गते बिहान । (५) खलङ्गा–प्युठान : जेठ १० गते दिउँसो । (६) मच्छी–प्युठान : जेठ ११ गते । (७) सन्धिखर्क–अर्घाखाँची : जेठ
१२ गते । (८) कालिगण्डकी–गुल्मी : जेठ १३ गते । (९) पाल्पा : जेठ १४ गते बिहान । (१०) कपिलवस्तु : जेठ १४ गते साँझ । (११) सुनवल–नवलपरासी : जेठ १५ गते बिहान । (१२) बुटवल : जेठ १५ गते ।
ख. पत्रकार सम्मेलन : (१) घोराही–दाङ (२) बाग्दुला–प्युठान (३) सन्धिखर्क–अर्घाखाँची (४) तानसेन–पाल्पा (५) बुटवल– रुपन्देही ।
ग. सांस्कृतिक कार्यक्रम : (१) घोराही–दाङ (२) भालुबाङ–दाङ (३) भिङ्ग्री–प्युठान (४) मच्छी–प्युठान (५) अर्घाखाँची (६) कालीगण्डकी–गुल्मी (७) कपिलवस्तु (८) रुपन्देही ।
८. जेठ १ गतेदेखि का. कृष्ण अधिकारीको नेतृत्वको पहिलो टोलीको कार्यक्रम तल लेखिए बमोजिम हुनेछ :
क. सभा : (१) बाग्लुङ बजार–बाग्लुङ – उद्घाटन : जेठ १ गते । २. कुश्मा–पर्वत : जेठ १ गते । ३. पोखरा–कास्की : जेठ २ गते । (४) नवलपुर : जेठ ३ गते । (५) चितवन : जेठ ३ गते । (६) पालुङटार–मकवानपुर : जेठ ४ गते ।
ख. पत्रकार सम्मेलन : (१) बाग्लुङ (२) पोखरा (३) चितवन ।
ग. सांस्कृतिक कार्यक्रम : (१) बाग्लुङ (२) चितवन ।
९. जेठ ५ गतेदेखि का. हिमलाल पुरी नेतृत्वको टोलीको कार्यक्रम तल लेखिए बमोजिम हुनेछ :
क. सभा : (१) बारा : जेठ ५ गते । (२) जितपुर–पर्सा : जेठ ६ गते । (३) रौतहट : जेठ ७ गते । (४) सर्लाही : जेठ ७ गते । (५) सिरहा : जेठ ८ गते । (६) विराटनगर : जेठ ९ गते । ७. इटहरी–सुनसरी : जेठ ९ गते । (८) झापा : जेठ १० गते । (९) सिन्धुली : जेठ १२ गते । (१०) बनेपा–काभ्रेपलाञ्चोक : जेठ १२ गते । (११) भक्तपुर : जेठ १३ गते । (१२) ललितपुर : जेठ १४ गते । (१३) काठमाडौँ : जेठ १५ गते ।
ख. पत्रकार सम्मेलन : (१) वीरगञ्ज, (२) विराटनगर, (३) काठमाडौँ ।
ग. सांस्कृतिक कार्यक्रम : (१) काठमाडौँ ।
अन्तमा, अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियानलाई सफल पार्न बढीभन्दा बढी सहयोग गर्न हामीले यहाँहरूको सञ्चार माध्यममार्फत सम्पूर्ण देशभक्त जनतासित अपिल गर्दछौँ ।






