• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

संघीयताले जनता आजित भइसकेका छन्


  •   शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
  • डम्मर पुरी, केन्द्रीय सदस्य, राष्ट्रिय जनमोर्चा ##

    Advertisement

    १. राजनीतिमा कसरी लाग्नुभयो ?
    – पञ्चायती व्यवस्थाको दबदबाको अवस्था थियो । मेरो गृहजिल्ला पर्वतमा काङ्ग्रेस र कम्युनिस्टका कार्यक्रम र गतिविधि राम्रै हुने गर्दथे । तत्कालीन पुष्पलाल समूहको पर्वत जिल्लामा राम्रै प्रभाव थियो । उनीहरूले जालीफटाहका घरबाट धनसम्पत्ति कब्जा गर्ने, धानबाली लुट्ने आदि किसिमका गतिविधि गरी गरिब किसानलाई बाँड्ने गर्दथे । त्यही प्रभावले मलाई राजनीतिप्रति आकर्षित बनायो ।

    २. अरू पार्टीको राजनीति छाडेर नेकपा (मसाल) को राजनीति मन पराउनुको पछाडि के कारण थियो ?

    – नेपाल कम्युनिस्ट आन्दोलनमा नेकपा (मसाल) ले गरेका विश्लेषण सही सावित भएका छन् । हरेक असमान सन्धिसम्झौताको खारेजी, राष्ट्रियता, जनतन्त्र, जनजीविकाका लागि सङ्घर्ष, देशीविदेशी प्रतिकृयावादी एवम् साम्राज्यवादी शक्तिप्रति सम्झौताहीन सङ्घर्ष, रणनीतिमा दृढता, कार्यनीतिमा लचकता हरेक विषयवस्तुमा दूरदर्शिपूर्ण विश्लेषण आदि कारणले गर्दा मलाई नेकपा (मसाल) कै राजनीति मन पर्छ ।

    ३. अहिलेसम्मको के कस्ता जिम्मेवारी वहन गरिसक्नुभएको छ ?

    – २०४२ सालदेखि २०४५ सालसम्म पर्वतको पार्टीजिल्ला सदस्यको रूपमा काम गरेँ । लामो समयसम्म चितवन जिल्लाको प्रमुखको भूमिका निर्वाह गरी वि.सं. २०५९ सालदेखि २०७२ सालसम्म नारायणी अञ्जल क्षेत्रीय ब्युरो प्रमुखको कार्यभार सम्हालेँ । वर्तमान अवस्थामा चितवन जिल्ला अध्यक्ष, बागमती प्रदेशको प्रदेश सचिवका साथै केन्द्रीय सदस्यको रूपमा कार्यरत छु ।

    ४. राजनीतिक जीवनयात्राका क्रममा के कस्ता कठिनाइ व्यहोर्नुपर्‍यो । सम्झनै पर्ने त्यस्ता केही घटना बताइदिनुहोस् ?

    – घटनाहरू त धेरै नै छन् । त्यसमध्ये एउटा घटना यहाँ उल्लेख गर्न चाहन्छु ।
    माओवादी द्वन्द्वको समयमा माओवादीका चार जना लडाकु मेरो घरमा आई खाना खुवाउन भनी दबाब सिर्जना गरिरहे । मैले मेरो पार्टीको माओवादी जनयुद्धप्रति असहमति छ । तपाईंंहरूलाई म एक जना जिम्मेवार कार्यकर्ता भएको नाताले न खुराकी, न सुराकी हाम्रो नीति हुँदा तपाईंहरूलाई खाना खुवाउन सक्दिनँ भनेपछि करिब चार घण्टासम्म छलफल चल्यो । त्यसपछि माओवादीहरू गए तर भोलिपल्ट आएर घरको नजिकै बम विस्फोटन गरी घरमा सामान्य क्षति भयो । त्यति बेला हाम्रो पार्टी नेकपा (एकताकेन्द्र–मसाल) थियो । जिल्लामा पार्टी र वैधानिक मोर्चामा समेत पूर्व एकताकेन्द्र पक्षको नेतृत्व थियो । उहाँहरूले उक्त घटनाबारे सामान्य वक्तव्य दिनसमेत तयार नभएपछि पूर्व मसाल पक्षका साथीहरूले त्यस घटनाको भण्डाफोर अभियान चलाएका थियौं । यस घटनाको मलाई अहिलेसम्म स्मरण भइरहन्छ ।

    ५. तपाईंले निर्दल र बहुदलीय व्यवस्था दुवै व्यहोर्नुभयो । अहिले आउँदा यी दुई व्यवस्थाबिच के अन्तर पाउनुभएको छ ?

    – राजनैतिक रूपमा निर्दलीय तानाशाही व्यवस्थाको तुलनामा बहुदलीय व्यवस्था तुलनात्मक रूपमा प्रगतिशील व्यवस्था हो तर बहुदलीय व्यवस्थाका वर्तमान शासकका अदूरदर्शी विचार र कार्यशैलीले गर्दा जनतामा वितृष्णा पैदा भएको छ । यसैको आधारमा प्रतिगमनको खतरा बढेको छ । यो गम्भीर चिन्ताको विषय हो । यसको निम्ति देशका सम्पूर्ण राजनैतिक शक्तिहरूले प्रतिगमनका विरुद्ध सङ्घर्षलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ ।

    ६. देशको तात्कालिन राजनीतिलाई कसरी बुझ्नुभएको छ ?

    – २०६२–६३ को महान् जनआन्दोलनबाट प्राप्त सीमित किसिमको बहुदलीय व्यवस्थाप्रति जनतामा वितृष्णा पैदा भएको छ । हालका शासकका अदूरदर्शी विचार र कार्यप्रणालीका कारणले गणतन्त्र, धर्म निरपेक्षतामाथि गम्भीर खतरा उत्पन्न भएको अवस्था छ । मुलुकमा यो वा त्यो रूपमा विदेशी शक्तिको चलखेल र मुलुक अस्थिरतातिर जाने सम्भावना बढेर गएको छ ।

    ७. चितवनमा राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अवस्था र भूमिका कस्तो छ ?

    – चितवन देशको मध्यभागमा पर्ने भूगोलको हिसाबले सुगम जिल्ला हो । त्यसका साथै सचेत नागरिकको बसोबास भएको र हरेकजसो लोतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जिल्लाभित्र पर्छ चितवन । त्यसकारण यस जिल्लाको सङ्गठनात्मक भूमिकाले देशको राजनीतिलाई नै प्रभाव पार्ने हुँदा हामी सङ्गठनात्मक अवस्थालाई सुदृढ र मजबुत बनाउन कृयाशील नै छौँ ।
    सत्ताधारी दलको गलत कृयाकलापका कारण जनतामा राजनीतिप्रति वितृष्णा छ । हामी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि हाम्रो पार्टीले निर्दिष्ट गरेका सबै कार्यक्रमका साथै जिल्लाको पहलकदमीमा पनि छुट्टै गतिविधि गर्ने गरेका छौं । जिल्लामा हाम्रो भूमिका राम्रै छ ।

    ८. राष्ट्रिय जनमोर्चाले लामो समयदेखि सङ्घीयताको विरोध गर्दै आएको छ । देशको धेरैजसो राजनैतिक पार्टीले सङ्घीयतालाई परिवर्तनको एउटा एजेन्डा मानिरहँदा तपाईंहरूको पार्टीले मात्र विरोध किन ?

    – सङ्घीयता एउटा प्रणाली हो । हाम्रो पार्टीले प्रणालीको विरोध गरेको होइन । यो सङ्घीय प्रणाली नेपालको सन्दर्भमा बेठिक छ भनेका हौँ ।
    नेपालको कुनै पनि आन्दोलनमा नेपाली जनताले सङ्घीयताको आवाज उठाएका थिएनन् । यहाँसम्म २०६२–०६३ को महान् जनआन्दोलनपछि बनेको अन्तरिम संविधानमा समेत सङ्घीयता समावेश थिएन । प्रायाजित कथित मधेशवादी आन्दोलनलाई देखाएर अन्तरिम संविधानको तेस्रो संशोधनपछि सङ्घीयतालाई चोरढोकाबाट प्रवेश गराइयो । त्यसपछि हाम्रो पार्टीले निरन्तर सङ्घीयता खारेजीका निम्ति सडक र सदनसम्म विरोध गरिरहेको छ ।
    आज विकास बजेट सबै प्रशासनिक काममा खर्च भइरहेको छ । त्यसले गर्दा विकासको काममा अवरोध सिर्जना भएको छ र करको मारमा नेपाली जनता पिल्सिरहेको अवस्था छ । हाम्रो जस्तो मुलुकले सङ्घीय संरचना धान्नै सक्दैन । सुरु सुरुमा जनतामा भ्रम थियो, अब त जनता पनि आजित भइसकेका छन् । सङ्घीयता खारेज नगर्ने हो भने देशको अवस्था झन् विकराल हुँदै जाने छ । त्यसैले हामी सङ्घीयता विरोधी आन्दोलनमा यसको खारेजी नहुँदासम्म लाग्छौँ र लागिरहने छौँ ।

    ९. राष्ट्रिय जनमोर्चाका आगामी कार्यक्रमहरू के कस्ता छन् ?

    – २०७९ मङ्सिर २६ गते सम्पन्न हाम्रो पार्टीको पूर्ण बैठकले पुस १५ गतेसम्म जिल्ला र प्रदेशका बैठक बस्ने र उक्त बैठकबाट आआफ्ना जिल्लाको स्थितिअनुसार “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ” भन्ने मूल नाराअन्तर्गत माघ महिनाभरि यी कार्यक्रम गर्ने निर्णय गरेको थियो :

    १. पत्रकार सम्मेलन गर्ने
    २. जिल्लाको महत्त्वपूर्ण स्थानमा सभा तथा कोणसभा गर्ने
    ३. प्रत्येक प्रदेशका सदरमुकाममा अन्तरकृया गर्ने
    ४. काठमाडौँमा केन्द्रीयस्तरको अन्तरकृया गर्ने
    ५. सबै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिने
    ६. केन्द्रमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने

    यी कार्य सम्पन्न भइसकेका छन् । यही फागुन महिनाभरमा मुलुकको तत्कालीन राजनीतिअनुसार थप सङ्घर्षका कार्यक्रम घोषणा गर्ने निर्णय भएका छन् । यही फागुन २७ र २८ गते राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद्को बैठक बस्ने छ । २०८० सालको वैशाख र जेठ महिनाभरमा सबै जिल्लामा जिल्ला सम्मेलन गर्ने कार्यक्रमबारे निर्णय भएको छ ।

    १०. युवापुस्ता राजनीतिबाट विमुख हुँदै गइरहेको अवस्था छ । उनीहरूलाई राजनीतितर्फ आकर्षित गर्नका लागि के गर्नुपर्ला ?

    – मुलुक लामो समयसम्मको सामन्ती अधिनायकवादी शासन व्यवस्थाको चपेटाबाट मुक्त भई गणतन्त्र स्थापनापछि नेपाली जनताका साथै युवापुस्ताले देशमा उद्योग, कलकारखाना खुल्ने छ; कृषिमा आधुनिकीकरण हुने छ; देश समृद्धिको दिशामा अघि बढ्ने छ; शिक्षा र स्वास्थ्यमा राज्यले जिम्मा लिने छ शान्ति र अमन चयन कायम हुने छ; बैदेसिक हस्तक्षेपको अन्त्य हुने छ भन्ने आशा र भरोसा थियो । सत्तासिन राजनैतिक दलका नेताहरूले पनि नचाहिँदा र पूरा गर्न नसकिने झुटो आश्वासन दिने तर सामान्य परिवर्तन पनि नहुने हुँदा युवा पुस्तामा राजनीतिप्रति नै वितृष्णा पैदा भएको छ । यो गम्भीर चिन्ताको विषय हो । युवापुस्तालाई राजनीतितर्फ आकर्षण गर्न वर्तमान शासकका गलत कार्यशैलीको भण्डाफोर गर्दै सही राजनीतिको बारेमा सचेत र सङ्गठित गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

    ११. अन्तमा युगदर्शनमार्फत भन्नुपर्ने केही छ कि ?

    – मुलुकको वर्तमान अवस्थालाई नियाल्दा असन्तोष र निराशाको अवस्था भए पनि हामीले सुनौलो भविष्यको सपना देख्नुपर्छ । त्यसका साथै स्वदेश र विदेशमा रहनुहुने सबै नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

    शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल
    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली
    प्रशिक्षणपछि किसान तथा आम जनतासँग भेटघाट गर्नेछौँ : ठाडामगर (भिडियोसहित)
    द्वन्द्ववाद धेरैपटक पढियो तर व्यावहारिक रूपमा कमजोर छौँ भन्ने महसुस भयो : खडायत (भिडियो)
    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.